बडिगाडको मोबाइल स्वास्थ्य सेवा कार्यक्रम : गर्भवतीलाई राहत


खेमराज गौतम, बागलुङ

गर्भवती भएर समेत स्वास्थ्य चौकीको पहुँचमा पुग्न नसक्नुभएको बडिगाड गाउँपालिका–१ दगातुन्डाँडा स्थित गरङधारा निवासी तारा भुजेलको घरमा बडिगाड स्वास्थ्य शाखाको समूह पुग्यो ।

स्वास्थ्य चौकीको पहुँच बाहिर रहेका गर्भवतीहरुलाई वडा कार्यालयको सहयोगमा पहिचान गर्दा तारा भुजेल गर्भवती भएर समेत स्वास्थ्यचौकी आउन नसकेको अवस्थालाई मध्यनजर गर्दै उहाँको घरमै पुगेर भिडियो एक्सरे सेवा देखि गर्भवतीका लागि आवश्यक आइरन चक्की उपलवध गराउदै स्वास्थ्य संस्थामा सुत्केरी हुनलाई आग्रह ग¥यो ।

मलिनो अनुहारमा घरमा बस्नुभएको भुजेलको घरमै स्वास्थ्यकर्मीको समूह पुगेर स्वास्थ्य परिक्षण, परामर्श र औषधी सेवा दिएपछि अनुहार उज्यालो बन्यो । भुजेलको घरमै पुगेर भिडियो एक्सरे, डिटि खोप, रगत जाँच र आइरन चक्की उपलव्ध गराइएको बडिगाड स्वास्थ्य शाखाले जनाएको छ ।

भौगोलिक रुपमा जटिल रहेको बडिगाड गाउँपालिकामा स्वास्थ्य चौकीको पहुँचमा नपुगेर घरमै सुत्केरी हुनेको संख्या बढी छ । गाउँपालिकाले शिशु मृत्युदर घटाउदै शुन्य होम डेलीभरी गराउने र लक्षित बर्गलाई निःशुल्क स्वास्थ्य सेवा दिने लक्ष्यका साथ चालु आर्थिक वर्ष देखि गाउँपालिका भर एकिकृत ग्रामिण मोवाइल स्वास्थ्य सेवा कार्यक्रम ल्याइएको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।

“बडिगाडमा धेरै महिला सुत्केरी हुन नसक्दा हेलिकप्टरबाट उद्दार गर्नुपर्ने अवस्था, शिशु मृत्युदर बढी भएको, भौगोलिक जटिलता र गरिबका कारण समस्या भोग्नु परेको अवस्थालाई मध्यनजर गर्दै बडिगाड गाउँपाकिलाले पाँच वर्षे स्वास्थ्य रणनीतिक कार्यक्रममा अन्र्तगत चालु आर्थिक वर्ष देखि एकिकृत ग्रामिण मोवाईल स्वास्थ्य सेवा प्रदान गर्न लागिएको हो” अध्यक्ष थापा अधिकारीले भन्नुभयो “प्रत्येक महिना स्वास्थ्य चौकी, गाउँघर किल्निक, खोप केन्द्र लगायतका स्वास्थ्य संस्थाबाट पालैपालो गाउँपालिका भर उक्त स्वास्थ्य सेवा दिइरहेका छौं, पालिकाका स्वास्थ्यकर्मीसाथीहरु महिनामा १० दिन नियमित काम बाहेक मोवाईल सेवामा खटिनु हुन्छ, पाएक पर्ने स्थानमा समेत सम्बन्धीत गर्भवती महिला उपस्थिति नभएमा उहाँको घरमै पुगेर स्वास्थ्य सेवा र परामर्श दिन्छौं ।”

गाउँपाकिलाको स्वास्थ्य शाखाले समय–समयमा वडा कार्यालय, स्वास्थ्य चौकी र गाउँघर क्लिनिक मार्फत गर्भवती महिलाहरुको तथ्याङ्क समेत संगलन गर्ने र त्यही तथ्याङ्कको आधारमा एकिकृत ग्रामिण मोवाइल स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्ने गरिएको बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । सोही कार्यक्रमसंगै जनता संग पालिका अध्यक्ष स्वास्थ्य बीमा कार्यक्रम समेत सञ्चालन गरिएको बडिगाड गाउँपालिका स्वास्थ्य शाखा संयोजक विपेन्द्र केसीले जानकारी दिनुभयो ।

“गाउँपालिकाले एकिकृत ग्रामिण मोवाइल स्वास्थ्य सेवा कार्यक्रम अन्र्तगत लक्षित वर्गलाई जनता संग पालिका अध्यक्ष स्वास्थ्य बीमा कार्यक्रम अन्र्तगत निःशुल्क स्वास्थ्य बीमा गर्दै आएको छ” केसीले भन्नुभयो “पाँच वर्ष भित्र पालिकाका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने योजना गाउँपालिकाको छ, अहिले एकल महिला, एकल पुरुष, ख वर्गको अपाङ्गता, कुपोषित बालबालिका र सुकुम्बासीलाई निःशुल्क बीमा गरिएको हो ।” अहिले सम्म गाउँपालिकाको वडा नम्बर २, ७ र ९ मा निःशुल्क ७०० जनाको स्वास्थ्य बीमा गरिसकेको छ । यस वर्ष ग्रामिण मोवाईल स्वास्थ्य कार्यक्रम अन्र्तगत रु. सात लाख र स्वास्थ्य बीमाका लागि रु. २० लाख बजेट बिनियोजन भएको छ ।

एकिकृत ग्रामिण मोवाइल स्वास्थ्य कार्यक्रम अन्र्तगत गर्भवती महिलाको स्वास्थ्य परिक्षण, रगत परिक्षण, बालबालिकाको तौल अनुगमन, संकास्पद विरामीको खकार परिक्षण गर्ने गरिएको छ । हाल सम्म गाउँपालिकाको १० वटै वडामा गरिएको ग्रामिण मोवाईल स्वास्थ्य कार्यक्रम अन्र्तगत २६३ गर्भवतीको भिडियो एक्सरे, ५६ जनाको रगत परिक्षण, दुई वर्ष मुनिका बालबालिकाको तौल अनुगमन ४५७, परिवार नियोजनको सेवा ११ जना, संकास्पद विरामीको खकार नमूना संकलन ९३, सुगर परिक्षण १२५ र स्वास्थ्य परिक्षण र परामर्श ५६५ जनालाई गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाको तथ्याङकले देखाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *