बागलुङको ऐतिहासिक स्थल संसारकोट

–तेजप्रसाद निउरे

संक्षिप्त परिचयः
बागलुङ जिल्लाको ऐतिहासिक पर्यटकिय स्थल संसारकोट बागलुङ जिल्लाको बागलुङ नगरपालिका वडा नं ७ मा पर्दछ । बागलुङ सदरमुकाम बागलुङ वजारवाट उत्तर पश्चिम तर्फ समुन्द्री सतहवाट करिव २४९२ मिटर उचाईमा अवस्थित छ । यसको भौगोलिक अवस्था २८ डिग्री १७ मिनेट उत्तरी अक्षांश र ८३ डिग्री ३२ मिनेट पूर्वी देशान्तरमा रहेको छ । बागलुङ जिल्लाको ऐतिहासिक पर्यटकीय स्थलको रुपमा परिचित यस संसारकोट बागलुङ जिल्लाको पाला.मुल्पानी. मालिका, भिमपोखरा, धम्जा र म्याग्दी जिल्लाको ज्यामरुककोट , गौश्वरा तथा अर्कोतर्फ भकिम्ली ,समेतको जंगलको धुरीमा पर्दछ । बागलुङ जिल्लाका पर्यटकीय स्थलहरुमध्ये ऐतिहासिक रुपमा चिनिने यस ससारकोट प्रसिद्ध गन्तव्यको रुपमा रहेको छ ।

संसारकोट, ऐतिहासिक पर्यटकिय र सास्कितिक महत्व वोकेको संसारकोट भन्ने स्थानमा तत्कालिन २४ से राज्य अन्तरगर्त पर्वतको राजाले शासन गर्ने र सो राज्य अन्तर्गतका स सान भुरे राजाहरुले शासन गर्न उपयुक्त स्थान रहेकोले उक्त संसारकोट भन्ने स्थान निकै महत्वपुर्ण रुपमा मानिन्छ । बागलुङ बजारवाट बानपा ६ ताराजाल कोट माझकोट तत्कालिन वाइसे चौविसे राज्यको पालामा भुरे टाकुरे राजाहरुको पालामा शासन गर्ने स्थलको रुपमा अवस्थित ताराजालकोट बानपा ६, कारीकोट, माझकोट, रायरायकोट र संसारकोट बानपा ७ मा राजाहरु वस्ने र उक्त स्थान भौगोलिक रुपमा डाडाकाडाँका रुपमा रहेका र तलवाट माथी जान कठिनाइ हुने र अग्लोडाँडामा वसेर विपक्षी शत्रुहरु माथि आउन नसकुन् भन्ने धाराणाका साथ यस्ता ठाउहरुमा वस्ने परम्परा रहे बमोजिम यी ५ वटा कोट प्रचलनमा रहेको प्राचिन किम्वदन्ति छ । यसरी यी प्रसिद्द ५ कोटहरु राजा रजौटाहरुले शासन गर्ने मात्रै नभइ शक्तिपिठहरुको पुजाआजा गर्ने भाकल गर्ने समेत गरेको र दशैमा कोटघरमा पुँजा गरि नवदुर्गाको पुजा गरि शक्तिपिठवाट आशिष पाउने र राम्रो हुने विश्वास समेत रहेको प्रचलन पाइन्छ ।
वागलुङ जिल्लाका प्रसिद्द धार्मिक तिर्थस्थल पञ्चकोटको नामाकरण कसरी रहन गयो ?

ताराजालकोट: हाल सर्वसिद्दिधाम पञ्चकोटको नाममा स्थापित यस कोट रहेको स्थाननै हाल पञ्चकोटको रुपमा चिनिन्छ ।यद्पी यस ठाउलाइ पञ्चकोटको रुपमा चिनिने भए पनि पाँचवटा कोट मध्यको एउटा कोट ताराजाल हो ।
कारीकोट: पाचवटा कोट मध्येको दोश्रो कोटको रुपमा रहेको छ । जुन बा न पा ७ मा पर्दछ । यहाँपनि तत्कालीन भुरे राजाको पालामा शासन गर्ने र वडा दशैमा नवदुर्गाको समयमा पुजा आर्चना गर्ने गरिन्छ ।
माझकोटः बानपा ७ को माझकोटमा रहेको यस कोट पनि ऐतिहासिक कोटदरवारको रुपमा चिनिन्छ । यस कोट पनि वडा दशैको नवदुर्गाको समयमा पुजाआर्चना गर्ने गरिन्छ र वडादशैको दिन स्थानियहरुले कोटको प्रसाद घरघरमा लैजाने र टिका लिने गरिन्छ ।
रायरायकोटः बा न पा ७ वौलुङमाथि डाडामा रहेको यस रायरायकोटमा वैशाख जेष्ठमा बानपा ७ गैरागाउ तितौरे वाटुले तग्राम मुल्पानी तित्याङ मालिका लगाएत विभिन्न स्थानवाट वर्षादेवका रुपमा पुजाआजा गर्ने प्रचलन रहेको छ । यस स्थानमा ठुलो ढुगाको पुछारमा परापुर्वकालदेखी पुँजा गरिन्छ र वि.स. १९२६ सालमा चन्द्रप्रसाद गौचनले चढाउनु भएको घण्टा समेत हाल सम्म रहेको छ । यो रायरायकोट समेत ऐतिहासिक रुपमा प्रसिद्द रहेको र पुजाको दिन पुँजा गरिसकेपछि वाघ देखिन्थ्यो भन्ने परम्परागत किंवदन्ती समेत रहेको छ ।
संसारकोटः यो कोट पाचवटा कोटको सवैभन्दा उच्च स्थानमा रहेको छ । यहाँ तत्कालिन समयमा वस्ने राजाहरु मध्ये शक्तिशाली राजा वस्ने गरेको र वरिपरि जंगल भएको डाडामा वस्न राम्रो म्याग्दी,बागलुङ र पर्वतका धेरै ठाउहरु समेत देखिने र तलवाट कोही जान नसकिने ठाउ रहेको छ । वरिपरि तत्काल कोही आउन भनेर ढुंगाको पर्खाल लगाएको वस्ने घर निर्माण गरेको र ढिकी जातो समेत कुटनी पिसनी गर्ने काम समेत गर्ने गरि ओखलको व्यवस्थापन गरेको भन्ने किवदन्ती रहेको छ । तत्कालिन समयमा जातो वनाएको र उक्त जातोको विचवाट विरुवा उम्रेको र विरुवा वढ्दै जादा रुखमै जातो देखेको भन्ने वुढापाकाको भनाइ सुनिएको भएपनि हाल उक्त स्थानमा त्यस्तो कुनै भग्नावशेष देखिदैन । अहिलेपनी उक्त ठाउमा राजा रजौटाको पालामा वनेका घर भवनका टहराहरु भत्किएको अवस्थामा देखिन्छ ।

संसारकोटको महत्व
–बानपा ७ को धुरीमा रहेको छ जसवाट नेपालका अन्नपुर्ण माछापुछ्रे धौलागिरी लगाएतका हिमश्रृखलाको दृष्यावलोकन गर्न सकिने ।
–बानपा ६ ताराजालकोट कारीकोट माझकोट रायरायकोट हुँदै संसारकोट वाट थाप्लेको धुरी हुदै धम्जा देउराली तग्राम विहु रामकोट लेखानी रेश ,गाजाको दह सिगाना हुदै भकुण्डे भैरवथान हुदै वलेवा सम्म जाने पर्यटकिय पदमार्गको सम्भावना भएको
–गुँरास फुल्ने र हरियाली जंगलको मनोरम पैदल मार्ग कम लागतमा तयार गर्न सकिने
–सवै क्षेत्रवाट सजिलै जान सकिने सम्भावना भएको पैदल मार्ग
–पञ्चकोट कारीकोट माझकोट,रायकोट हुदै ससारकोट पदमार्ग, (मुख्य मार्गको रुपमा रहेको । जहाँ वागलुङ वजारवाट गाडिमा पञ्चकोटको शुरु सम्म जान सकिने र डाडैडाड करिव ३ घण्टामा पुगेर पुनः फर्किन सकिने )
–बानपा ७ वौलुङ देखी कापेचौर हुँदै मुडुलो वाट ससारकोट जाने पैदल मार्ग जहाँ झण्डै २ घण्टामा पुग्न सकिन्छ
–बानपा ७ तितौरेवाट वासस्वारा हुँदै खसगाँउ वाट ससारकोट जाने पैदल मार्ग रहेको ।
–भिमपोखरा डोयरी हुँदै ससारकोट जाने पैदल मार्ग
– धम्जको कान्छो धवलागिरि हुदै संसारकोट जाने पैदल मार्ग
– म्याग्दीको ज्यामरुककोट गौश्वरा हुदै थाप्लेको धुरी हुदै ससारकोट जान सकिने पैदल मार्ग
यसको लागि गर्नुपर्ने पहल कदमी
–पञ्चकोट (तारजालकोट माझकोट कारीकोट रायरायकोट) समेटेर गुरुयोजना वनाउने
–ससारकोटको लागि भग्नावशेस संरक्षण गरि ऐतिहासिक वृतचित्र निर्माण गर्ने
–पञ्चकोटबाट संसारकोट जाने
–बागलुङ नगरपालिका वडा नं ६ को ताराजल कोट अर्थात प्रसिद्द सर्वसिद्दीधाम पञ्चकोटवाट कारीकोट माझकोट रायरायकोट हुदै संसारकोट जाने र सोही वाटो धम्जा वेलढुंगा जाने वाटोमा विचविचमा वाटोको अवस्थिति उचाइ जाने दिशा जान र फर्किन लाग्ने सम्भावित समय समेत उल्लेख गरि वोर्ड राख्ने ।
–स्थानीय युवाहरुलाई यस क्षेत्रमा आउने पर्यटकहरुलाइ पथ प्रदर्शन गर्न सहजीकरण गर्ने ।
–विभिन्न स्थानहरुमा वस्न र आराम गर्ने चौपारीहरु वनाउने

साथै वागलुङ नगरपालिका वडा नं ७ मा रहेका थुप्रै पर्यटकिय स्थलहरुमध्ये मालिका मन्दिर समेत उत्तिकै महत्वपुर्ण रहेको छ । जहाँ प्रत्येक वर्ष हरितालिका तिजमा मेला लाग्दछ र यसस्थानमा महिलाहरुले विशेष पाठ पुजा गर्ने गर्छन् ।

अन्त्यमा, यस क्षेत्रको समग्र विकासको लागि ऐतिहासिक र पर्यटकिय क्षेत्रको विकास गरेको खण्डमा यहाँको सर्वागिंण विकासमा टेवा पुराउन सकिने देखिन्छ । यसका लागि नेपाल सरकार पर्यटन वोड, गण्डकी प्रदेश सरकार, वागलुङ नगरपालिका , वडा नं ७ को कार्यालय र जनप्रतिनिधी तथा वुद्दीजिवी तथा स्थानीय सरोकारवालाले ध्यान दिइ विकास गरेको खण्डमा समग्र वागलुङको विकास गर्न सकिन्छ । जसले स्थानीय कला संस्कृति र उत्पादन समेत वृद्धि हुन सक्ने देखिन्छ ।

यो पनि पढ्नुहोस्

बागलुङको ऐतिहासिक स्थल संसारकोट

  1. एक दम राम्रो लेख छ दाई यसलाई लागि परेर बेबस्थापन गर्नु हजुर हरु अग्रसर को धेरै आशा गरेका छौ तेहाको जनताले भोलि को भबिश्य मा हजुर हरुकै आशमा हामी हरु हजुरले गरेको राम्रो बाटोमै हिड्ने छौ आशा छ यस छेत्र लाई पर्यटक आउने माध्यम बनाउनु हुने छ भन्ने आशा राखेका छौ हामी हरु तेहाको जनता ले आशा पनि हजुर हरु ठाउमा भयको हुदा धेरै आशा गरेका छन् हजुर बाट!!

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *