विदेशी पर्यटकको रोजाई बन्दै भकुण्डेको घरबास


खेमराज गौतम, बागलुङ

बागलुङको घरवास गाउँको रुपमा परिचित भकुण्डेमा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दो छ । आन्तरिक पर्यटकको आकर्षकको रुपमा रहेको भकुण्डे स्थित अथिति सत्कार घरबासमा पछिल्लो समय विदेशी पर्यटकहरु समेत आउन थालेका छन् ।

हेलिकप्टर मार्फत विदेशी पर्यटक आउने गरेको बागलुङ नगरपालिका–१० भकुण्डे घरबासमा विश्व भेगन अर्गनाइजेशनले पहिलो पटक पदमार्ग हुँदै कोरोना अघिदेखि विदेशी पर्यटक भित्राउन थालेको थियो । हाल सम्म विश्व भेगन अर्गनाइजेशनले भकुण्डेमा लगातार विदेशी पर्यटक भित्राइरहेको पर्यटन व्यवसायी महादेव शर्माले जानकारी दिनुभयो ।

“केही विदशेी पर्यटकहरु भुकुण्डेमा आउने गरेका रहेछन्, अत्याधिक पर्यटक भनेको आन्तरिकनै रहेछ, तर हामीले भेगनमा आवद्द १७ देशका पर्यटकहरुलाई पहिलो पटक भकुण्डे भित्राएका हौं, अहिले पनि भकुण्डेमा विभिन्न दशेका विदेशी पर्यटकहरु आइराख्नुभएको छ ।” शर्माले भन्नुभयो “आर्थिक संकटका कारण अन्तरिक पर्यटक घटेको घरबासमा विदेशी पर्यटकहरु भने अध्ययन, अवलोकन गर्न, घरवासमा रमाउन आउने गरेका छन् ।”

बागलुङ बजार देखि तीन घण्टाको पैदल र डेढ घण्टाको यातयातको साधनमा पुग्न सकिने भकुण्डे गाउँमा घरबास संगै पर्यटकीय ताल, दृश्यावअलोकनका लागि बनाइएको भ्यूटार लगायतका संरचनाले समेत आकर्षक गर्ने गरेको छ ।

आन्तरिक पर्यटकहरुले भरि भराउ हुँने अतिथि सत्कार घरवासमा आर्थिक संकटका कारण आन्तरिक पर्यटकहरुमा केही कमी आएपनि विदेशी पर्यटकहरु बढेको अतिथि सतकार सामुदायिक घरबासका सञ्चालक समितिका अध्यक्ष मुना थापाले बताउनुभयो ।

“२०७३ सालमा स्थापना भएको घरबासमा मुखय पर्यटकहरु आन्तिरकनै हुन्, तर कोरोना पछि विदेशी पर्यटकहरु समेत आएका छन्, चैत महिनामा मात्रै तीन समूहमा विदेशी पर्यटकहरु आइसकेका छन्” थापाले भन्नुभयो “चैत महिनामा मात्रै वेलायत, अमेरिका, क्यानडा र कोरियाका पर्यटकहरु आउनुभएको छ, यहाँको भौगोलिक वातावरण, दृश्यावलोकन, स्वागत तथा विदाई संस्कृति र मगर संस्कृतिका कारण पर्यटकहरु आकर्षति हुने गरेका छन् ।”

पछिल्लो समय प्रचार प्रसारका कारण विदेशी पर्यटकहरु आउन थालेको घरबासका सञ्चालक याम थापाले बताउनुभयो । उहाँले गैर सरकारी संघ संस्थामा काम गर्न आउनुभएका विदेशी पर्यटकहरु समेत घरवासको परिकारको स्वाद लिन यहाँ आउने गरेका छन् । पछिल्लो समय यहाँका घरवासको स्तरोन्नती गरिएको छ । पर्यटहरुलाई लक्षित गरी तातो चिसो पानी, व्यवस्थित स्नान घर, पार्क तथा सांकृतिक संगलायको विकास गरिएको छ ।

जिल्लाकै पहिलो घरबासका रुपमा स्थापना भएको अतिथि सत्कार घरबास अहिले भकुण्डे गाउँको ८ घरमा सञ्चालित छ । घरबासमा एकै रात ५० जना पहुँना राख्न सकिने छ भने घरबासमा पछिल्लो पटक पहुँनाको रोजाई अनुसारको सेवा सुविधा दिइदै आएको छ । भकुण्डेको शिरमा हिरा ताल र तल बराहताल समेत रहेका छन् ।

स्थानीय उत्पादनहरुको स्वादको मजा लिन, हिमश्रृङखलाहरुको मनोरम दृश्य हेर्न, बिदा समयको सदुपयोग गर्दै प्राकृति संग रमाउन आन्तरिक र बाह्य पर्यटकहरु घरबाससम्म पुग्ने गरेका छन् ।

वि.सं २०७३ सालमा पर्यटन कार्यालय पोेखराबाट दर्ता भई आधिकारीक रुपमा संचालनमा आएको बागलुङ नगरपालिका–१० भकुण्डेमा रहेको जिल्लाकै पहिलो अतिथि सत्कार होमस्टे पर्यटकको लागि गन्तव्य बनिरहेको छ ।

भकुण्डे भ्यू टावरबाट मात्रै नेपालमा ८ हजार भन्दा माथीका ६ वटा हिमालहरु देख्न सकिने छ । समयसमयमा घरबासमा बस्नका लागि अमेरिका, कोरिया र चिनियाँ लगायतका देशहरुकाट समेत पर्यटकहरु आउने गरेको घरबास सञ्चालक समितिका अध्यक्ष खिम बहादुर थापाले बताउनुभयो । चिसो स्थानमा फल्ने यहाँका आलुको परिकार समेत निकै स्वादिष्ट हुँने गरेको छ ।

घरबास सञ्चालकहरुले गाउँमै उत्पादन गरेको आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक तथा खसी र कुखुराको परिकार पाहुँनाको रोजाई अनुसार खुवाउने गरिएको छ । भकुण्डे पुग्ने सडक पक्की बनाउन सके थामि नसक्नु पर्यटक पुग्ने स्थानीयको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *