आदर्श सहकारीद्वारा सहकारी मन्त्रीलाई स्वागत


सहकारीका कानुनी समस्या समाधानका लागि पहल गर्छु : मन्त्री बुढा

–आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेश सरकारका नवनियुक्त भूमिव्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण मन्त्री चन्द्र बहादुर बुढा मगरलाई आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शनिवार स्वागत तथा सम्मान गरेको छ ।

मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आउनुभएका मन्त्री बुढालाई साविक धौलागिरीको पहिलो सञ्चार सहकारी आदर्श सञ्चार सहकारी संस्थाले स्वागत तथा सम्मान गरेको हो ।

आदर्श सञ्चारले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै नवनियुक्त भूमि व्यवस्था, कृषि सहकारी तथा गरीबी निवारण मन्त्रीचन्द्र बहादुर बुढा मगरले सहकरी क्षेत्रका कानूनी समस्या समाधानका लागिआफूले पहलगर्ने बताउनुभयो । सहकारीको क्षेत्रमा अग्रहणी रुपमा काम गर्दै आएको आदर्श सञ्चार सहकारीले सूचना तथा सञ्चार लगायत वित्तीय र सामाजिक क्षेत्रमा गरेका कामका बारेमा आफु जानकार रहेको भन्दै मन्त्री बुढाले सहकारी क्षेत्रसंग सहकार्य गरेर थप योगदान पुग्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले संघीय सरकारको सहकारी नीतिले गण्डकी प्रदेशका सहकारीलाई काम गर्न केही असहज भएको भन्ने आफूले महशुस गरेको बताउनुभयो ।

“आदर्श सञ्चार सहकारी जसले सञ्चार क्षेत्रमा लामो समय काम गरेको छ, सहकारीहरु प्रशंसा योग्य हुनुपर्दछ, मैले सहकारीकाअभियान्ता संग बसेर झलफल गरेपछि एक ढंगले सहकारीको सबली करणका लागि लाग्छु ।” कार्यक्रममा सस्थाका अध्यक्ष हुमा कुमारी जिसी अन्जुले मन्त्री बुढालाई दोसल्ला र प्रशंसा पत्रद्वारा स्वागत तथा सम्मान गर्नु भएको थियो । कार्यक्रममा संस्थाका बारेमा संस्थाका सम्पादक रामबहादुर जिसीले जानकारी गराउनुभएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापना कालदेखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

संस्थामा हाल २ हजार ७ सय जना शेयर सदस्य, ५ करोड शेयर पूँजि, ३२ करोड बचत, ३४ करोड कर्जा लगानी र ४५ करोड कुल सम्पत्ती रहेको संस्थाका सचिव ललिता थापाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *