थपिदै लामा झोलुङ्गे पुल : जगाउदै पर्यटनको आश


–खेमराज गौतम, बागलुङ

झोलुङ्गे पुलको जिल्लाको रुपमा परिचित बागलुङमा पछिल्लो समय लामा र अग्ला झोलुङ्गे पुल थपिएका छन् । बागलुङ जिल्लाबाट छिमेकी दुई जिल्लामा पुन दुई वटा लामा झोलुङ्गे पुल थपिदैछन् ।

बागलुङ र पर्वत जिल्ला जोड्ने गरी निर्माण भएको ५६७ मिटर लामो नेपालकै लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको दुई वर्ष भित्रै पुन बागलुङ र पर्वत जोड्ने र बागलुङ र म्याग्दी जोड्ने दुई पुल निर्माण भइरहेका छन् ।

बागलुङ र पर्वत जोड्ने अर्को ५२४ मिटर लामो झेलुङ्गे पुल निर्माण शुरु भएको छ भने बागलुङ र म्याग्दी जोड्ने गरी निर्माण भएको ३८८ मिटर लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा रहेको छ । बागलुङ नगरपालिका–१ रामरेखादेखि कालीगण्डकी माथी पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्नेगरी निर्माण भएको ५६७ मिटर लामो झुलुङ्गे पुल नेपालकै लामो झोलुङ्गे पुल भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाण्डौले जनाएको छ । उक्त पुल रु. ११ करोड लागतमा निर्माण सम्पन्न भएको छ ।

बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झुलुङ्गे पुल थपिएको एक वर्षमानै बागलुङ नगरपालिका–४ कुडुँले फेदी बाट म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौर जोड्नेगरी ३८८ मिटर लामो झुलुङ्गे पुल निर्माण शुरु भएको थियो । उक्त पुलको अहिले ८० प्रतिशत काम सकिएको पुल निर्माणको जिम्मा पाएको थानी हिमशिखर जेभी निर्माण कम्पनीका आधिकारीक प्रतिनिधि नरहरी खड्काले जानकारी दिनुभयो । त्यस्तै सोही कम्पनीले भदौं महिनाबाट बागलुङ नगरपालिका–४ उपल्लाचौर देखि पर्वत जिल्लाको जलजला गाउँपालिका–८ ओडारे जोड्नेगरी कालीगण्डकी नदिनमा अर्को ५२४ मिटर लामो पुल निर्माण शुरु भएको छ ।

बागलुङ र म्याग्दी जिल्ला जोड्ने ३८८ मिटर लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । संघीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजनले म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरदेखि बागलुङ नगरपालिका–४ कुडुले जोड्ने ढोडेनी खोलामाथि पुल निर्माण डेढ वर्षअघि शुरु गरेको थियो । निर्माण कम्पनीका अनुसार पुलको निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ ।

“नेपालकै लामो पुल समेत हाम्रै निर्माण कम्पनी थानी÷बिएलटी÷हिमशिखरलेनै निर्माण सम्पन्न गरेको थियो त्यसपछि लगत्तै शुरुगरेको कुडुँले रत्नेचौरको झोलुङ्गे पुलको काम अहिले लगभग सकिनै लागेको छ, पुन बागलुङ बजारको उपल्लाचौर देखि पर्वत जिल्लाको जलजला गाउँपालिका जोड्ने गरी ५२४ मिटर लामो झोलुङ्गे पुल सृजिता, थानी हिमशिखर कम्पनीले निर्माण गर्न शुरु गरेको छ” लामा झोलुङ्गे पुलका निर्माण व्यवसायी नरहरी खड्काले भन्नुभयो “बागलुङ जिल्ला र पर्वत जोड्ने दुईवटा र बागलुङ र म्याग्दी जोड्ने एक वटा पुल चार वर्षको अवधीमा हुने भएका छन्, जसमध्ये नेपालकै लामो पुल दुई वर्ष अघि सम्पन्न भइसकेको छ ।”

खड्काले आफ्नो निर्माण कम्पनीले जिम्मा पाएको झोलुङ्गे पुल सम्पन्न गर्नुपर्ने मिति भन्दा अगावै सम्पन्न भइरहेको बताउनुभयो । कुडुँले देखि रत्नेचौर जोड्ने पुल रु. तीन करोड ५० लाखमा निर्माण गरिएको छ ।

एक सय ७० मिटर अग्लो कुडुले रत्नेचौर जोड्ने झोलुङ्गे पुलले दुई जिल्लाको यात्रालाई सहज बनाउनै पर्यटन विकासमा टेवा पु¥याउने छ । उक्त पुलको दायाँ र बायाँतर्फ जाली हालेर लठ्ठा कस्ने, भार परीक्षण र प्राविधिक नापजाँचको काम मात्रै बाँकी रहेको छ । पुल बनेपछी एक घण्टाको बाटो पाँच मिनेटमा छोटिनुका साथै रत्नेचौरमा उत्पादन हुँने तरकारी र दूध बजारीकरण गर्न र पैदलमार्ग हुँदै बेनी–बागलुङ आवतजावत गर्ने सर्वसाधारणका लागि सहज हुने बागलुङ नगरपालिका–४ का वडा अध्यक्ष कुमार विक्रम क्षत्रीले जानकारी दिनुभयो ।

“यही वडासंग गोडिएर म्याग्दी जोड्ने पुल निर्माण अन्तिम चरणमा पुगेको छ भने उपल्लाचौरको गौरिधामदेखि पर्वत जिल्लाको जलजला गाउँपालिका जोड्ने ५२४ मिटर लामो कालीगण्डकी माथी पुल निर्माण शुरु भएको छ” वडा अध्यक्ष क्षत्रीले भन्नुभयो “एकै वडाबाट म्याग्दी र पर्वत जोड्नेगरी पुल निर्माण हुनुले बागलुङको आन्तरिक पर्यटन र व्यापार व्यवसायमा फष्ठाउनेछ ।” पुल निर्माणका लागि २०७९ जेठमा निर्माण कम्पनीसंग सम्झौता भएको थियो ।

पुल निर्माणका लागि बागलुङ तर्फको झण्डै ६ अना जग्गा निःशुल्क दिएर विकासको ढोका खोलेको जग्गादाता राजेन्द्र बहादुर जिसीले बताउनुभयो । उक्त पुल झण्डै रु. सात करोड लागतमा निर्माण शुरु गरिएको छ ।

करोडांै लागतका लामा झोलुङ्गेपुल धमाधम निर्माण हुँदा बागलुङ र बागलुङ जिल्लासंग जोडिएको छिमेकी जिल्ला पर्वत र म्याग्दीको समेत पर्यटन संगै व्यापार व्यवसाय फष्ठाउने स्थानीय गणेश पुरीले बताउनुभयो । चार वर्षको अवधीमा बागलुङबाट पर्वत जोड्ने दुई र म्याग्दी जोड्ने एक पुल रु. २१ करोड खर्चमा निर्माण हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *