दुई मोटरेवल पुल निर्माण,अब तमानखोलामा बाह्रैमास सिधा सवारी

–आदर्श अनलाइन, बागलुङ

जिल्लाकै दुर्गम मानिएको तमानखोलामा यस पटक खोला बढेर यातयात रोकिएन । बर्खामा तीन महिना यातयात ठप्प हुने तमानखोला गाउँपालिकामा यस वर्षदेखि बाह्रैमास सवारी सञ्चालन भएका छन् ।
जिल्लाको दोस्रो व्यापारिक शहर बुर्तिवाङ बजारबाट तमानखोलाको केन्द्र बोङ्गादोभान पुग्ने सडक र दुई मोटरेवल पुल राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले निर्माण गरेसंगै यात्रुलाई सहज भएको छ ।

बर्खाको समयमा निकै समस्या झेलेर पुल निर्माण गरिएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई बागलुङले स्तरोन्नती गरेको बुर्तिवाङ तमानखोला सडकमा आवश्यक दुई पक्की पुल मध्ये लुकुरबन खोलाको पक्की पुलमा सवारी गुड्न थालेका छन् चने भालुवाङ खोलाको पुल ९५ प्रतिशत सम्पन्न भइसकेको पुर्ननिर्माण प्राधिकरणले जनाएको छ । यो दुवै पुल बने पछि बर्खायाममा दुई वटा खोलामा गाडी परिवर्तन गर्नुपर्ने र पैदल यात्राको सकस बेहोर्नु पर्ने बाध्यता अन्त्य हुन थालेको छ ।

अहिले बुर्तिवाङ–तमानखोला सडक ग्राभेल गरेसंगै बुर्तिवाङबाट तमानखोला गाउँपालिकाको केन्द्र पुग्न यात्रुलाई निकै सहज भएको छ । तर, पुल अभावमा बर्खाको चार महिना समस्या भए पनि आगामी बर्खामा यस्तो समस्या नहुने तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो । “लुकुरवन खोलाको पुलमा सवारी हिँड्न थाले, भालुवाङमा पुल निर्माण अन्तिम चरणमा पुगेको छ” बर्खाको चार महिना गाउँपालिकाको केन्द्र सम्म यातयातको सम्बन्ध बिच्छेद हुने अवस्था अब अन्त्य भएको छ, पालिका सदरमुकामदेखि माथि त धेरै पुल बन्न बाँकी नै छन्” अध्यक्ष बुढाले भन्नुभयो “दुर्गम मानिएको बोङ्गादोभान बजारमा बुर्तिबाङबाट एक घण्टा भित्रै पुग्न सकिने भएको छ, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले सडक र पुल निर्माण गरेर दुर्गम मानिएको गाउँपालिकाको परिचय बदलिएको छ ।” अध्यक्ष बुढाका अनुसार हिउँदमा तमानखोलाका सबै वडामा सवारी पुग्ने सडक बनाइएको छ ।

बुर्तिवाङबाट तमानखोला सम्मको ९.८ किलोमिटर सडक ग्राभेल गर्नका लागि २०७५ वैशाख १० गते कालिका प्यासिफिक जेभीसँग ठेक्का सम्झौता गरी रु.१७ करोड ९ लाखमा सडक निर्माण सम्पन्न गरिएको छ । उक्त सडकमा दुई मोटरेवल पुल निर्माण करिब सकिएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई प्रमुख रेणुकाकुमारी पाण्डेयले जानकारी दिनुभयो । “बर्खामा ढलान गरेको भालुवाङ खोलाको पुल झण्डै बगाएको थिएन, प्राविधिक, स्थानीय जनप्रतिनिध तथा गाउपालिकाको सहयोगमा खोलालाई धार परिर्वतन गराएर क्षतिबाट जोगायौ, ढलान भएको केही दिनमै उक्त खोलामा बाढी आएको थियो” पाण्डेले भन्नुभयो “उक्त खोलाको पुल निर्माण ९५ प्रतिशत सकिएको छ, लुकुरवनको पुलमा सवारी गुड्न थालेका छन् ।”

भुकम्पले क्षति पु¥याएका भौतिक संरचनाको पुर्ननिर्माण गर्ने आयोजानाले यो सडक निर्माणसँगै पुल निर्माण समेत गरेको पुर्ननिर्माण प्राधिकरण आयोजनाका इन्जिनियर हरिशचन्द्र बडुले जानकारी दिनुभयो । बडुका अनुसार, कोरोनाका कारण लुकुरबनको पुल निर्माणमा केही महिना रोकिएको थियो । रु.बजेट ३ करोड ६६ लाखमो लुकुरवन खोला पुल निर्माण भएको छ । २०७६ मंसिर बाट शुरु भएको उक्त पुल २५ मिटर लम्बाई र ८.५ मिटर चौडाईको रहेको पुल निर्माणको जिम्मा पाएको कर्ण÷प्रदिप÷जुम्ली जेभीले जनाएको छ ।

यस्तै ९ महिनामा सक्ने गरी २०७७ असोज १२ गते निर्माण शुरु भएको भालुवाङ खोला मोटरेबल पुल कोरोनाका कारण केही महिना ढिला गरी सम्पन्न हुन थालेको छ ।

रु. ४ करोड ४२ लाखमा नयाँबाटो÷सूर्योदय÷ बी.एम जेभीले निर्माणको जिम्मा पाएको उक्त पुल ४० मिटर लम्बाई र ८.५ मिटर चौडाई छ । बागलुङ जिल्ला सदरमुकाम पछिको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारबाट तमान क्षण भरमै पुग्न थालेपछि स्थानीयलाई आवत–जावत सहज भएको मात्रै छैन अव वर्खामा समेत यातयातका साधन सञ्चालनमा आउने भएको ।

जिल्ला सदरमुकामबाट ९२ किलोमिटर मध्यपहाडी पुष्पलाल राजमार्ग र त्यसपछि १० किलोमिटर बुर्तिवाङबाट तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान सम्म पुग्न सकिन्छ । पुल नहुँदा वर्खाको चार महिना यातयातका साधन ठप्प हुँदै आएका थिए । ट्रयाक निर्माण पश्चात बुर्तिवाङ देखि तमानखोला सम्म निकै सास्ती खेपेर करिब दुई घण्टा लाग्ने सडकमा ग्राभेल सडक निर्माण संगै करिब आधा घण्टामै सरर्र तमानखोलाको केन्द्र पुग्न सकिने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *