एकको लापरवाहीले धेरैलाई जोखिम, अपनाउ स्वास्थ्य सुरक्षा

शिव कुमार केसी
सिनियर अहेब
धौलागिरी अस्पताल बागलुङ

कोरोना महामारी फेरि बढेसंगै थप सजगता अपनाउनु पर्ने देखिन्छ । कोरोना संक्रमित दिन प्रतिदिन बढेसंगै मानिसहरु सजग हुनुपर्नेमा त्यो नभएको पाइएको छ । अहिले दिन प्रतिदिन कोरोनाले ज्यान गुमाउने मानिसको संख्या बढेको छ । छिमेकी जिल्ला भारतमा दिनकै हजारौको संख्यामा मृत्यु भएको मानिसको तथ्याङ्क सार्वजनिक भएको समाचारमा सुन्नमा पाइन्छ । त्यसकारणले सजग हुनु आवश्यक छ । पहिले कोभिड–१९ मात्र थियो भने अहिले नयाँ भेरियन पत्ता लागेको छ । त्यो नयाँ भेरियन झन् खतरनाक भएकाले स्वास्थ्य सुरक्षा मापदण्डहरु अपनाउनु अति आवश्यक छ ।

अहिलेको नयाँ भेरियनको लागि कुनै पनि भ्याक्सिन नबनी सकेकाले थप सजग हुनु पर्दछ । भ्याक्सिनले हाम्रो शरीरमा एन्टिबोडी उत्पादन गर्ने काम गर्दछ । कोभिड–१९ लाई मात्र भ्याक्सिनले काम गर्ने भएकाले अन्य कोरोनाका प्रकारलाई भ्याक्सीनले काम गर्दैन । त्यही भ्याक्सिनको प्रभावकारिता पनि जम्मा ७० प्रतिशत मात्र हो । त्यसकारणले नयाँ खालको कोरोना नेपालमा भित्री सकेको छ । आजै सजगता नअपनाए भोली भयावह हुने अवस्था आउन सक्दछ ।

कोभिड–१९ को भ्याक्सीन बनेको छ तर नयाँ भेरियनलाई यो भ्याक्सीनले काम गर्दैन । भ्याक्सीन लगाएका मानिसहरुमा पनि कोरोना संक्रमण देखा परेको अवस्था छ । नयाँ भेरियनको लक्षण कोभिड–१९ को जस्तै भएता पनि नयाँ भेरियन संक्रमण भएमा स्वास्थ्यमा थप असर हुने भएकाले अहिलेको अवस्थामा कसरी सजग हुने भन्ने कुरामा मात्र ध्यान दिन जरुरी छ ।

कोरोना लाग्न नदिनुनै राम्रो हो । यदी सजगता अपनाउँदा अपनाउँदै कोरोना लागेको खण्डमा आत्तिनु हुँदैन । कोरोना संक्रमण भएका मानिसहरुले श्वास प्रश्वासमा समस्या आएमा अस्पताल जानु पर्ने हुन्छ । होइन भने सामान्य कोरोना मात्र लागेको छ भने होम आइसोलेसनमा बस्दा धेरै राम्रो हुन्छ । तर, होम आइसोलेसनमा बस्दा भने धेरै साबधानी अपनाउनु पर्ने हुन्छ । होम आइसोलेसनमा बस्दा परिवारको अन्य सदस्यलाई कोरोना लाग्न नदिनका लागि छुट्टै कोठामा बस्नुपर्ने हुन्छ । सके सम्म कोठामै ट्वाइलेट बाथरुम भएमा राम्रो हुन्छ । कोठा उज्यालो, झ्याल ढोकाबाट हावा पस्न दिनु पर्दछ । सरसफाईमा ध्यान दिने, स्वच्छ खानेकुरा खाने, पानी, झोलिलो पदार्थहरु धेरै खानुपर्ने हुन्छ ।

कोरोना संक्रमण भएको समयमा अनावश्यक कुराहरु धेरै सोच्नु हुँदैन । सामाजिक संजालमा धेरै कुराहरु हुन्छन् । त्यसकारण सकारात्मक कुराहरु मात्र हेर्नु, पढ्नु पर्दछ । फलफुल खाने, प्रोटिनयुक्त खानेकुरा खुवाउनु पर्ने हुन्छ । संक्रमितको इम्युनिटी पावर बढाउनका लागि सके सम्म खानेकुरामा ध्यान दिन जरुरी हुन्छ । संक्रमितले अनिवार्य कोठामा बस्दा पनि माक्स, सेनिटाइजर, ग्लब्सको प्रयोग गर्नुपर्ने हुन्छ । संक्रमितले प्रयोग गरेको माक्स, सेनिटाइजर, ग्लब्सकलाई खाल्टो खनेर गाड्नु पर्ने हुन्छ । जथाभावी फालेमा अन्य व्यक्तिलाई कोरोना संक्रमण फैलिन सक्दछ । यसमा सबै सचेत र सजग हुन जरुरी छ ।

कोरोना संक्रमण लागेको व्यक्तिलाई सधैं परिवारले माया सद्भाव प्रकट गर्नुपर्ने हुन्छ । संक्रमितको आत्मबल बलियो बनाउनका लागि परिवारको ठुलो भुमिका हुने भएकाले कोरोना संक्रमितलाई सबैले माया गर्ने, हौसला दिने खालको कुराकानी गर्नुपर्ने हुन्छ । विशेष गरी बृद्धा र बालबालिकालाई सजग हुन आवश्यक हुन्छ । बालबालिका र बृद्धामा इम्युनिटी पावर कम हुने भएकाले उनीहरुलाई विशेष ख्याल राख्नु पर्ने हुन्छ । परिवारमा कोही संक्रमित छ भने बालबालिका र बृद्धालाई टाढै राख्नु पर्ने हुन्छ ।

कोरोनाबाट बच्नका लागी स्वंयम् मानिसहरु सचेत भएर स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनु नै हो । स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार माक्स, सेनिटाइजर नियमित प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्र्ने, सरसफाईमा ध्यान दिने, अनावश्यक भिडभाड नगर्ने र भिडभाडमा नजाने, बाहिर गएर घरमा आउँदा अनिवार्य हात खुट्टा धुने बानी बसाल्ने, कोरोना सम्वन्धी कुनै लक्षण देखा परेमा पिसिआर परीक्षण गर्ने, सेल्फ क्वारेन्टिन, आइसोलेसनमा बस्ने जस्ता सवै खालका विधि अपनाउने आफू पनि सुरक्षित हुने र अरुलाई पनि सुरक्षित गराउने काम गर्नुपर्ने हुन्छ ।

पिसिआर परीक्षण गरेर होम क्वारेन्टिन बस्नुपर्ने हुन्छ । तर, मानिसहरु लापरबाही गरेर डुलेको पाईन्छ । यो बिचमा धेरै जनामा कोरोना संक्रमण फैलिने जोखिम हुन्छ । पिसिआर गराए पछि मानिसहरु होम क्वारेन्टिन बस्न अतिनै आवश्यक हुन्छ ।

कोरोनालाई फैलिन नदिनका लागि स्थानीय निकाय र सरोकारवालाले पनि योजनाबद्ध रुपमा अगाडि बढ्नुपर्ने हुन्छ । विदेशबाट आएका नागरिकलाई अनिवार्य होम क्वारेन्टिन बस्नका लागी लगाउने र उनीहरुको पिसिआर परीक्षण गर्नुपर्ने हुन्छ । त्यसकारणले कोरोना भाइरस भएका कारणले यस भाइरसलाई नियन्त्रण गर्नका लागि सबै खालका मानिसहरुले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्ने हुन्छ । यस भाइरसलाई सर्न नदिनका लागि सबै भन्दा पहिले सजग र सचेत भएर स्वास्थ्य मापदण्ड अपनाउनु नै हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *