‘जोखिम तीव्र तर जिम्मेवार प्रति प्रतिबद्ध भयौँ’

कोरोनाले देश समाज आक्रान्त छ । विश्वव्यापी रुपमा भयावहको रुपमा देखिएको कोरोना भाइरस (कोभिड १९)को अहिले सम्म खोप औषधि पत्ता लाग्न सकेको छैन । यही महामारीका कारणले नेपालमै दुई दर्जन बढिले ज्यान गुमाएका छन् । हजारौ नागरिक संक्रमणको शिकार बनेका छन् । कोरोना महामारीको विचमा रोजगारीको लागि भारत पुगेका अधिकाशं नेपालीहरु घर र्फकिएका छन् । पछिल्लो समय तेस्रो मुलुकबाट समेत नागरिकहरु फर्कन थालेका छन् । कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टर, स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण हुने दर बढ्दो छ । स्रोत र साधनको कमी हुँदा हुँदै पनि जिल्लाका विभिन्न आइसोलेसनमा रहेका कोरोना संक्रमितको उपचारमा जोखिम मोलेर डाक्टरहरु खटिइरहेका छन् । धौलागिरी अस्पताल, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र, र नरेठाँटी स्वास्थ्य चौकीको आइसोलनमा रहेका कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टर र स्वास्थ्यकर्मीको अनुभव जागरण दैनिक र आदर्श अनलाइनकर्मी साधना पन्तले टेलिफोन मार्फत बुझने प्रयास गर्नुभएको छ ।

डा.सौगात कोईराला
स्त्री रोग विशेषज्ञ

धौलागिरी अस्पताल बागलुङ
मैले २ वटा कोरोना संक्रमितको प्रसुति गराएको हो । हामीहरुकोमा पहिलो महिला आउनु भएको महिला संक्रमित हुनुहुन्थ्यो । उहाँको पहिलो बच्चा खेर गएको कारणले हामीहरुले उहाँलाई अप्रेशनको सल्लाह दिएका थियौ । तर, उहाँले सामान्य नै जन्माउने निणय गर्नु भएर हामीहरु बेला–बेलामा उहाँको जाँच गर्ने, बच्चाको धड्कन कस्तो छ भनेर बुझ्ने, फोनबाट पनि कुरा गर्ने काम भइरहेको थियो । उहाँलाई अचानक व्यथा लागे पछि हामीहरुले छुट्टै बेड बनाएर सुरक्षित हिसाबले उहाँको प्रसुति गरायौ । हाम्रो नेपालमा अझै सम्म यस्तो खालको समस्याको अनुभव भएको डाक्टरहरु हुनु हुन्न । त्यसकारण हामीलाई चुनौती धेरै भयो । हामीहरुले आफ्नो भन्दा पनि बिरामीको बारेमा धेरै सोच्नु पर्ने अवस्था आएको थियो । हामीहरुले बच्चा र आमाको सुरक्षित बनाएरै अप्रेशन उपचार गर्न सफल भयौ ।

अर्को गर्भवति महिला उपचारको लागि आउनु भएको थियो । उहाँमा कोरोनाको लक्षण देखिए पछि हामीहरुले तुरुनै पीसीआर जाँच्नका लागि पठाएर उहाँलाई आइसोलेसनमा राखेर उपचार सुरु गरेका थियौ । उहाँलाई राती व्यथा लाग्यो । हामीहरुले तयारी सबै गरेका थियौ । तर, तनाब धेरै हुने रहेछ । राम्रो सँग व्यथा नलागे हामीहरुले अप्रेशन गर्नुपर्ने हुन्छ । त्यसकारणले हामीले पुरै तयारी गरेका थियौ । हामीहरुले अगाडी पनि एक जनाको प्रसुती गराई सकेकाले थोरै सजिलो त भयो । हामीहरु सफल भयौ ।

डा.सौगात कोईराला

हामीहरुले आफ्नो मनोबल बलियो बनाउनु पर्ने हुन्छ । हाम्रो कर्तव्य पनि हो । हामीले उपचार गर्दैनौ भनेर भन्न मिल्दैन । शुरुमा संक्रमितलाई उपचार गर्दा मैले आँफु सुरक्षित छु कि छैन भनेर चेक गरेर उपचार गरेको हुँ । शुरुमा आँफु सुरक्षित नभई उपचार गर्न जादाँ मनोबल पनि बलियो हुँदैन । त्यसकारण पहिला आँफु ढुक्क भएर उपचारका लागि जानु पर्दछ ।

हामीले आफ्नो मात्र नभएर बिरामीको पनि मनोबल उच्च बनाउनका लागि धेरै प्रयास गरेका छौ । बिरामी डराएर बस्नु भएको थियो । आँफुमा कोरोना संक्रमण देखिए पछि डाक्टरहरु उपचार गर्न आउनु हुन्न होला भन्ने सोँच्नु भएको रहेछ । तर, मैले उहाँलाई सम्झाए केहि हँुदैन हजुरलाई । हामी छौ, हजुरहरु सुरक्षित हुनुहुन्छ भनेर सम्झाई बुझाई गरेर उपचार शुरु गरेका हौ ।

मैले २ पटक पीसीआर परीक्षण गरेको छु । पहिलो पटक पीसीआर परीक्षण गर्न पठाए पछि मनमा डर लागेको थियो । ३ दिनमा रिपोर्ट आएको हो । मनमा डर लागि राख्ने, कतै फेरी पोजेटिभ रिपोर्ट आउने त होइन भनेर मनमा अनेकथरी कुरा खेल्दथे । तर, अहिले भने डर लागेको छैन । मेरो दोस्रो रिपोर्ट आएको छैन । तर त्यस्तो डर पनि लागेको छैन ।

म घरमा नगएको ७ महिना भयो । श्रीमती, आमा आत्तिनु भएको छ । फोन गरि राख्नु हुन्छ । पटक पटक अनि सुरक्षित भएर काम गर भन्नुहुन्छ । म आफैले परिवारका सदस्यलाई सम्झाउनु पर्ने, बिरामी उपचार आफै गर्नुपर्ने, बिरामीलाई पनि सम्झाउनु पर्ने र आफैलाई पनि सम्हाल्नु पर्ने बाध्यात्मक अवस्था आएको छ । तर, हामीहरु तयार छौ । सेवा नै धर्म भनेर निरन्तर काममा खटिरहेका छौ ।

डा.मिलन मल्ल
मेडिकल अधिकृत
बुर्तिबाङ प्राथमिक स्वाथ्य केन्द्र, बागलुङ

कोरोनाले गर्दा हामीमा थप जिम्मेवारी थपिएको छ । हामीले वैदेशिक रोजगारबाट फर्र्किएका मानिसहरुलाई क्वारेन्टिनमा राख्ने, स्वास्थ्य परीक्षण गर्ने, स्वाब संकलन गर्ने, संक्रमित भेटिएमा आइसोलेसन सम्म ल्याउने, संक्रमितको सम्पर्कमा रहेका मानिसहरु खोज्ने,उनीहरुको परीक्षण गर्ने काम हामीहरुले गरेका छौ । के होला ? कसो होला भनेर हामीहरुले काम गर्नु पर्ने वातावरण रहेको छ । हामीहरु सँग प्रयाप्त मात्रमा स्रोत साधन, जनशक्ति नभएका कारणले सामानहरु व्यवस्थापन गरेर काम गर्नुपर्ने अवस्था छ । हामीहरु बागलुङको पश्चिम भेगमा भएका कारणले यहाँबाट बिरामीलाई धौलागिरी अस्पताल सम्म पु¥याउन समय लाग्दछ । समस्याका बाबजुद पनि हामीहरुले यस ठाउँमा धेरै थोरै व्यवस्था मिलाएर संक्रमितको उपचार गरिराखेका छौ । यो एउटा साहासिक काम पनि हो । यस काममा यहाँका नगरपालिका,स्थानीय मानिसहरु, प्रहरी प्रशासन, स्वास्थ्यकर्मी सबैले साथ दिएर काम गरेका छौ । यो हाम्रो लागि गर्वको कुरा पनि हो ।

शुरुमा कोराना संक्रमितलाई उपचार गर्दा डर मनमा थियो । हामीहरुले धेरै डाक्टरहरुलाई कोरोना लागेको भनेर समाचार पढ्ने, सामाजिक सञ्जालमा पढ्दा डर लागेको थियो । उपचारत गर्ने तर हामीलाई पनि लाग्यो भने के गर्ने होला भन्ने कुराहरु मनमा खेलेको थियो । तर, अहिले भने हामीलाई केहि त्यस्तो डर महुशुस छैन ।

हामीहरु ५ जनाको टिम छ । मेरो मातहतमा २ स्थानको आइसोलेसन रहेका छन् । ४० जना संक्रमितहरु अहिले हामीहरुले उपचार गरिराखेका छौ । हामीहरु गाउँ–गाउँमा गएर स्वाब संकलन गरेका छौ । स्वाब संकलन गर्न जादाँ गाउँमा यिनीहरु त कोरोना संक्रमितलाई उपचार गरेका हुन् । त्यसकारण उनीहरुले कोरोना लिएर आउँछन् भनेर पानी पनि खान नदिने, राम्रो व्यवाहार नगर्ने, हामीहरुलाई टाढा–टाढा बस्न भन्ने गरेको पाइन्छ । हामीहरुले रातीको १२ बजे सम्म खान पनि नखाई गाउँ–गाउँमा गएर काम गरेका छौ ।

This image has an empty alt attribute; its file name is 97203451_3039756602786244_3091124749326090240_n-420x418.jpg
डा.मिलन मल्ल

स्वास्थ्यकर्मी माथी मानिसहरुको अहिले व्यवहार फरक पाइन्छ । उनीहरुमा चेतनाको कमी भएको पाइन्छ । हुन त कोरोनाका कारण सुरक्षित हुनका लागि पनि होला उहाँहरुले त्यस्तो व्यवहार गर्ने । तर, हामीहरुलाई चुनौती धेरै छ । चुनौतीका बाबजुद पनि हामीहरु निरन्तर सेवामा लागि राखेका छौ । हामीहरुलाई खुशी पनि लागेको छ । अप्ठ्यारो समयमा सहयोग गर्न पाउँदा ।

हामीले आर्युवेदिक औषधीको पनि प्रयोग गरेका छौ । उहाँहरुको समस्या अनुसारको उपचार र हौसालाले नै कोरोनाको उपचार गरेका छौ हामीले ।

यो समयमा सबै मिलेर लाग्नु पर्दछ । पत्रकारले पनि हौसला मिल्ने खालको समचार ल्याइदिने, जनचेतनामुलक कार्यक्रम टिभी, रेडियोमा बज्ने, स्वास्थ्यकर्मीलाई सम्वन्धित निकायले प्रोत्साहन गर्ने हो भने राम्रो हुन्छ । हाम्रो सेवा सुविधाको बारेमा अझै पक्का नभए पनि हामीहरु काम गरिराखेका छौ । सबैले हामीहरुलाई सहयोग गर्नुभयो भने हामीलाई काम गर्न थप उत्साह हुने थियो जस्तो लाग्दछ ।

हामीले उपचार गरेका संक्रमितहरुले हामीलाई राम्रो व्यवहार गर्नु हुन्छ । उपचार राम्रो भयो, व्यवहार पनि राम्रो गर्नुभयो भन्नुहुन्छ । हामीहरुले भनेको कुराहरु मान्नुहुन्छ । सफा हुनु पर्दछ । जस्तो पाए त्यस्तो खानु हुँदैन । आँफु पनि सुरक्षित हुनु पर्दछ । र अरुलाई पनि सुरक्षित महुशुस हजुरहरुले गराउनु पर्दछ भनेर सम्झाए अनुसार उहाँहरुले गर्नु हुन्छ । उहाँहरुले भनेको मान्दा पनि खुशी लाग्छ ।

मेरो घर नवलपरासी हो । म घर नगएको १ वर्ष भयो । समय मिले सम्म फोन गरि राख्दछु । कहिलेकाही काम धेरै हुन्छ । २,३ दिन फोेन नगरेको पनि दिन छन् । आमाले सुरक्षित भएर काम गर, घरमा आएर भेटेर जाउला आउँ भन्नुहुन्छ । तर ममा यहाँ जिम्मेवारी धेरै छ । त्यसकारणले अहिले घर जाने वातावरण छैन । यो समयमा मेरो घरमा भन्दा यहाँ दायित्व र खाँचो भएकाले म घर जान सकेको छैन ।

दिल बहादुर श्रीस
अहेव
रिघा स्वास्थ्य चौकी
मलाई रिघाबाट गल्कोट नगरपालिकाले यहाँ काम गर्नका लागि १६ गते पठाएको हो । हामीहरुले संक्रमित सँग कुराकानी गर्ने, समस्या कस्मतो छ भनेर सोध्ने गरेका छौ । हामीहरु नजिकै गएका त छैनौ । तर, सेवा, सल्लाह र परामर्श भने सबै दिएका छौ । उहाँहरुलाई उपचार गर्नुपर्ने अवस्था आएको त छैन । यो अवस्था आएपछि हामीहरु आवश्यकता अनुसार उपचार गर्न पनि तयार छौ । उहाँहरुलाई यहाँ उपचार गर्ने भन्ने होइन । संक्रमितहरुलाई ज्वरो आउने, रुघा खोकी लाग्ने, उहाँहरुको अवस्था बिग्रीयो भने हामीले धौलागिरी अस्पताल रिफर गर्ने हो ।

This image has an empty alt attribute; its file name is 106346634_1238393109825986_1952843449892777874_n-295x418.jpg
दिल बहादुर श्रीस

संक्रमितहरुले आफुलाई निश्चित घेरा भित्र बसेर काम गर्नुपर्ने हुदाँ उहाँहरुलाई मानसिक रुपमा अप्ठ्यारा त भएको छ । तर पनि उहाँहरुले हामीलाई राम्रो सँग कुरा गर्न, कसरी लागेको होला भनेर छक्क पर्नु भएको पाईन्छ । हामीहरुले उहाँहरुको मनोबल बढाउनका लागि कुराकानी गर्ने गर्दछौ । हामीहरुले दुरी कायम गरेर सेवा गरेका छौ ।

म र मेरो श्रीमती दुवै स्वाथ्यकर्मी भएका कारणले सजिलो पनि छ । एक अर्काको समस्या बुभ्mने भएकाले म घर गएको छैन र जादाँ पनि जादिन । तर, कोरोनाको सुरु–सुरुमा हल्ला धेरै भयो । हामीहरु पनि डाराएका थियौ । कतै कोरोना हामीलाई लाग्ने होकी भन्ने तर अहिले त्यस्तो अवस्था छैन ।
प्रस्तुतिः साधना पन्त

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *