गुमनाम शहिदको रगतले कोरेकोे ‘गुरिल्ला पदमार्ग’


–खेमराज गौतम, बागलुङ

१० वर्षे शसस्त्र जनयुद्धमा छापामारले सबैभन्दा बढी प्रयोग गरिएको पदमार्गको नाम २०७२ सालमा गुरिल्ला पदमार्ग नामकरण गरियो ।

जनयुद्धको उद्गम स्थलको रुपमा रहेको रोल्पा, रुकुमबाट छमाओवादी छापामारहरुले युद्धको शुरवात गर्दा प्रयाृग गरेको बाटोलाई प्रर्बद्धन गर्दे एउटाद्वन्द्व पर्यटनमैत्री पदमार्ग बनाउने उदेश्यका साथ गुरिल्ला पदमार्गको नामाकरण गरेपनि पदमार्ग प्रर्बद्धनमा कसैको ध्यान जान सकेको छैन ।

जनयुद्धमा शहिदहरुको रगतले कोरेको पदमार्ग अहिले प्रचार प्रसारको अभावमा गुमनाम बनेको छ । बागलुङ, म्याग्दी, रोल्पा, रुकुम र सुर्खेत जिल्लालाई समेटिएको पदमार्ग घोषणाको सात वर्ष वित्दा समेत पूर्वाधारमा फड्को मार्न सकेको छैन ।

भेडा चराउने गोठालाको बाटोमा द्वन्द्वको क्रममा छापामारहरु हिड्ने, युद्ध गर्ने, हातहतियार बोक्ने र शहिद र घाईतेहरुको उद्दार गर्नका लागि प्रयोग गरिएको बाटोलाई शान्ति सम्झौता पश्चात उक्त बाटोहरुलाई एकिकृत विकास गर्नका लागि गुरिल्ला पदमार्ग घोषणा गरिएको थियो ।

उक्त पदमार्गमा पर्ने केही स्थानीय तहले सामान्य पूर्वाधारको काम बाहेक उक्त पदमार्गका लागि अन्य केही काम नभएकाले गुरिल्ला पदमार्ग चर्चित बन्न नसकेको ३५ दिन लगाएर एक्ले गुरिल्ला पदमार्गको यात्रा गर्नुभएका पोखराका दिवस गुरुङले गुनासो गर्नुभयो । उहाँले केही स्थानमा पदमार्ग मेटिदै गएको समेत दुखेसो गर्नुभयो । उहाँले नक्सामा देखिएको पदमार्ग प्रचार प्रसार र पूर्वाधारको अभावमा मेटिदै गएको बताउनुभयो । उहाँले गाउँ तथा शहर संग जोडिएको स्थानमा पदमार्गको नामाकरण, सामान्य रेलिङ सहितको पदमार्ग निर्माण भएपनि जंगल र दुर्गम स्थानमा उक्त पदमार्गमा केही काम नभएको अनुभव गर्नुभयो ।

द्वन्द्वको अध्ययन, अवलोकन गर्न समेत सहयोग पुग्ने उक्त पदमार्ग प्रति राज्यको उदाशिनता देखिएको बताउदै राज्यले पदमार्गका लागि वृहत योजना ल्याउन नसकेको बताउनुभयो ।

“सरकार तथा पर्यटनसँग आबद्द संस्थाहरुले प्रचारप्रसारमा बढी ध्यान पु¥याउनुहुन्छ, बाटाघाटा, पदमार्गमा पूर्वाधार विकास, खानेपानी लगायत विभिन्न पुर्वाधार विकास गरिनुपर्छ” गुरिल्ला पदमार्गको अनुभव सुनाउदै गुरुङले भन्नुभयो “द्वन्द्वकालसँग जोडिएका विगतका इतिहासलाई संरक्षण गर्दै त्यतिबेला प्रयोगमा आएका सेल्टर, हातहतियार लगायत विविध सामाग्रीलाई संरक्षण गर्दै संग्रहालय बनाउन आवश्यक छ ।”

गुरुङका अनुसार नक्सामा देखिएको पदमार्गमा पर्यटक भित्राउने ठोस योजना ल्याउन आवश्यक रहेको छ । गुरिल्ला पदमार्गमा पर्ने ढोरपाटन सिकार आरक्ष, जलजला जस्ता विविध प्राकृतिक सम्पदाले भरिपुर्ण स्थलहरुलाई पनि संरक्षण र प्रर्बद्धन गर्न आवश्यक रहेको गुरुङको सुझाव छ ।

आफूले उक्त पदमार्गको विषयमा किताबबाट पत्ता लगाएर यात्रा गरेको सुनाउदै प्रचार प्रसारका लागि थुप्रै यात्रानुभुती लेखेको बताउनुभयो ।

पदमार्गका लागि आवश्यक सूचना बोर्ड नुहँदा त्यहाँ पुग्ने पर्यटकहरु हराउने गरेकाले ुमख्य काम सूचना बोर्ड राख्न आवश्यक देखिएको पदमार्गमा यात्रा गर्न रुचाउने बागलुङका स्थानीय मनिष रायमाझीले बताउनुभयो ।

रायमाझी सहित चार युवाको समूहले केही महिना अगाडी १४ दिनको गुरिल्ला पदमार्ग यात्रा गर्नुभएको थियो । रायमाझीले सूचना बोर्ड नहुँदा बागलुङको ढोरपाटन स्थित फागुने धुरै हुँदै ठाुकर पुग्नै समस्या भएको बताउदै बागलुङबाट ढोरपाटन शिकार आरक्ष क्षेत्र पास भएपछि पदमार्गमा समस्या नभएको बताउनुभयो । उहाँले गुरील्ला पदमार्गको महत्वज सरोकारवाला निकायले बुझन् नसकेको बताउदै ढोरपाटन शिकार आरक्षले प्रवेश शुल्क लिने भएपनि ठाउँ–ठाउँमा सूचना बोर्ड राख्न नसकेको बताउनुभयो ।

“प्रकृतिको सुन्तरतालाई बिगार्नु हुदैन, प्रचार प्रसारको अभावमा उक्त क्षेत्रमा विरलै मात्र पदयात्री हिड्छन्, घना जंगल र नदी नाला तर्दे जानु यात्रा निकै कठिन छ, तर पदयात्रीले यस्तै कठिन यात्रा रुचाउछन्” रायमाझीले भन्नुभयो “गुरिल्ला पदमार्गमा पदयात्रा गर्ने जो सुकै पदयात्रीले विर्सन नसक्ने गरी यात्राको मज्जा लिनेछ, तर यसको प्रर्बद्धनमा सरकारले ध्यान दिन सक्नुपर्दछ, गुरिल्ला पदमार्गको नाम मात्रैले पुग्दैन ।”

नेपालकै एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षले सूचना बोर्ड राख्नमा ध्यान दिन आवश्यक रहेको गुरील्ला पदमार्गका पदयात्रीहरुले बताउदै आएका छन् । रायमाझी सहित सुवास केसी, राहुल पाण्डे र राजिव थापाले गुरिल्ला पदमार्गमा यात्रा गर्द स्वर्गको अनुभुती भएको बताएका छन् ।

खासगरी १० वर्षे द्वन्द्वको समयमा प्रयोग गरिएको पदमार्गलाईनै गुरिल्ला पदमार्गको नामाकरण गरिएको हो, यसको प्रर्बद्धन र विकास पछि पर्यटकहरु ल्याउनका लागि आवश्यक पहल स्थानीय तहहरुलेनै गर्न आवशयक रहेको पदयात्राीहरु बताउदै आएका छन् ।

ढोरपाटनको बुँकी, फागुने, पूर्वी रुकुम, ठाकुर, पेल्मा, माईकोट, पूर्व रुकुमको टक्सेरा गाउँ, लुकुम, रोल्पाको थवाङ, जेल्बाङ, सकुल्वाङ हुँदै लिवाङ लगायताई समेटिएको पदमार्गलाई प्रर्बद्धन गर्नका लागि नेपाल सरकारले वृहत कायाृक्रम ल्याउन आवश्यक देखिन्छ । ढोरपाटन शिकार आरक्ष फैलिएको बागलुङ, म्याग्दी र पूर्वी रुकुमलाई छिचोलेर जाने गुरिल्ला पदमार्गमा केही सूचना बोर्डहरु राखेपनि थप सूचना बोडृहरु राख्न आवश्यक देखिएको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिृकत बिरेन्द्र प्रसाद कंडेलले जानकारी दिनुभयो ।

माओवादी जनयुद्धको आधारशिलाको रुपमा रहेको रोल्पा हुँदै रुकुमबाट यही पदमार्ग प्रयोग गरेर तत्कालिन द्वन्द्वरत माओवादी आउजाउ गर्ने, युद्धका घाइतेहरुलाई ओसार्ने तथा शव व्यवस्थापन गर्ने गरेको थियो । २०७२ सालमा यही पदमार्गलाई पर्यटन बोर्ड र रोल्पा, रुकुम, बागलुङ र म्याग्दी लगायतका जिल्लाका जिल्ला विकास समितिको पहलमा गुरिल्ला पदमार्गको नामाकरण गरिएको थियो ।

गुरिल्ला पदमार्ग नामाकरण गरेको ८ वर्ष पुग्नै लाग्दा समेत उक्त पदमार्ग चर्चामा आउन नुसक्नु, ढोरपाटन शिकास आरक्षमा आएका विदेशी पर्यटकहरु उक्त पदमार्ग प्रति आकर्षित हुन नसक्नुले उक्त पदमार्ग निकै सम्झावना भएर समेत गुमना रहेको सगरमाथा आरोही पर्यटन अभियान्ता तथा तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कृष्ण केसीले बताउनुभयो । गुरिल्ला पदमार्ग सरकारको प्राथमिकतामा नपरेको केसीले बताउनुभयो ।

केसीले माओवादीकै नेतृत्वमा पटक–पटक सरकार बनेपनि माओवादीका शहिदहरुको रगतले कोरिएको गुरिल्ला पदमार्ग प्राथमिकतामा नपर्नु दुखद् रहेको बताउनुभयो । “पदमार्ग विकासका लागि रोल्पा रुकमलेनै बढी जोड दिन आवश्यक छ, माओवादीको आधार इलकाबाट थुप्रै नेत्रा मन्त्री बने तर गुरिल्ला पदमार्ग न बजेटमा आयो नत नीति तथा कार्यक्रममा” केसीले भन्नुभयो “अहिलेको प्रचण्ड नेतृत्वको सरकारलाई आफूले गुरिल्ला पदमार्गको विकासका लागि आवश्यक पहल गर्न भेटेरै सुझाव दिएको छु ।”

दश वर्ष माओवादी द्वन्द्वका क्रममा छापामारहरुले अत्याधिक प्रयोगमा ल्याएका भिर, पखेरा, गोरेटो, घोरेटो बाटोलाईनै एकीकृत गरेर पछि नामाकरण गरिएको पदमार्ग नै गुरिल्ला पदमार्ग हो ।

पदमार्गमा १० वर्षे जनयुद्धताका प्रयोग भएका बाटा, सेल्टर, तालिम केन्द्र, कब्जा गरिएका चौकी लगायत अवलोकन गर्न सकिनुका साथै मगर संस्कृतिको पनि अनुभव गर्न सकिन्छ ।

यस पदमार्गमा पर्ने मुख्य आकर्षक भने जलजला र बागलुङको ढोरपाटन शिकार आरक्षण भएको पदयात्रीहरुले अनुभव व्यक्त गर्नुृभयो । यस पदमार्गलाई ३ भागमा बाँडेर यात्रा गर्न सकिन्छ । पदमार्गको अवधी १० दिन, १४ दिन र २१ दिन भएको पर्यटन अभियान्ताहरु बताउछन् ।

म्याग्दीबाट थालिएको पदमार्ग अन्त्य सम्म पुग्न २१ दिन लाग्छ, ढोरपाटनबाट १४ दिनमा पुगिन्छ भने रोल्पाबाट यात्रा गर्दा १० दिनमै यात्रा गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *