एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

आदर्श अनलाइन, बागलुङ
नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित हुनुभएको छ ।

चितवनमा सम्पन्न १० औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बन्नुभएको हो ।

एमाले निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलका अनुसार अध्यक्ष पदमा केपी शर्मा ओलीले १८०८ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी भीम रावलले २१३ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन आयोगले केही बेरमा मतपरिणामको आधिकारिक घोषणा गर्दैछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *