संरक्षणको पर्खाइमा ऐतिहासिक ‘तोप’ सहितको कोतघर


खेमराज गौतम, बागलुङ
बागलुङको जैमिनी नगरपालिकाको तीन वटा वडाको संगम स्तथलमा रहेको माइकोस्थान नजिकैको तल्लो डाँडामा सानो सत्तल संगै ढुङ्गाले छाएको मन्दिर छ । मन्दिरको भित्र बाइसे चौबिसे राजाको पालामा प्रयोग गरेको हतियार तोपको मुख्य भागहरु राखिएको छ । भुरे टाकुरे राजाहरुले तत्कालिन अवस्थामा राज्य गरेको स्थानमा रहेको तोप संकटमा परेको छ ।

जिल्लाको सबैभन्दा ठूलो राज्य रहेको गलकोटे राजाहरुसंग लडाई पश्चात राज्य एकिकरण गरिएको भन्ने स्थानमा अहिले मन्दिर संगै तोप रहेपनि संरक्षण हुन नसकेको स्थानीयको गुनासो रहेको छ ।
कोटमा राखिएको तोप संरक्षण अभावमा केही भाग २०३० सालमा खेतमा भेटिएपछि स्थानीयले पुन बोकेर कोतमा लिएर राखेको स्थानीयले बताएका छन् ।

जैमिनी नगरपालिका वडा–१० राङखानी, वडा–४ सर्कुवा र वडा–७ जैदीको संगमस्थलमा रहेको १८ औ सताब्तिमा स्थापना गरिएको थन्थाप माइको मन्दिर मुनीको डाँडामा रहेको कोत घर र कोत घरमा रहेको तोप संरक्षणको पर्खाइमा रहेको स्थानीय नरविर थापाले बताउनुभयो ।

“कोतमा भुरे टाकुरे राजाहरुले प्रयोग गरेको तोप छ भन्दा अचम्म हुन्छ, तर अहिले तोकपको केही कोत मन्दिर भीत्र गाडिएको अवस्थामा छ, तोपको केही भाग बाहिरै छ” थापाले भन्नुभयो “पुरानो सत्तल स्थानीयको पहलमा मर्मत सम्भार गरिएको छ, पुरातत्व विभागले अनुसनधान गरेपछि तोप संरक्षणमा कुनै चासे दिएन, तोपलाई संरक्षण गरेर प्रदर्शन गर्न सके धार्मिक पर्यटक भित्रन सक्नेछन्, नगरपालिकाले चासो दिनु पर्दछ ।”

मन्दिर क्षेत्र धार्मिक आस्था र विश्वासले मात्रै होईन, ऐतिहासिक तथा साँस्कृतिक दृष्टिले पनि महत्वपूर्ण भएपनि तोप हराउने संभावना उत्तिकै छ । स्थानीयले तोप हराउनेभएकाले गाडेर राखेका हुन् । माईकोस्थान मन्दिरदेखि एक किलोमिटर दुरीमा रहेको ऐतिहासिक कोत भवन संरक्षणको अभावमा भताभुङ्ग भएको छ । तत्कालिन भुरेटाकुरे राजाले आफ्नो सुरक्षाको लागि तयार गरेको गढी क्षेत्रको संरक्षण नहुँदा भग्नावशेषको रुपमा परिणत भएको हो ।

तत्कालिन राजाले आफ्नो दरवार, हतियार भण्डारण, विश्रम स्थल, रानीको सयन कक्ष तथा पुजास्थल, चौपारी, सेनाले पहरादिने संरचना कतै पूर्ण रुपले भत्किएको तथा कतै आधा पुरिँदा पहिचान गर्न नसक्ने अवस्थामा पुगेको स्थानीय टिकाराम आचार्यले जानकारी दिनुभयो । उहाँले कोतघर वरपर विभिन्न आकारका पर्खाल, सिढी, ओदल लगायतका संरचना झाडीले पुरेर रुख उम्रेको आचार्यको भनाई छ ।

“यस क्षेत्रलाई संरक्षण गर्ने, उत्खनन् गर्ने र केही जानकारी सहितको सूचना बोर्ड स्थापना गर्ने लगायतको कार्यका लागि नगरपालिकाले तगारुकता देखाउन सके पर्यटक आउन सक्ने छन्” आचार्यले भन्नुभयो “कुनै सानो कुराको प्रचार प्रसार भएको देखिन्छ, यहाँ बाइसे चौबिसे राजाहरुले पड्काएको तोप जीवित छ, त्यही तोप कहिले हराउने हो पत्तो छैन, यहाँका महत्वपूर्ण सामाग्रीहरु हराई सकेको अनुमान छ, राज्यलेसंरक्षणमा लगानी गरे कोतघरलाई पुरानै स्वरुपमा जिर्णोद्दार गर्न सकिन्छ ।”



त्यो समयमा सत्रु पक्षबाट बच्नको लागि सेनाले प्रयोग गरेको एक थान तोपको अवशेषमात्र कोत मन्दिरमा सुरक्षित गरेर राखिएको छ । तोपको नाल र पछाडीको भागलाई मन्दिर निर्माण गरी सुरक्षा गरेको कोत मन्दिर व्यवस्थापन समितिका सचिव प्रेम थापाले जानकारी दिनुभयो ।

थन्थापमाईको क्षेत्रको डोका, देउराली, गुरुङकोट क्षेत्रमा तत्कालिन सेनाले निर्माण गरेका बंकरहरु केही पुरिएको तथा केही आधा पुरिएको अवस्थामा छन् । सेनाले ओतको लागि निर्माण गरेका सत्तालको भंगावशेस देख्न सकिने सचिव थापाको भनाई छ । ऐतिहासिक गढी क्षेत्रको संरक्षणमा राज्यले चासो नदिँदा प्राचिनकालका मौलीक सामाग्रीहरु मासिँदै गएको स्थानीयको गुनासो छ ।
तोपको पाङ्ग्रा र त्यसलाई बाँधिने साङ्लाहरु समेत चोरी भइसकेकाले तत्कालै संरक्षण्को पहल गर्नुपर्ने सचिव थापाको भनाई छ ।

राजाले दरवार वरीपरि खेती गर्दै आएको जग्गामा कालोपाती, औसेलुको लगायतका विरुवाको झाडी बनेको छ । दरवार, चौपारी जीर्ण भएका छन् । दरवार क्षेत्रदेखि करिव एक सय मिटर पूर्वपट्टी रानीले घामताप्दै कपाल कोर्न निर्माण गरेके चट्टान जसलाई स्थानीय रानीले कपाल कोर्ने ढुङ्गाको नामले पहिचान समेत गरिएको छ ।

तीन वर्ष अघि गण्डकी प्रदेश सरकारले साढे छ लाख रुपियाँ र वडा कार्यालयको दुई लाख रुपियाँ सहयोगमा सडक मार्गदेखि कोत भवन पुग्ने पक्की पदमार्ग र कोत क्षेत्रको तारवार गरेको भएपनि मुखय कामहरु जस्तै उतखनन्, सूचना बोर्ड र जिर्णोद्वारा गर्न बाँकी रहेको सचिव थापाको भनाई छ । कोतमा बडा दशै र चैतेदशैमा विशेप पूजा हुन्छ । उक्त क्षेत्रमा खानेपानी तारवार, झाडी सफा, पहुँचमार्ग विस्तार, ऐतिहासिक गढीे संरचनाको पुनःनिर्माण, सुचना मूलक बोर्ड तथा उत्थखननको काम बाँकी छन् ।

गढी क्षेत्रको संरक्षण, पुनःनिर्माण, उत्थननको लागि राज्यले विशेष ध्यान दिन सके पर्यटनको विकास हुनुका साथै इतिहासको अध्ययन स्थलको रुपमा विकास गर्न सकिने जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । शर्माले नगरपालिकाले पर्यटन पर्बद्धनका लागि ल्याएको योजना त्यही कोत मन्दिर र थन्थापमाईको मन्दिर संरक्षण र जिर्णोद्वारमा केन्द्रित हुने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *