संकटको घडिमा सेवा नै धर्म ठानेका छौ

सुर्य लामिछाने
बानपाको क्वारेन्टिनमा खटिएका जनप्रतिनिधि

म बागलुङ नगरापलिका वडा नम्वर १ को जनप्रतिनीधी भएको हैसियतले आफ्नो नगरमा समस्या आएमा समस्या समाधान गर्नुपर्ने हुन्छ । म ३ हप्ता देखि बागलुङ नगरपालिकाको क्वारिन्टेनमा बसेकाहरुलाई खान पकाएर खुवाउने काम गरि राखेको छु । म संगै ४ जना अन्य साथीहरु पनि हुनुन्छ मेरो नेत्रित्वमा वडा नम्वर-१ रामरेखाको क्वारिन्टेन र वडा नम्वर-४ को कुडुँलेको प्राविधिक प्रतिष्ठानको क्वारिन्टेनमा बसेका ३१ जनालाई हामीहरु खान पकाएर खुवाउने काम गरेका छौ ।

म जनप्रतिनीधिको हैसियतले क्वारिन्टेन निमार्ण भए संगै दिन दिनै जाने गर्दथे । यहाँ पहिले नेपाल प्रहरीले खान खुवाउनु हुन्थ्यो । उहाँहरुले समयको व्यवस्थापन गर्ने सक्नु भएन । समयमा खान खुवाउन नसकिएको हुदाँ क्वारिन्टेनमा बस्ने मानिसहरुको गुनासो आउन थाले पछि म आफैले नगरपालिकाम गएर बागलुङ नगरपालिका–१ को क्वारिन्टेन र बानपा ४ को क्वारिन्टेनमा बस्ने मानिसहरुको खानको व्यवस्थापन गर्छु भनेर जिम्मा लिएको हुँ । क्वारिन्टेनमा खान पकाउदा चाहीने सामानहरु नगरपालिकाले दिन्छ कहिले काही सामान पुरै नआउदा आफै गएर सामानहरु लिएर पनि आउछु र हामीहरुले नियमीत खान पकाउर खुवाएका छौ । अहिले हामीहरुले ३१ जनालाई नियमीत खान खुवाएका छौ । अस्ती मात्र २६ जना आफ्नो घर फर्कीसक्नु भएको छ । अस्ती सम्म बिहान बेलुकी हामीले १ सय २० जनाको खान पकाउनु पथ्र्यो तर अहिले थोरै हुनुहुन्छ । हामीहरु बिहान ७ बजे रामरेखा जान्छौ । एक जना दाई हुनुहुन्छ उहाँ त्यही खान पकाउने ठाउँमै बस्नु हुन्छ । उहाँले बिहानै उठेर चिया दिइ सक्नु भएको हन्छ हामी जादाँ । हामीहरु गएर तरकारी काट्ने, पकाउने, काम गर्दछौ । हामीहरु दाई दाई भनेर उहाँलाई बोलाउछौ । उहाँले हामी भन्दा धेरै काम गर्नु हुन्छ त्यस कारणले उहाँलाई नगरपालिकाले केही पारिश्रमीक दिनु पर्दछ भने पहल पनि गरेको छु मैले । उहाँ नी सुरु बाटै काममा खटिराख्नु भएको छ ।

हामीहरुले समय तालिका बनाएर क्वारिन्टेनमा बस्ने मानिसहरुलाई खान खुवाएका छौ । उहाँहरु सन्तुष्ट हुनुहुन्छ जस्तो मलाई लाग्दछ । रामरेखामा खान पकाएर कुडुँलेपनि हामीहरुनै खान लागेर जान्छौ । बिहानै चिया, १० बजे खाना, दिउसो चिया बिस्कुट, साझ फोरी खान खुवाएर बल्ल हामीहरु आफ्नो घर फर्कन्छौ । हामीहरुले क्वारिन्टेनमा बसेका मात्रै भन्दैनै । रामरेखामा बाहिर बाट आएका मनिसहरुलाई बसले यही झारदिन्छ कहिले काही रातीमा । हामीहरुले उहाँहरुलाई पनि खानहरु खुवाउन्छौ जानकारी पाए सम्म । हामीले क्वारेन्टाईनमा मात्र बस्ने भन्दानी बागलुङ प्रवेश गर्ने मासिहरुलाई धेरै थोरै जे जस्तो हुन्छ खानको व्यवस्था गरेका छौ ।


मेरो यती धेरै मानीसहरुलाई दिन/दिनै खान पकाएर खुवाएको पहिलो अनुभव हो । मलाई अझै सजिलो कसरी भएको छ भने मेरी श्रीमती स्वाथ्य कर्मी हो उनको डुयुटी पनि यही क्वारेन्टिनमा छ त्यसकारणले उहाँले पनि मेरो काममा सहयोग गर्दै आएकी छिन् । म धेरै खुशी छु । श्रीमान÷श्रीमती दुवैजनाले देशमा संकट परेको बेलामा सहयोग गर्न पाउद मनमा आनन्द आउन्छ । हामीहरु देशको सेवक हो । गर्ने समय पनि यही हो । हाम्रो परिवारले आफू सुरक्षित भएर जनताको सेवा गर्नु पर्दछ । काम गर भनेर सधै हौसला दिनु हुन्छ । मलाई जनताले भोट हालेर चुनव जिताउनु भएको हो । यही समय हो मैले जनताको भोटको सम्मान गरेर जनताको सेवा गर्न भन्ने मलाई लागेको छ र मेरो यो काममा मेरो परिवारको साथ पनि उतीनै छ ।

अवतार धर्ती मगर
निसीखोला गाउँपालिकाको क्वारिन्टेनमा
हामी २ जना छौ । यहाँ खान पकाएर खुवाउन लागेको आज १७ दिन भयो । हामीलाई पालिकाले २ जनालाई तलब दिएर काम गर्न बोलाउनु भएको हो । हामीहरुको क्वारिन्टेनमा महिला र बच्चाहरु गरेर ८३ जना हुनुहुन्छ । हामीले बिहान उठेर तातो पानि, चिया, अनि १० बजे खाना, दिउँसो चिया बिस्कुट, चिउरा र साँझा खान खुवाउन्छौ । हामी निसीखोला गाउँपालिका वडा नम्वर ५ को ज्ञानेन्द्र माविको क्वारिन्टाईका मानिसहरुलाई सेवामा छौ ।

मैले पहिला विद्यालयमा पाढाउने, रेडीयोमा रिपोर्टीङ र यातायातको टिकट काउन्टरमा टिकट पनि काटेको हु तर अहिले म खाली बसेको थिए । मलाई पालिकाले क्वारिन्टेनमा खान पकाउनु पर्ने भयो भनेर भनेपछि हुन्छ भनेर पकाउन आएको हु । वडाको अध्यक्षयले अरुलाई पनि भन्नु भएको रे खान पकाउनका लागि तर कोही नमाने पछि मैले हुन्छ भनेर आए ।

हामीहरुलाई माक्स गोल्बसको व्यवस्था वडाले मिलाई दिएको छ । हामीहरु यो लकडाउनको बेलामा काम पनि पाएका छौ र सेवा पनि गर्न पाएका छौ धेरै खुशी छौ । हामीहरुले क्वारिन्टाईनमा बसेकालाई दुरी कायम गरेर बस्नुस केही हुदैन, तातो तातो खानु पर्छ भनेर सम्झाउने पनि गर्छम । क्वारेनिटनमा बसेका दिदी बहिनीहरुले तपाईहरुको गुन हामीले कहीलैपनि भुल्न सक्दैनौ भन्छन् । यो संकटको समयमा हामीलाई खान पकाएर खुवाउनु भएको छ भनेर हामीलाई झन खुशी बनाउनु हुन्छ ।

हामीहरु पनि क्वारेन्टिनमा बसे जस्तै भएको छ । हामी घर नगएकै १९ दिन भई सकेको छ । फोन बाट कुरा गर्छु परिवार संग । मेरो घर त यही नजीकै हो तर हामीहरु क्वारिन्टेनमा काम गर्ने भएर आफ्नो परिवारको सुरक्षालाई पनि ध्यान दिनु पर्ने भएकाले घर नगएका हौ । फोन हुन्छ, राम्रो संग जोगीएर काम गर्नु, सुरक्षित हुनु भनेर परिवारे भन्दै आएका छन् ।

रितु मगर
काठेखोला गाउँपालिकाको क्वारिन्टेनमा

मलाई काठेखोला गाउँँपलिकाले जेठ १५ गते बाट अम्मर माध्यामिक विद्यालयको क्वारेन्टिनमा बसेका मानिसहरु, स्वाथ्य कर्मी र प्रहरी गरेर ४२ जना हुनुहुन्छ । मैले विद्यालयमा क्यान्टीन संञ्चालन गरेको थिए मलाई पालिकाले पनि क्वारेन्टिन बसेका मासिनहरुलाई हजुरले खान पकाएर खुवाउनु पर्ने भयो भनेर भनेपछि मैले नाई भन्न सकिन र हुन्छ भनेर मैले जिम्मा लिएको हु । मैले बिहान चिया, खाना, दिउँसो खाजा र साझा खानको व्यवस्था गरेको छ । मलाई सहयोग गर्ने २ जना बहिनी पनि हुनुहुन्छ । पालिकाले सामन दिएको छ मैले पकाएर खान खुवाएको मात्र हो ।

मलाई सुरुमा क्वारेनिटनमा बस्ने मानिसहरुलाई खान पकाउन भन्दा डर लागेको थियो । तर अहिले लागेको छैन् । हामीलाई सेनिटाईजर, माक्स, गोल्बस पालिकालेनै दिएको छ । मैले घरमै खान पकाउछु र प्याकीङ गरेर खान लगेर जान्छु । हामीहरुलाई सुरक्षीत महशुस हन्छ काम गर्दा । हामीहरुले नियमित खान पकाएर लगेर दिन्छौ, भाईहरुले मिठो पकाउनु भएको रैछ धन्यबाद हाँसेर भन्नुहुन्छ खुशी लाग्दछ मलाई । क्वारेन्टिनमा बसेका मानिसहरुलाई मैले अरु केही गर्ने नसकेपनि पालिकाले मलाई यो अवसर दिएकोमा धन्यवाद दिन चाहान्छु । हामीहरु निरन्तर काम गरी राखेका छौ । यो समयमा केही मात्रमा सहयोग गर्न पाउदा राम्रो हो जस्तो लागेको छ ।

–प्रस्तुती साधना पन्त

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *