‘अबको विकल्प लकडाउन होइन, स्वयम् सुरक्षा सचेतता’

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको तीन महिना बढीको लकडाउन खुलेको छ । अहिले सर्वसाधारणदेखि व्यवसायी सम्म हर क्षेत्र, पेशा, व्यवसायका मानिसहरु क्रमशः नियमित दैनिकीमा फर्किने क्रममा छन् । कोरोना संक्रमणको ठुलो भयावहका बीच संक्रमित संख्या घटेको, क्वारेन्टिन रित्तिदै गएको खबरले राहत महशुस गरेका नागरिक लकडाउन खुलेसँगै फेरी जोखिम बढेको छ । पछिल्लो समय स्वास्थ्यकर्मीदेखि सुरक्षाकर्मी र समुदाय स्तरमा पनि कोरोना संक्रमण फैलिने क्रम बढ्न थालेपछि फेरी लकडाउनको चर्चा छ । लामो सकसबीच लकडाउनबाट मुक्ति पाएका नागरिक लकडाउनबारे के भन्छन् ? अबको लकडाउन कति उचित कति अनुचित ? यसको विकल्प के हुनसक्छ ? आदर्शकर्मी साधना पन्तले यसबारे बिभिन्न क्षेत्रका व्यक्तिसँग कुराकानी गर्नुभएको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

दिपक शर्मा
शाखा प्रबन्धक
सेञ्चुरी बैंक बागलुङ शाखा

लामो समय हामीहरु लकडाउन गरेर पुनः काममा फर्किएका हौ । कोरोना जोखिम अहिले फेरी बढ्यो लकडाउन गर्नु पर्दछ भनेर लकडाउनै समस्याको समाधान हो जस्तो मलाई लाग्दैन । हामीहरु ३ महिना लकडाउन गरेर मानिसहरुलाई दैनिकी चलाउन पनि गाह्रो भएको थियो । अहिले बिस्तारै काम तिर फर्कदै छन् फेरी लकडाउन गर्दा सामान्य जिविको पार्जन गरेर आफ्नो घर चलाउने देखि ठूला–ठूला व्यापारीहरुलाई पनि समस्या पर्न जान्छ ।

बैंकमा पनि मानिसहरु अनावश्यक आउनु पर्दैन । हामीहरुले प्रविधिको प्रयोग पनि गर्न जान्नु पर्दछ । प्रविधिको प्रयोग गरेर घरमै बसेर सेवा सुविधाहरु लिन सकिन्छ । हामीहरु दैनिक पसलमा सामान किन्न जाने पैसाको प्रयोग गर्ने गरिन्छ । अब हामीहरु घरमै बसेर किनमेल गर्ने, पैसा तिर्न प्रविधिको प्रयोग गर्न सकिन्छ । जथाभावी बजार, पसल, बैंकमा भिड गर्नु पर्दैन । र यो कोरोनाको महामारीमा प्रविधिको भरपुर प्रयोग गरेर सुरक्षित साथ घरमै बस्न सकिन्छ ।

स्वास्थ्यको हिसाबले हेर्ने हो भने लकडाउन राम्रो त हो । तर, यसको विकल्प खोज्दा धेरै ठिक हुन्छ । सवै भन्दा पहिले मानिसहरु स्वयम् सचेत हुन जरुरी देखिन्छ । लकडाउन गरेर मात्र हुँदैन । मानिसहरुले सामाजिक दुरी कायम गर्ने, माक्स, सेनिटाइजर प्रयोग गर्ने, आवश्यक परे मात्र घर बाहिर निस्कने, बैक, सहकारी, होटल, किराना पसल, जति पनि व्यवसायीहरु हुनुहुन्छ । उहाँँहरुले सुरक्षा अपनाएर सेवा दिने हो भने लकडाउनको आवश्यकता मैले देखेको छैन । सरोकारवाला निकायले पनि सिमानामा कडाई गर्ने । स्थानीय सरकारले आफ्नो पालिकामा विदेशबाट आउने मानिसहरुलाई सुरक्षित रुपमा क्वारेन्टिनमा व्यवस्थापन गर्ने, स्वास्थकर्मीहरुले सुरक्षीत रुपमा सेवा गर्ने हो भने सरकाले फेरी लकडाउन गर्नु पदैन । मानिसहरुले नै लापरबाही गर्ने, सरोकारवाला निकायले नियम कानुनको प्रभावकारी कार्यान्वयन नगर्ने, नगराउने गरेर अहिले यो अवस्था आएको देखिन्छ ।

सम्झना कार्की खड्का
प्रोपाइटर
सान्भी कलेक्सन, बागलुङ

नेपालमा तीन महिना लामो समय लकडाउन गरियो । त्यो लकडाउन धेरै छिटो गरे जस्तो लागेको छ । खास लकडाउन अहिले आवश्यक छ । तर, हामीहरु लकडाउन गरेर उम्किएर बसे जस्तो भएको छ । हामीहरुले अब फेरी लकडाउन गर्ने हो भने सामान्य पसल राखेर व्यापार गरेर आफ्नो घर चलाएका मानिसहरुले अब कसरी परिवार पाल्ने ?

मानिसहरुले आफ्नो स्वाथ्यको ख्याल आफै गर्नु पर्दछ । जथाभावी हिँड्ने, सरसफाइमा ध्यान नदिने, सामाजिक दुरी कायम नगर्ने, माक्स, सेनिटाइजर प्रयोग नगर्ने हो भने लकडाउन गरे पनि कोरोना लाग्न सक्दछ । लकडाउन कोरोना महामारीबाट बच्ने अहिलेको उपर्युक्त विकल्प मलाई लाग्दैन ।
सरकारले पनि लकडाउनको अन्य बिकल्प खोज्न जरुरी छ । मानिसहरु लकडाउन भने पनि हिँड्ने डुल्ने गरेका ह्न्छन । जनचेतनामुलक कार्यक्रम गर्न आवश्यक देखिन्छ । र सवै खालका व्यापारीहरुले पनि जोखिमबारे बुझ्न, सचेत हुन र सुरक्षित भएर काम गर्नु पर्दछ । बजारमा मानिसहरु जथाभावी डुलेको पाइन्छ । माक्स प्रयोग गरेका छैनन्, भिडभाड गरेका छन् । यो देख्दा त लकडाउन गर्नु पर्दछ जस्तो पनि लाग्दछ । हामी सवै सर्वसाधारण व्यक्तिले पनि आफ्नो स्वास्थ्यको ख्याल आफै गर्नु पर्दछ ।

फेरी लकडाउन हुने हो भने व्यापारी धेरै मारमा पर्दछन् । हामीहरुले ३ महिना लकडाउन अवधिमा पनि भाँडा तिर्नु पर्दछ पसलको । फेरी लकडाउन हुने हो भने हामीहरुले फेरी पसलको भाँडा कसरी तिर्ने भन्नेमा पुग्दछौ । फेरी लकडाउन हुने हो भने हामीहरुले पसल नै छोड्नु पर्दछ । त्यसकारणले व्यापारीको समस्याको विषयमा पनि सरोकारवाला निकाय बोल्न जरुरी छ ।

टिकाराम थापा
सञ्चालक
बेम्बो रेष्टुरेन्ट, बागलुङ

हामीहरुले लामो समय हाम्रा व्यवसायहरु बन्द गरेर अहिले सुचारु गरेका छौ । ३ महिना भाँडा यतिकै तिरेर हामीहरु बसेका हौ । हाम्रा लागि बोली दिने केही भएन् । अब पनि फेरी लकडाउन गर्ने हो भने हामीहरु भन्नु पर्ने केही छैन । हामीहरु भनि राखेका छौ । कोरोना महामारीको विकल्प सधै लकडाउन हुने हो भने अब कोरोना कहिले सकिने हो थाहै भएन । अब हामीहरुले सबै छाडेर बस्नु पर्ने समय आउँछ । सरकारले कोरोना महामारीलाई नियन्त्रण गर्नका लागी लकडाउन मौत्र विकल्प हो भन्नु राम्रो कुरा लाग्दैन ।

सरकारले व्यवसायीले व्यापार नगरेको समयमा कर छुट दिए के हुन्छ ? व्यवसायीको मर्का सरकारले बुझिदिनुपर्ने हुन्छ । सबै भन्दा मारमा व्यवसायी परेका छन् । तर, सरकारलाई मतलब नभएको महशुस हामीले गरेका छौ ।

सरकाले हाम्रो भारत सँगको नाकामा कडाई गुर्न पर्दछ । अहिले खुकुलो छोडेका कारण यो अवस्था आएको हो । जनि पनी भारतबाट आएको मानिसहरुलाई सरकारले सिमानामै क्वारेन्टिन निमार्ण गरेर राख्ने पीसीआर टेष्ट गरेर मात्रै घर पठाउने वातावरण गराउने हो भने समुदायमा कोरोना फैलिने थिएन । मानिसहरु पनि आफै सचेत हुन जरुरी देखिन्छ । लापरबाही गरेर जथाभावी हिँड्ने, सामाजिक दुरी कायम नगर्ने, माक्सको प्रयोग नगर्ने, सेनिटाइजर प्रयोग नगर्ने अनि दोष सरकारलाई मात्र दिन पनि भएन । यस विषयमा सवै निकाय, सर्वसाधरण आ–आफ्नो भुमिका राम्रो सँग निर्वाह गर्ने हो भने लकडाउन गर्नु पर्ने अवस्था आउदैन ।

अहिले कोरोना महामारी समुदायमा फैलेकै हो भने लकडाउन आवश्यक छ । किनकी मानिसहरुको स्वाथ्य भन्दा ठुलो कुरा केही होइन । तर, हामीहरुले पहिला लकडाउन धरै छिटो गरियो र अहिले लकडाउन गर्नुपर्ने समयमा हामीहरु अन्यौलमा परेका छौ । सरोकारवाला निकाय सबै भन्दा धेरै सजग हुन आवश्यक छ । नियम कानुनमा रहेर काम गर्नु पर्दछ । सधै जनतालाई लकडाउनमा राखेर कोरोना महामारी सकिदैन । क्वारेन्टिनको राम्रो व्यवस्थापन गर्नु आवश्यक छ । स्थानीय सरकारले पनि आफ्नो ठाउँमा बाहिरबाट आएका मानिसहरुलाई विशेष निगरानी राख्नु पर्दछ ।

हाम्रो छाता संगठन भनेको उद्योग वाणिज्य संघ हो । होटल व्यवसायीले पनि हामी व्यवसायीको विषयमा केही कदम उठाएका छैनन् । हामीहरु मारमा परेका छौ । व्यवसाय बन्द गरे पनि भाँडा दिनु पर्ने, कर तिुर्नपर्ने बाध्यता छ हामीहरुलाई ।

देशमा त कोरोना उत्पन्न भएको होइन कोरोना महामारी बाहिरबाट आएको हो । त्यसकारणले देश भन्दा बाहिरबाट आएका मानिसहरुलाई सुरक्षित क्वारेन्टिनमा राख्ने हो भने लकडाउन गर्नु पर्ने अवस्था आउदैन । सरकारले राम्रो सँग बिदेशबाट आएका मानिसहरुलाई व्यवस्थापन गर्ने हो भने फेरी लकडाउन गर्नुपर्ने अवस्था आउँदैन । त्यसकारण लकडाउनको सरकाले बिकल्प खोज्नु पर्ने आवश्यक देखिन्छ । फेरी पनी लकडाउन गर्नु हुदैन भन्ने मेरो धारणा हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *