उद्यमी सदस्यसंग आदर्श संवाद : १३ वर्षदेखि खर्बाङ चिउरी साबुन उत्पादन गर्दै भुजेल


खेमराज गौतम, बागलुङ

घरेलु तथा साना उद्योग सञ्चालनका सुःख दुःखको कथा याम बहादुर भुजेलको लामो छ । बागलुङको बडिगाड गाउँपालिकाका–१ तुम्डाँडाका भुजेलको उद्यम संघर्षमा धेरै उताड चडाव आयो ।

वैदेशीक रोजगारी, र होटल व्यवसायबाट अघाउनुभएको भुजेलले १३ वर्ष देखि खर्बाङ चिउरी हर्बल साबुन उद्योग सञ्चालन गर्दै आउनुभएको छ । भुजेलले साना उद्योगमा सञ्चालनमा आफूले जति दुख अरुले नभोगेको बताउदै उचित लगानी र निरन्तरता भएमा घरेलु उद्योगमा राम्रो कमाई हुने बताउनुहुन्छ ।

विदेशी सामाग्री र पशुको बोसो प्रयोग गरेर बनाएरको साबुन भन्दा स्थानीय जडिबुटीबाट बनेको उत्पादनले बजारमा प्रतिस्प्रधा गर्न निकै समस्याका बीच भूजेलले साबुन उद्योगमा १३ वर्ष बिताउनुभएको छ । साबुन उद्योगमै रमाउदै आएको भुजेल बताउनुहुन्छ ।

भुजेलले स्थानीय च्यूरीको घ्यू सहित जडिबुटीको प्रयोगबाट उतपादन गरिएको खर्बाङ चिउरी हर्बल साबुन पछिल्लो स्थानीयको रोजाईमा पर्न थालेको बताउदै लघु उद्यम सञ्चालनमा निरनतरता पाउन सकेमा मात्रै फाइदा पुग्ने अनुभव सुनाउनुभयो ।

“लघु उद्यममा महिले जती दुख अहरुले कमै गरे होलान, रोजगारीका लागि भारत गए, त्यसपछि आएर पसल तथा होटल सञ्चालन गरे, पछि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत समूहको अध्यक्ष बनेर उद्योग स्थापना ग¥यौ, उदोगले तत्कालै नाफा दिने अवस्थामा थिएन, सबै लगानी म मार्फत नै भइरहेको थियो, समूहका अन्य नौ जनाले उद्योगबाट हात झिके” भुजेलले भन्नुभयो “अहिले उद्योगलाई एकल स्वामित्वमा यो अवस्थामा ल्याएको उत्पादन गर्न सके विक्रि नहुने चिन्ता छैन, ठूलो लगानी गर्न नसक्दा उतपादन थोरै छ, लागतमा २० प्रतिशत नाफा कमाई हुन्छ, अहिले बजार व्यवस्थापनको जिम्मा जिवन काउचाले लिनुभएको छ ।”

उहाँले लघु उद्योगमा फाइदा भन्दा बढी चुनौती रहेको भन्दै साबुन उद्योगमा हाल सम्म १२ लाख भन्दा बढी लगानी गरिसकेको बताउनुभयो । जिल्ला लघु उद्यमी समूह संघको जिल्ला अध्यक्ष समेत रहनुभएका भुजेलले लघु उद्यम सञ्चालन र निरन्तरताका लागि सरकारको साथ आवश्यक रहने बताउनुभयो । उहाँले सहकारीबाट ऋण लगेर उद्योग व्यवस्थापन गर्ने योजना बनाएपनि आर्थिक संकटका कारण उहाँको योजना स्थगन भएको छ ।

उहाँले अहिले बजारमा खर्बाङ चिउरी हर्बल साबुनको माग बढ्दै गएपनि कच्चा पदार्थको आयातमा समस्या हुँदा उत्पादनमा ह्रास आएको बताउनुभयो । आदर्श सञ्चार सहकारीका शेयर सदस्य समेत रहनुभएका भुजेलले सहकारीहरुले लघु उद्यममा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो ।

“गाउँकै जंगलमा चिउरी उत्पादन हुन्थ्यो, स्थानीयहरुले बिक्रिका लागि आफ्नो उद्योगमै ल्याउने गर्दथे, अहिले स्थानीयहरु जंगल जान छोडे, हिमाली जिल्लाबाट चिउरीको घ्यूको आयात गर्न थालिएको छ, स्थानीय जडिबुटी प्रयोग गरेर उत्पादन गरेको साबुनको फाइदा धेरै छ, स्थानीयहरुले साबुनको महत्व समेत बुझ्दै आएका छन्” लघु उद्यम कर्ता भुजेलले भन्नुभयो “अझै उद्योगका लागि लगानीको अभाव छ, परिवारको समस्याका कारण लगानी थप्ना नसक्दा समस्यामा छु, अहिले वार्षिक ६ देखि सात लाख सम्मको साबुन उत्पादन गरेर विक्रि गर्दै आएको छुु, साबुन उत्पादन गर्न भन्दा प्याकेजीङको समस्या छ, त्यसैले बजारीकरणको जिम्मा अर्कैलाई सुम्पेको छु ।”

बजारमा पशुको बोसोबाट उत्पादन भइरहेको साबुनलाई प्रतिस्प्रधा गर्न जडिबुटी साबुनले नसक्दा साबुन उद्योगले समस्या झेलिरहेको भएपनि उद्योगलाई थप परिमार्जन सहित निरन्तरता दिने योजना बनाएको भुजेलले बताउनुभयो । अहिले भुजेलले उत्पादन गर्नुभएको हर्बल साबुनको बागलुङ बजारका जिवन काउचाले बजारीकरण गर्दै आउनुभएको छ ।

५२ वर्षका भुजेलले सामुहीक लगानीमा उद्योग सञ्चालनमा समस्या आएपछि निजीकरण गर्नुभएको थियो । खर्बाङ चिउरी हर्बल साबुन उद्योग २०६७ सालमा दर्ता गरेर सञ्चालन गर्दै आइएको हो । साबुनका स्थानीय चिउरीको घ्यू संगै अन्य जडिबुटीको समिश्रणबाट बनेको छ । साबुनको प्रयोगबाट छाला चर्केको, फुटेको सन्चो गराउने, छालालाई मुलायम बनाउने र घाउ, खटिरा र लुतो लगायतका रोगबाट छुटकारा पाइने भुजेलको भनाई छ ।

पाँच लाखबाट शुरु भएको साबुन उद्योगबाट आएको नाफाले परिवारको शिक्षा दिक्षा गर्न सकिएको भुजेलको भनाई छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिनका लागि राज्यले नीति ल्याउन आवश्यक रहेको खर्बाङ चिउरी हर्बल साबुनको बजारीकरण गर्दै आउनुभएका जीवन काउचाले बताउनुभयो । उहाँले उपभोक्ताले स्थानीय सामाग्रीको छनौटमा ध्यान दिन सके बजारको अभाव नरहने बताउदै आर्युवेद साबुन कोरिया र जापान निर्यात गर्न सकिने बताउनुभयो ।

“प्याकेजीङमा ठूलो खर्च छ, अहिले प्याकेजीङलाई केही परिमार्जन गरेका छौं, कोरीया र जापान पुगेका नेपालीहरुले साबुन मगाइ राख्नुभएको छ” काउचा मगरले भन्नुभयो “अब भुजेलले उत्पादन गर्ने र मैले बजारीकरण गर्ने हो, उत्पादनलाई बढाउदै व्यापक रुपमा साबुनको निर्यात गर्न आवश्यक छ ।” पुँजी वृद्धिका लागि निरन्तर रुपमा विभिन्न निकायमा पहल गरिरहेको उद्यमी भुजेलले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *