ब्राण्ड बन्दै सिगानाको नौमती बाजा : संरक्षणमा युवाको सक्रियता


आदर्श अनलाइन, बागलुङ

नौमती बाजाका लागि चर्चित बागलुङका थुप्रै गाउँ मध्ये सिगानाको लामिचौर एक हो । बागलुङमा युवा पुस्ताको वेबास्ता र पुस्ता हस्तान्तरणको अभावमा नौमती बाजा बिस्तारै लोप हुँने अवस्थामा छ ।

दलित समुदायको संस्कृति र परम्परा संग जोडिएको नौमती बाजा प्रति युवा पुस्ताको त्यति चासो नहुँदा मौलीक नौमती बाजा हराउने अवस्थामा पुगेको सन्र्दभमा बागलुङ नगरपालिका–८ सिगाना लामिचौरको नौमती बाजा समूह भने ब्राण्ड बन्दै गएको छ ।

पाँच वर्ष अघि बागलुङको चैते दशै मेलामा आयोजना गरिएको नौमती बाजा प्रतियोगितामा अब्बल साबित भएपछि सिगानाको नौमती बाजा धेरैले रुचाउन थालेका थिए ।

नौमतीबाजाको माग बिस्तारै बढ्दै गएपछि यहाँका युवाहरुले समेत आम्दानीको स्रोत बनाउन नौमती बाजा बजाउने तर्फ अग्रसर भएका छन् । पन्चेबाजकोको ठूलो रुपलाई नै नौमती बाजा हो । नौमती बाजको सबैभन्दा जटिल बाजा भनेको सहनाई हो । जस्ले त्यो बजाउन आफ्नो सास पु¥याउने देखि नयाँ पुराना गीत संग लय मिलाउने कामगर्दछन् ।

सिगाना लामिचौरका २१ वर्षिय लक्ष्मण नेपालीको मुख्य आम्दानीको स्रोत बनेको को छ नौमती बाजा । बाजामा उहाँले नयाँ तथा पुराना गित दुरुस्तै मिलाउनुहुन्छ ।

उहाँले पुर्खाले आर्जेको पेशालाई निरन्तरता दिदै घर खर्च चलाउन सानै उमेरबाट नौमती बाजा बजाउन हिडेको बताउनुहुन्छ । नौमतीका सबै बाजा बजाउन जान्नुभएका उहाँले अधिकांश सहनाई बजाउनुहुन्छ ।

नेपाली नयाँ तथा पुराना लोक गितको भाकामा दुरुस्तै सहनाई बजाउन जान्नुभएका लक्ष्मण नेपालीलाई धेरैले रुचाउन समेत थालेका छन् । उहाँले बजाएको सहनाईबाट प्रभावित बनेकाहरुले उहाँलाई थोरै धेरै रकम समेत सहयोग गर्ने गर्ने गरेको बताउनुहुन्छ । “हामीले कुनै प्रशिक्षण लिएका हैनौं, बाबु बाजे, छर छिमकमा बजाएको सुनेर बजाउन सिकेको हु, तर नयाँ गीत आएपछि नाच्न आउनेले त्यही गीत बजाउ भन्नुहुन्छ, त्यसैले नयाँ गित आउदा साथ सिक्न पर्दछ” परियारले भन्नुभयो “हामी जस्ता युवाले अन्य स्थानमा कमै मात्रमा नौमती बजाउने गर्दछन्, हामीले नबजाए पछिल्लो पुस्तामा यो लोप हुन्छ त्यसैले यसैबाट घर खर्च चलाउदै पुर्खाको पेशा धान्दै आएका छौं ।”

लक्ष्मण नेपाली मात्रै हैन लामिचौर नौमतीबाजा समूहमा अधिकांश युवाहरुनै आबद्ध छन् । लामिचौरमा दुई समूहमा नौमती बाजा बजाउने कलाकारहरु छन् । जसमध्ये अब्बल बनेको समूह हो सिगाना लामिचौर नौमतीबाजा समूह । नौमती बाजाको संरक्षण गर्दै पुख्यौली पेशा धान्नका लागि समूह गठन गरिएको छ । अहिले समूहको आफ्नै पोषाक छ भने नौमती समूहलाई बागलुङ जिल्लाको विभिन्न स्थान, म्याग्दी, पर्वत हुँदै पोखरा सम्म माग भएको सिगाना लामिचौर नौमती बाजा समूहका अध्यक्ष बाबुराम परियारले बताउनुभयो । उहाँले नौमती बाजा बजाउन आफूहरुले युवालाई प्रेरित गर्दै आएको बताउनुभयो ।

“नौमती बाजा संरक्षण गर्नु छ भने यसैलाई आफ्नो मुख्य आम्दानीको थलो बनाउनु छ” अध्यक्ष परियारले भन्नुभयो “हामीलाई बाजामा नरसिङ्गाको अत्यन्तै आवश्यकता छ, बाजा बनाउन अलि महङ्गो छ, त्यसैले बाजा बिहिन भएकै कारण कतिले यो पेशा छोडेका छन्, स्थानीय सरकारले हामीलाई बाजाहरु सहयोग गरे अझै सहज हुन्थ्यो ।” परियारले बाजा बजाउनका लागि पोखरा सम्म पुगेको र उक्त समूहले एक दिनको २० देखि ३० हजार सम्म पारिश्रमिक लिने गरेको छ ।

नौमती बाजाको लामिचौरमा मात्रै पुर्खाहरुले ३६ प्रकारको सुर तालको बाजा बजाएको इतिहास छ । अहिले यहाँका दलित समूदायले १७ प्रकारको सुर तालको बजा बजाउने गरेका छन् ।

पछिल्लो समय बागलुङमा सिगानाको बाजा भनेपछि धेरैको ध्यानआकर्षण हुनेगरेको छ । अहिले सिगानाको नौमती बाजामा अहिले सबैभन्दा बढी माग भइरहेको लोकभाका प्रकाश सपुतको पिर गित रहेको नौमती बाजा समूहका हरी परियारले बताउनुभयो ।

नौमती बाजा नौ वटा बाजाहरूको सामूहिक बाजा हो । यो पञ्चेबाजाको ठूलो रूप हो जसमा चार वटा अरू बाजाहरू थपिएको हुन्छ । यस अन्तरगत दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिङ्गा बाजा हुन्छन् जसमा सहनाई र दमाहाका दुई–दुई वटा हुन्छन् ।

सनही र नरसिङ्गा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ । नौ जना वाद्यवादक लोककलाकारहरूले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो वाद्यसमूहलाई नौमती बाजा भनिदै आएको छ । बिबाहमा बजाईने नौमती बाजालाई बिबाहको सिजनमा भ्याइनभ्याई हुँने गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *