बाघको मुखमा शालग्राम संग्रहालय !


–खेमराज गौतम, बागलुङ

बागलुङको एक चर्चित धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित भइसकेको स्थान हो बागलुङ नगरपालिका–४ कुडुँले स्थित शालग्राम संग्रहालय । त्यही शालग्राम संग्रहालयले अहिले पुन चर्चित छ । शंग्रहालयको प्रवेशद्वार बाघको मुखको आकृतिबाट बनाएपछि संग्रहालय अहिले बाघको मुख भित्र रहेको छ ।

बागलुङ जिल्लाको पहिचान संग जोडिएको बाघको मुखको आकृति निर्माण संगै संग्रहालयको महिमा झनै चुलिएर गएको छ ।

शालग्राम भन्दा वित्तिकै जो कोहीले पनि भगवान विष्णु सम्झनछन् र साक्षात्कार गर्न पुग्छन् । हिन्दु धर्मालम्वीहरुले शालग्रामको पूजा आरधना गर्न गर्ने गरेपनि बर्तमान समयमा भने शालग्राम शिलाको शंरक्षण अभावमा हराउदै गएको अवस्थामा बागलुङमा संग्रह गरि राखिएको शालग्राम संग्रहालयलाई थप व्यवस्थित बनाइएको छ भने बाघको मुखबाट छिरेर शालग्राम संग्रहालय अवलोकनको व्यवस्था मिलाइएको छ ।

बागलुङ नाम बाघको नाम संग जोडिएकाले बागलुङको पहिचान संग जोडिएको बाघको मुखको आकृति शालग्राम संग्रहालयको प्रवेशद्वारमा बनाइएको र शालग्राम दर्शनगर्न आउनेहरुको रोजाइमा बाघको मुख आकर्षणमा रहेको श्रीधराचार्य शालग्राम संग्रहालयका अध्यक्ष ऋषि प्रपन्नचार्यले बताउनुभयो । “भूमिगत रुपमा शालग्राम संग्रहालय बनाइएको छ, यसमो प्रवेशद्वार भर्खरै मात्र बनाइएको छ बाघको मुखको आकृति” प्रपन्नचार्यले भन्नुभयो “कृष्णगण्डकीको पहिचानका रुपमा रहेको शालग्राम संग्रहालय संगै बागलुङ जिल्लाको नामाकरण संग जोडिएको बाघको आकृतिको प्रवेशद्वार अतिनै महत्वपूर्ण छ ।”

तिरुपतीबालाजीधाम भित्र रहेको शालग्राम संग्रहालयको प्रवेशद्वारनै बाघको आकृतिबाट बनाइएको शालग्राम संग्रहालयले आफ्नो आन्तरिक आम्दानीबाट रु. १५ लाखको लागतमा निर्माण गरेको हो । भारत र नेपाली कलाकारहरुको समन्वयमा उक्त १० फिट अग्लो र पाँच फिट चौडाको बाघको मुखको आकृति बनाइएको हो ।

भारतीय पर्यटकहरु शालग्राम दर्शनका लागि पछिल्लो समय यहाँ आउने गरेको पाइएको छ । मुक्तिनाथ दर्शनकालागि पुगेका दर्थनार्थीहरुले यहाँको सवालाख शालग्राम दर्शन गरेपछि मात्रै आफूलाई मुक्ति प्राप्त भएको प्रतिकृया दिदै आएका छन् ।

विश्वमानै दुर्लभ मानिने शालग्राम शिलाको संरक्षणको लागि यहाँको एक मन्दिरले तीन वर्ष अघि शालग्राम निर्माण गरेको हो भनदे एक दशक देखि शालग्रामहरु संग्रह गरेर राखिरहेको थियो ।

मुस्ताङको मुक्तिनाथ देखि म्याग्दी, बागलुङ र पर्वत भएर वहने कालिगण्डकी (कृष्णगण्डकी) नदीमा मात्र पाईने शालग्राम शिलाको संरक्षणका लागि बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको तिरुपती बालाजी धाममा शालग्राम संग्रहालय बनाएपछि शालग्राम प्रेमि दर्थनार्थीहरुको आकर्षण बढ्दो रहेको छ ।

भगवना शिवको प्रिय अस्त्रका रुपमा मानिने त्रिशुल आकारमा भू–गर्भ भित्र ७६ मिटर लामो शुरुङ निर्माण गरि व्यवस्थीतरुपमा शालग्राम संग्रहालय, त्रिवेणी धाम देखी दामोदर कुण्ड सम्मको नक्सा, विभिन्न मठ मन्दिरका आकृतिहरु, वृतचित्र प्रदर्शनी कक्ष लगायतका संरचना निर्माण भएका छन् ।

साविकको धौलागिरी अञ्चल सदरमुकाम बागलुङ नगरपालिका–४ कुँुडुले फेदी स्थित श्री रङ्गवेंकटेश मुक्तिनारायण मन्दिर, मुक्तिनाथ वेदविद्याश्रम तिरुपती बालाजीधाममा स्वामी श्रीधरचार्यको नामबाट शालग्राम संग्रहालय निर्माण गरिएको छ । छट्ट हेर्दा बाघको मुख भित्र यत्रो संरचना लुकेर रहेको छ भन्ने कुरा कसैलाई विश्वास हुँदैन तर शालग्राम संग्रहालयको लागि बाघको मुखबाट पसेपछि मात्रै यो कुरा विश्वास लाग्ने भ्रमणमा पुगेका प्रर्यटक सन्तु लामिछानेले बताउनुभयो ।

मुक्तिनाथ जाने धार्मिक पर्यटकहरुलाई बागलुङ भित्राउन समेत यस शालग्राम संग्रहालयले ठूलो योगदान गरिरहेको छ भने जिल्लाका अन्य पर्यटकीय गन्तव्यहरुलाई समेच चलयमान बनाएको छ ।

हाल संग्रहालयमा साना÷साना सालग्राम देखि ३ सय केजीको सम्मको शालग्राम संग्रहीत छ । परापुर्वक कालदेखिनै शालग्राम संग्रहीत गदै आएका स्व.स्वामी श्रीधरचार्यको सपना शाकार पार्ने काम भएको भन्दे स्थानीय खुसी छन् ।

हिन्दुधर्मालम्बीहरुको लागि कालो रंगको बाटुलो शिला (ढुंगा) शालग्राम अति पूजनीय मानिन्छ । यसका लागि नेपालको पश्चिम कालीगण्डकी नदी प्रख्यात छ । बैष्णवहरु र सनातनीहरुले शालिग्रामलाई साक्षात बिष्णुको अवतारका रुपमा लिन्छन् ।

संग्रहालय नामाकरण गरिएका स्वामी श्रीधरचार्य शालग्रामको महत्वबारे ग्रन्थ प्रकाशन गर्ने र संरक्षणका एक अभियन्ता मानिन्छन् । उहाँको २०५६ सालमा ३९ बर्षको अल्पायुमै निधन भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *