क्वारेन्टिननै आइसोलेसन भन्ने दिन नआओस्

बडिगाड क्वारेन्टिन । फाइल तस्बिर ।

सम्पादकीय
चीन सहित बिभिन्न देशमा कोरोना भाइरस (कोभिड १९)को तिव्र संक्रमण र जोखिम नियन्त्रण उन्मुख रहेको खबर आइरहे पनि नेपालमा भने दैनिक बढ्दो छ । शुरुवातका केहि महिना नियन्त्रण जस्तो देखिए पनि भारतले लकडाउन बीच जर्बजस्त नेपालीहरुलाई पठाउन थाले पछि संक्रमण दर र जोखिम बढेको थियो । अहिले संक्रमण दर १० हजार बढि पुग्दा पनि यसमा अधिक संख्या भारतबाटै आएका छन् । उनीहरुको आवागमन, सीमा नाका र नेपाल भित्रिए पश्चातका अस्तव्यस्त यात्रा, अव्यवस्थित क्वारेन्टिन बसाईका कारण संक्रमण तिब्र गतिमा फैलिदो छ । यही रफ्तारमा फैलिदै जाने हो भने अनियन्त्रित अवस्थामा पुग्न खतरा देखिएको छ ।

बागलुङ जिल्लाको पश्चिम ढोरपाटनमासंक्रमण पुष्टि भएको तीन दिन सम्म संक्रमित क्वारेन्टिनमै रहेको खबर आयो । पाँच जना संक्रमण पुष्टि भएको ३ दिन सम्म पनि क्वारेन्टिनमै राखे पछि गाउँमा सन्त्रास छायो । पश्चिम क्षेत्रका कोरोना संक्रमित धौलागिरी अस्पताल र सदरमुकामको प्रिआइसोलनमा नपठाउन जिल्ला कमाण्ड पोस्टको निर्देशन छ । पश्चिम क्षेत्रका चार वटा पालिका मिलेर बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा तयार गरिएको २५ बेडेको आइसोलेसन तयार पनि छ । जहाँ अहिले १८ जना संक्रमित बस्दै आएका छन् । उनीहरु बस्दै आएको आइसोलेसनमा ७ वटा बेड खाली भए पनि नयाँ संक्रमित देखिएकालाई एकै स्थानमा राख्दा जोखिम हुने कुरामा संवेदनशिलता राख्नु नराम्रो होइन । तर संक्रमित पुष्टि भए पछि पनि क्वारेन्टिनमै राख्दा त्यहाँ बसेका अरुहरुलाई सर्ने र सार्ने जोखिमलाई पनि कम आँकलन गर्नुहुँदैन । यो प्रतिनिधि घटना हो । अहिले संक्रमण धेरै देखिन थालेका ठाउँहरुमा संक्रमितको बढ्दो संख्यासँगै क्वारेन्टिनहरूलाई ‘आइसोलेसन सेन्टर’ मा रूपान्तरण गर्दै लगिएको पनि छ । तर, क्वारेन्टिन नै न्यूनतम मापदण्ड नपुगेका थिए । तिनैलाई संक्रमितलाई ‘आइसोलेट’ गरेर राख्ने स्थान बनाउन थालेपछि त्यहाँबाट संक्रमणको विस्तार तीव्र हुने निश्चित छ । परीक्षण गरिएका, नगरिएका संक्रमित र स्वस्थ व्यक्तिलाई एउटै क्वारेन्टिनमा राख्ने कार्य कुनै पनि हिसावले उपर्युक्त छैन ।

हामीकहाँ क्वारेन्टिन न्यूनतम मापदण्ड समेत ख्यालै नगरी प्लास्टिकका ‘टनेल’, गाईभैँसी बाँध्ने गोठ र विद्यालयका कोठालाई क्वारेन्टिनका रूपमा प्रयोग गरिएको छ । क्वारेन्टिन व्यवस्थित नभएको भन्दै आन्दोलन समेत भइरहेको परिप्रेक्ष्यमा त्यही क्वारेन्टिन नाम फेरेर आइसोलेसन बनाउने कार्य कति बैज्ञानिक र हितकर होला ? अहिले समुदाय स्तरमा समेत संक्रमण फैलिन थालेका घटनाले सामान्य संकेत गर्दैन । धौलागिरी अस्पताल सहित अहिले जिल्लामा तयार गरिएका आइसोलेसन पनि भरिभराउ छन् । अब यसले थेग्न सक्ने अवस्था तत्काल नदेखिएको अवस्थामा क्वारेन्टिन आइसोलेसनको विकल्प कदापी बनाउनु हुँदैन । सरकार र सम्बन्धित निकायले यसबारे तत्काल कदम चाल्नु जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *