‘अहिलेको सर्तकता आफ्नै सुरक्षाका लागि’

कोरोना भयावह फेरी फैलिदो छ । देशव्यापी कोरोना संक्रमित संख्या ४ अकं सम्म एकै दिन भेटिन थालेको छ । मृत्यु हुने दर पनि बढ्दो छ । बागलुङमा पनि कोरोना भाइरस (कोभिड १९) लामो समय रोकथाम भए पनि पछिल्लो समय समुदाय स्तर सम्म पुगेको छ । त्यो पनि २, ४ जनामा मात्र सिमित देखिन्न । संक्रमितको सम्पर्कमा भएकाहरुको कन्ट्याक्ट ट्रेसिङमा दर्जन जति थप संक्रमित पुष्टि भएको छ । यो संख्या अझ बढ्ने जोखिम कायमै छ । जसका कारण नगर क्षेत्रमा एक साताका लागि जारी निषेधाज्ञा फेरी थप एक साता लम्ब्याउने निर्णय समेत गरिसकिएको छ । यसबेलामा नागरिक स्वयम् चाही कसरी सचेत र सुरक्षित हुन सक्छन् ? अर्थात उनीहरुले के कस्ता विकल्प र उपायहरु अपाउन सक्छन् ? स्वास्थ्य जागरणका लागि आदर्शकर्मी साधना पन्तले तयार गरेको सामग्रीः

अहिलेको यो विषम अवस्थामा हामी स्वास्थ्यकर्मीले आफ्नो ज्यानको बाजी राखेर हाम्रो पेशा प्रति इमान्दार भएर काम गरिराखेका छौ । स्वास्थ्यकर्मीले आफुले सुरक्षित साथ काम गर्दा गर्दै पनि कोरोनाबाट बच्न नसकेर संक्रमित भइराख्नु भएको छ । तर, नागरिकहरुले बुझ्न आवश्यक छ । उहाँहरुकै लागी हामीहरु दिन रात नभनि काम गरिराखेका छौ ।

अहिले स्वास्थ्यकर्मीलाई समाजले गरिएको दुव्र्यवहार र अपमान देख्दा हामी स्वाथ्यकर्मी निकै निराश भएका छौ । स्वाथ्यकर्मी अहिले धेरै जोखिम र मानसिक तनावमा रहेका छन् । यो समयमा स्वास्थ्यकर्मीलाई हौसला दिने समयमा स्वाथ्यकर्मीको मनोबल गिराउने काम भइराखेको छ । हाम्रो मनोबल बलियो भएन भने हामीले कसरी बिरामीको उपचार गर्न सक्दछौ ? त्यसकारण हामी स्वास्थ्यकर्मीलाई मात्र नभएर संक्रमितको पनि यो समयमा मनोबल बढाउने वातावरण बनाउनु पर्दछ । कोरोना आफ्नै लापरबाहीले लाग्दछ भन्ने कुरामा मानिसहरु सचेत हुन आवश्यक छ । मानिसहरु सुरक्षित साथ घरमा बस्ने हो भने सरकार र स्वाथ्यकर्मीलाई निकै सहज बातावरण हुने थियो । सहज वातावरणमा काम गर्न सकिएन भने त्यसले जनस्वास्थ्यमा ठुलो क्षति र भयावहको अवस्था पनि सिर्जना हुन सक्छ । त्यसकारणले यो समय भनेको सुरक्षित साथ घरमै बस्ने आफु र आफ्नो परिवारलाई सुरक्षित बनाउने समय हो ।

नागरिकहरु सचेत हुन आवश्यक छ । अहिले समुदाय स्तरमा कोरोना फैलिसकेको छ । अति आवश्यक बाहेक बाहिर निस्कनु हुदैन भन्ने विषयमा बिशेष ध्यान दिनु पर्नेछ । नागरिकहरुले नै लापरवाही गरेमा हामी स्वास्थ्यकर्मी र सरकारले जति गरे पनि हुँुदैन । त्यसकारण स्वयम् नागरिकनै सचेत हुन आवश्यक छ । आफु सुरक्षित भएर अरुलाई पनि सुरक्षित महशुस गराउनु हुन सम्पूर्ण बागलुङबासीलाई अनुरोध गर्न चाहान्छु । कोरोनाबाट बच्ने उपाय भनेकै सुरक्षित साथ घरमै बस्ने, माक्स, सेनिटाइजर प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्नु हो ।

मानिसहरुमा चेतनाको कमीले पनि यस्ता खालका समस्या आएकाले स्थानीय सरकारले सचेतनामूलक रेडियो टेलिभिजनबाट कोरोना सम्वन्धि कार्यक्रमहरु अझै प्रभावकारी रुपमा सञ्चालन गर्ने हो भने अझै नागरिकहरु सचेत हुने थिए कि भन्ने मलाई लागेको छ ।

अर्जुन घिमिरे
वडा सदस्य, बागलुङ नगरपालिका वडा नम्बर २

हामीहरु लामो समय लकडाउनमा बसेर लकडाउन हटाइए पछि पुनः मानिसहरु आफ्नो नियमित काम तिर फर्किसक्नु भएको थियो । लगत्तै कोरोना अहिले बागलुङको समुदाय स्तरमा फैलिसकेको छ । यसलाई नियन्त्रण गर्नका लागी लकडाउ नै विकल्प हो र कन्ट्याक्ट टेस्ट पनि गरिएको छ । तर, हामी नागरिकहरु स्वयम् आफै सचेत नभए सम्म कोरोना महामारीबाट बच्न सकिदैन । प्रत्येक नागरिकको कर्तव्य के हो भने अहिले फ्रन्टलाइनमा खटिएका महत्वपुर्ण व्यक्ति भनेको स्वाथ्यकर्मी हुन् । स्वाथ्यकर्मीको सहयोग विना हामीहरुले कोरोना नियन्त्रण गर्न असम्भव छ । त्यसकारणले स्वाथ्यकर्मीको मनोबल बढाउने भनेकै आम नागरिकले हो । नागरिकले स्वयम् सचेत हुन आवश्यक छ । विशेष गरेर अहिले हेर्दा खेरी नागरिकहरुले लकडाउन र अहिले गरिएको निषेधाज्ञा पूर्ण रुपले पालन गरेको पाइदैन । जसका कारण कोरोना महामारीले समुदायमा समस्या खडा गर्न सक्दछ । अहिले कन्ट्याक्ट टे«सिङ गर्दा धरै समस्या आएको छ । संक्रमितको सम्पर्कमा धेरै आएको र स्वयम् संक्रमितले खुलाउन पनि नसकेको हुदाँ स्वाथ्यकर्मीलाई संक्रमितको सम्पर्कमा आएका मानिसहरु पत्ता लगाउन अप्ठ्यारो भएको छ । त्यसकारणले जो कोही संक्रमितको सम्पर्कमा आउनु भएको छ, स्वाथ्यकर्मीको सम्पर्कमा स्वयम् गएर जिम्मेवार बनौ ।

अहिले बजारमा अनावश्यक हल्ला फैलिएको छ । यो मानिसलाई लाग्यो, यसको पसलमा कोरोना लागेको मानिस आएका थिए भनेर अफवाह फैलाउने काम भइरहेको छ । संक्रमितको सम्पर्कमा आएका मानिस र संक्रमित गएका पसलहरु सवै सिल गरेर सुचना पनि हामीहरुले दिएका छौ । त्यसकारण आम नागरिकहरु संयमित भएर अहिले स्वाथ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिलाई सहयोग पनि गर्नका लागि अपिल गर्दछु । यो समयमा आम नागरिकहरु स्वयम् सचेत भएर सामाजिक दुरी कायम गर्ने, माक्सको, सेनिटाइजरको प्रयोग र सरसफाइमा ध्यान दिएर आफु र समुदायलाई सुरक्षित गराउनु पर्दछ ।

लक्ष्मी बोहोरा
कार्यपालिका सदस्य, बागलुङ नगरपालिका

विश्वभर अहिले कोरोना महामारीले आक्रान्त पारेको समय हो । नेपाल पनि यस कोरोना महामारीबाट बच्न सकेन । बागलुङमा पनि समुदाय स्तरमा फैलिसकेको छ । अहिलेको यो समयमा आफु पनि जोगिने र अरुलाई पनि जोगाउने वातावारण स्वयम् नागरिकले बनाउन जरुरी छ । हामीहरुले सरकारले र नगरपालिकाले जारी गरेको लकडाउन निषेधाज्ञा प्रभावकारी रुपमा नागरिकले पालना गरेको पाइएको छैन । समुदाय स्तरमा कोरोना फैलिसकेको छ । तर, नागरिकहरुले कोरोनालाई अहिले पनि गम्भीर रुपमा नलिएको देख्न सकिन्छ । यसले गर्दा कोरोनाले भयावह अवस्था नआउला भन्न सकिदैन । आम नागरिकले आफु र आफ्नो परिवार सँगै देशलाई स्वस्थ र सुरक्षित बनाउनका लागी अब आफै सचेत भएर घरमै बस्नु पर्ने अवस्था आइसकेको मैले महशुस गरेको छु ।

अहिले कोरोना महामारीको समयमा स्वाथ्यकर्मी, सुरक्षाकर्मीले आफ्नो ज्यान जोखिममा राखेर नागरिकको सेवामा लाग्नु भएको छ । यो समयमा स्वाथ्यकर्मी, सुरक्षाकर्मीको मनोबल गिराउने काम कसैले पनि गर्न हुँदैन । स्वास्थ्यकर्मी माथि गरिएको दुव्र्यवहार हामीहरुले सुन्नमा आएको छ । यो नितान्त निन्दनिय कार्य हो । हामीहरुले उहाँहरुको हौसला बढाउने काम गर्नु पर्दछ तर त्यो हुन सकेको छैन ।

आम नागरिकले कोरोना भाइरसबाट बच्नका लागी सुरक्षाको सामग्रीहरु अपनाउने, अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कने, सरसफाई र स्वस्थ खानेकुरा खाने आफु पनि सुरक्षित हुने र अरुलाई पनि सुरक्षित महशुस बनाउन नागरिकलाई अनुरोध गर्न चाहन्छु । हामी बसेको समाज स्वस्थ भयो भने हामी स्वस्थ हुन्छौ, त्यसकारण हामीहरुले आफु र आफु बस्ने समाजलाई स्वस्थ बनाउनका लागी सवै आम नागरिक सचेत हुनु पर्दछ ।


नितु खड्का
अध्यक्ष वेलनेश टिम नर्स

पहिला त हामीले कोरोना भनेको के हो त्यो राम्रो संग थाहा पाउनु प¥यो । कोरोना भाइरस संग संक्रमण जति फैलिएको छ, त्यस संगै यसबारे त्रास र भ्रम पनि उति नै फैलिएको छ । कोरोना भाइरस संक्रमण कसरी हुन्छ भन्ने बिषयमा जानकारी राखेर सचेत हुनुपर्ने हुन्छ ।
_संक्रमित व्यक्तिले खोक्दा वा हाँछयु गर्दा नाक र मुखबाट निस्किएको स-साना छिटामा भाइरस हुन्छन् त्यसैले संक्रमित व्यक्तिको सम्पर्कमा आँउदा कोरोना भाइरस मानिसको नाक मुखबाट प्रवेश गर्छ ।

संक्रमित व्यक्तिले छोएको सरसामानहरु अन्य कुनै संक्रमित नभएको व्यक्तिले छोएर हात नधोई आफ्नो अनुहार छुँदा कोरोना भाइरस शरिरमा छिर्न सक्दछ र त्यसछि भाइरसले पहिला घाँटि, श्वासनलि र फोक्सोका कोषहरुलाई आक्रमण गर्दछ । विस्तारै ती अंगलाई कोरोना भाइरस ले आफ्नो नियन्त्रणमा लिएर आफ्नो सङ्ख्या बृद्धि गर्न थाल्छ र गम्भीर असर पु¥याउन सक्छ ।
कोरोना भाइरस संक्रमण भएको कसरी थाहा पाउने ?

– उच्च ज्वरो १०४ डिग्री भन्दा बढी, सुख्खा खोकी लाग्नु, र श्वासप्रश्वासमा समस्या हुनु कोरोना भाइरस अर्थात कोभिड १९ को मुख्य लक्षण हुन् ।
जस्तै अरु शरीर भारी हुनु, पखाला लाग्नु, वाकवाकी आउनु, नाकबाट पानी बग्नु, टाउको दुख्नु र सुँघ्ने क्षमता कम हुनु ।
– कोरोनाबाट जोगिन सर्वप्रथम हामी आम नागरिकले सरसफाईमा ध्यान दिनु प¥यो जुन विश्व स्वास्थ्य संगठनको अनुसार भन्दा महत्वपूर्ण र आधारभुत उपाय सरसफाईलाई नै लिएको छ ।
– नियमित रुपमा २० सेकेण्ड जति साबुन पानीले हात मिचिमीची धुने ।
– खोक्दा अथवा हाँछयु गर्दा सफा रुमाल, टिशुले नाक र मुख छोप्नुहोस् । विश्व स्वास्थ्य संगठनका अनुसार हातलाई (L) Position बनाएर कुहिनोले छोप्नुहोस् र हाँछयु गर्नुहोस् ।
-एक अर्का देखी २ मिटर को दुरी कायम गरेर बस्नु पर्छ ।
– सकेसम्म भिडभाडमा नजानुहोस यसो गर्दा भाइरस फैलिने सम्भावना कम हुन्छ ।
– बाहिर जानु परि हाल्यो भने अरु व्यक्तिलाई भेट्दा हात नमिलाउनुहोस । नमस्कार गरेर वा हात हल्लाएर पनि अभिवादन गर्न सकिन्छ ।

त्यसै गरी नितान्त नागरिकको तर्फबाट राज्य र यसका निकायलाई सर्वप्रथम हामी आम नागरिकले सरकारले गरेको नियम र निर्देशनको राम्रोसंग पालना गर्नु प¥यो । जुन अहिले लकडाउन या निषेधाज्ञा भइरहेको छ त्यो अवधिभर घरमा बस्नु प¥यो । अति आवश्यक काम बिना घरबाट निस्कनु भएन । यदि अति आवश्यक काम परेर घरबाट निस्कनु परेमा विश्व स्वास्थ्य संगठनको नियम पालना गर्नु प¥यो । जस्तै माक्स लगाउने, सेनिटाइजरको प्रयोग गर्ने, बाहिर गएर आएपछि साबुन पानीले हात धुने । अनि सरकारले पनि त्यहि अनुसारको जागरुक्ता कार्यक्रमहरु गर्नु पर्छ जस्तै ः हात कसरी धुने, माक्स को प्रयोग कसरी गर्ने, हामी आम नागरिकले सरकारले गरेको सबै निर्देशन पालना गर्नुपर्छ । हरेक बैंककिङ संस्था, सरकारी कार्यलय र अन्य भिडभाड हुने ठाँउमा हामीले राज्यले दिएको पालना गर्नु पर्छ । त्यो नियम पालना गरेको छ या छैन भनेर सरकारले पनि पर्यवेक्षण गरेर उपकरण श्रोतहरु आम जनसमुदाय माझ पु¥याउन पर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *