हामी सदस्य केन्द्रीत भएर काम गरिरहेका छौं, बैंक जस्तो आत्तिनु पर्ने अवस्थामा सहकारी पुगेका छैनन्

कोरोना महामारीले गर्दा अहिले बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएको छ । बचत कम र बचत फिर्ता बढी हुन थालेपछि सहकारी संस्थाहरुले तरलता अभावलाई न्यूनिकरण गर्नका लागि विभिन्न योजनाहरु बनाइरहेका छन् । योजना बनाउदा बनाउदै पनि आफ्ना सदस्यहरुले मागेको समयमा कर्जा लगानी भने गर्न सकिरहेको अवस्था छैन । विद्यमान तरलता अवस्थामा सहकारीहरुले कसरी काम गरिरका छन् ? यस विषयमा कास्की जिल्लाको पोखरास्थित फेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हरिभक्त पौडेलसंग आदर्शकर्मी साधना पन्तले गरेको कुराकानी :

वित्तीय क्षेत्रमा तरलताको समस्या पेचिलो बन्दै गएको छ, तपाइको सहकारी संस्थामा अहिले तरलताको अवस्था कस्तो छ ?
देशभरका बैंक तथा वित्तीय संस्थामा देखिएको तरलताको समस्या हाम्रो संस्थामा पनि देखा परेको छ । ४ महिना यता वित्तीय संस्थामा तरलताको समस्या बढदै गएको अवस्था छ । यो समस्याबाट हाम्रो सहकारी पनि चोखो भने छैन् । तर, हाम्रो सहकारीले सदस्य केन्द्रित भएर काम गरिरहेको हुँदा बैंकमा देखिएको तरलताको समस्या जस्तो सहकारीमा छैन् ।

पछिल्लो समय बैंकले सहकारीमा भएको पैसा आफ्नोमा लैजानका लागि विभिन्न शिर्षकमा व्याजदर परिर्वतन गरेको छ त्यसले गर्दा सहकारीमा राखिएको पैसा फिर्ता भएको छ । बैंकले तरलताको कमी हुँदा साथ व्याजदर परिर्वतन गरेका कारणले सहकारीलाई केही हदसम्म समस्या आएता पनि हामी सहकारीहरुले आफ्ना शेयर सदस्यलाई सेवामा कुनै कमी आउन दिएका छैनौ । तर, पछिल्लो समय बचत भने ह्वातै घटेको छ । सहकारीबाट फिर्ता लगेर पैसा जति अहिले बैंकमा बचत भएको हामीले महशुस गरेका छौ ।

ऋण लगानी गर्न नसक्ने अवस्था छ,, स्वीकृत भएको ऋण पनि लगानी भएको छैन भन्ने चर्चा छ ? सत्य हो त ?
अहिले तरलताको समस्या आएता पनि सदस्यहरुलाई कर्जा लगानी गर्न रोक भने हाम्रो संस्थाले लगाएका छैनौ । हामीले हरेक दिन १ करोडको हाराहारीमा कर्जा लगानी गरिरहेका छौ । पहिले नै स्वीकृत भएको कर्जा र नयाँ कर्जाको प्रकृति हेरर हामीले लगानी गरेका छौ ।

विशेषगरि अहिले बैंकले ऋण धेरैलाई दिएको अवस्था छैन् । हामी सहकारीले ति फाइलहरु पाएका छौ । बैंकबाट फिर्ता आएका फाइलहरु सहकारीका लागि यो समय हुकुमका एक्का भएकाले यो समयमा किन हामीले लगानी नगर्ने त भनि जोखिम कम भएका बैंकबाट फिर्ता पठाईएका फाइलहरु पनि हामीले कर्जा लगानी गरेको अवस्था छ । पौष महिनासम्म हामीले मन फुकाएरै लगानी गरेका थियौ, अहिले माघ महिनामा भने छनोट गरेर लगानी गरेका छौ । अवस्था हेरेर आगामी दिनमा के कति लगानी गर्ने भन्ने बारे संस्थाका संचालक समितिहरु बैंठक बस्ने फेरी तयारी रहेको छ ।

तरलताका कारण उत्पन्न विद्यमान सकंटलाई सहज रुपमा पार लगाउनका लागि कस्तो रणनीति बनाउनु भएको छ ?
फेवा सहकारीले अहिले तरलताको अभाव सिर्जना हुनु भन्दा पहिले नै कोरोना महामारी आउदा साथ अहिलेको अवस्था र्सिजना हुन्छ भनेर केही रणनीति योजनाहरु बनाएका थियौ । सहकारी संचालन गर्नेले पुर्व जोखिम नै योजना बनाउनु पर्दछ । त्यसकारणले अहिले वित्तीय संस्थामा तरलताको चरम समस्या आउदा सहकारीले आफ्ना शेयर सदस्यलाई केहीहदसम्म पनि सेवा दिएको छ ।

सहकारी संचालन गर्ने मानिसहरुले आफ्नो शेयर सदस्यमा निर्भर हुने भएकाले हामीहरु पनि सदस्यमै केन्द्रित छौ । हाम्रो सहकारीका प्रत्येक सदस्यसंग सम्पर्कमा छौ । उनीहरुको आर्थिक अवस्था, स्वास्थ्य अवस्था देखि अन्य सम्पुर्ण अवस्थामा हाम्रो सहकारी शेयर सदस्यको खुसदुखमा संग संगै रहेको छ । शेयर सदस्यको घर घरमा पुग्ने बचतको लागी आग्रह गर्ने गरेका छौ । समय समयमा शेयर सदस्यहरुलाई सहकारी सम्बन्धी, बचत के हो, बचत गरे के हुन्छ, सहकारीमै किन पैसा राख्ने जस्ता कार्यक्रमहरु राखेर शेयर सदस्यलाई सहकारी ज्ञानदिने अभियानलाई पनि निरन्तरता दिएका छौ । पुरानो कर्जा असुली गर्ने कामलाई पनि हामीले ध्यानमा राखेका छौ । व्यवसायीक परियोजनामा कर्जा लगानी गरेका सदस्यको व्यवसाय हेरेर कर्जा थप गर्ने कि लगानी असुली गर्ने भनि निर्णय लिएर काम गरेका छौ । विशेषत अहिले ऋण असुली फोर्स्र समिति गठन गरेर ऋण असुली गरेका छौ ।

सदस्यमुखी, सदस्य केन्द्रित कार्यक्रम, सदस्यकै उन्नतीका लागि हामीहरुले रणनीति योजना बनाएर अगाडी बढेका छौ । त्यसकारणले हाम्रो सहकारीमा तरलताको खास समस्या छैन् र बैंकहरुले झै आत्तिएर व्याज बढाउनु परेको छैन् ।

तरलता समस्यासँगै वित्तीय संस्थाहरुले ब्याजदर परिर्वतन गर्ने गरेको पाइन्छ, यसलाई कसरी लिनुहुन्छ ?
बैंकले व्याजदर परिर्वतन गरेकै कारण अहिले धमाधम सहकारीबाट बचत फिर्ता र बैंकमा जम्मा भएको छ । हाम्रा शेयर सदस्यको घर दैलो कार्यक्रममा जाँदा बैंकले धेरै व्याज दिएको छ हामीले त्यतै राखेका छै भन्नुहुन्छ । यो अवस्थालाई न्यूनिकरण गर्नका लागि हामी सहकारीकर्मीले पनि समयमै व्याजदर परिर्वतन गरी अन्यत्र जाने पैसा सहकारीमा राख्ने वातावरण र्सिजना गर्नुपर्ने हुन्छ । अहिलेको अवस्थामा व्याजदर परिर्वतन अतिनै आवश्यक छ । सहकारीको आर्थिक अवस्था र बजारको अवस्था बुझेर समय अनुसार व्याजदर परिर्वतन गर्नुपर्दछ । हाम्रो सहकारीले पनि समय समयमा बैंठक बसी व्याजदर परिर्वतन गरेका छौ । र अन्य सहकारीले पनि यो समयमा सहकारीको नियममा रहेर व्याजदर परिर्वतन गर्न आवश्यक देखिन्छ ।

अबको समधान के होला ?
अहिले वित्तीय संस्थाहरु जटिल परिस्थीतिमा गुज्रीरहेका छन् । यो समस्या समाधान गर्नका लागि विशेषत संस्थाका मानिसहरुले तरलता अभाव हुन नदिनका लागि विभिन्न खालका रणनीतिहरु ल्याउन आवश्यक छ । सहकारीका छाता संगठन जिल्ला सहकारी संघ, प्रदेश र केन्द्रीय संघ, सहकारी बैंक, महासंघ र मन्त्रालयले अहिलेको अवस्थालाई बुझेर सहकारी अभियानलाई निरन्तरता दिन र तरलताको अभाव हुन नदिनका लागि विशेष खालको योजना ल्याउन जरुरी छ । समय समयमा सहकारीका संचालकलाई तालिमको व्यवस्था गर्न जरुरी छ । यो समयमा प्रत्यक्ष रुपमा साथ, सहयोग र हौसलाको खाचो परेको छ सहकारीलाई सम्वन्धीत निकायले यसलाई बुझन् जरुरी छ ।

सम्पुर्ण सहकारीको अवस्था कस्तो छ भनेर सम्वन्धित विभागले महिना महिनामा डाटा संकलन गर्न अतिनै आवश्यक छ । कमजोर अवस्थामा पुगेका सहकारीलाई सहकारीको छाता संगठनहरुले सहयोग र मार्ग दर्शन गर्नुपर्दछ ।

अहिले सवैभन्दा समस्या सन्दर्भ व्याजदरको छ । सहकारीले धेरै व्याजदिन नसक्ने तर तरलताको अभावले बचत गर्दा व्याज धेरै दिनुपर्ने छ । यसलाई व्यवस्थापन गर्नका लागि सहकारीका उपल्लो स्तरका अभियान्ताहरुले गहन रुपमा छलफल गर्नुपर्ने छ । अहिले धेरै सहकारीले बचत गर्दा धेरै दिएर आफ्नो सहकारीमा पैसा लगेको खबर सुन्नमा आउछ । तर, लगानीभने हामी १४.७५ प्रतिशत भन्दा माथीमा गर्न पाउदैनौ त्यसले गर्दा सहकारी संचालन गर्न कठिन हुने अवस्था सिर्जना हुन नदिनका लागि समयमै सम्वन्धीत निकाय र सहकारीकर्मीले ध्यानदिन जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *