बन्द भए तमानखोलाका अधिकांश सडक, बर्खा सकिएपछि खुल्नेछन्

डम्मर बुढा मगर, बागलुङ
अविरल वर्षाका कारण बागलुङका ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा सबैभन्दा बढी तमानखोला गाउँपालिका अन्तरगतका सडकहरु ठप्प भएका छन् । तमानखोला र बोङ्गाखोलामा पानीको बहाव बढेपछि ग्रामीण सडक बन्द भएका हुन् । पालिकाको केन्द्र बोङ्गादोभानदेखि वडा नम्बर ६ को नर्जाखानी, पात्ले, भित्रिवन, वडा नम्बर ५ को खुङ्खानी, थास्पुरी, वडा नम्बर १ को स्याउला र पहिरागाउँ लगायतका दर्जन गाउँमा पुग्ने सडक कार्तिकसम्म बन्द भएका हुन् ।

कार्तिकसम्म खोलामा पानीको बहाव घट्ने र पहिरोले अवरुद्ध भएको स्थान सफा गरेपछि सडक संचालनमा आउने छन् । दुई वर्ष अगाडिसम्म बुर्तिबाङ बजारदेखि बोङ्गादोभानसम्म पुग्न दुई स्थानमा गाडी परिवर्तन गर्नु पथ्र्यो, ढोरपाटन नगरपालिका–४ हुद्राफेँदी र भालीबाङ खोलामा दुई वटा मोटरेवल पुल निर्माण भएपछि बाह्रै महिना यातायात संचालन हुन थालेका छन् । अहिले पालिकाको केन्द्रदेखि वडा नम्बर २ को खोलेस्बाङ बाहेक अन्य सबै वडामा बर्खामा सिधा याताया संचालन हुन सक्दैनन् ।

वडा नम्बर ३ को तमान गाउँ बुर्तिबाङदेखि खुङ्गा हुँदै सिधा यातायात संचालन भए पनि पालिकाको केन्द्र बोङ्गादोभानदेखि भने हुन सक्दैनन् । बोेङ्गाभोदानदेखि सबैभन्दा टाढाको गाउँ नर्जाखानी, पात्ले र भित्रिवन पुग्न पाँच वटा मोटरेवल पुलको आवश्यक पर्छ भने, खुङ्खानी तीन वटा, पहिरा, तीन वटा, स्याउला र हिजा पुग्न एउटा पुल तर्नु पर्छ । अहिलेसम्म कुनै पनि स्थानमा पुल नबन्दा स्थानीय मर्कामा छन् । बोङ्गानीखोलामा दुई वर्ष अगाडिदेखि पुल निर्माण गर्न थाले पनि अहिलेसम्म सम्पन्न हुन नसकेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलला बुढा मगरले बताउनुभयो ।

निर्माण कम्पनीले समयमै काम गर्न नसक्दा तमानखोलाका हजारौँ नागरिकले सास्ती खेप्नु परेको उहाँको भनाइ छ । नर्खाखानी पुग्न घट्टबोटघाट, भिकोसघाट, खुङ्खानीघाट, खुङ्खानीबगर घाट र नर्जाबगर घाट गरि पाँच स्थानमा मोटरेल पुल निर्माण परे पनि अहिलेसम्म कुनै पनि ठाउँमा पुल बनाउन नसकिएको अध्यक्ष बुढा मगर बताउनुहुन्छ । वडा नम्बर ३ को तमान, लाम्मेला गाउ हुदै म्याग्दी पुग्न ढोमई घाट र शेर्माखोला घाटमा पुल आवश्यक भए पन यहाँ पनि अहिलेसम्म पुल बनेको छैन । वडा नम्बर २ को बोङ्खानी, मुठाचौर लगायतका गाउँसम्म पुग्न बेसीघाट र बोङ्गानीघाटमा मोटरेवल पुल आवश्यक पर्ने उहाँको भनाइ छ ।

“बर्खा लाग्यो, अब यहाँका गाउँमा पुग्न सडक सबै बन्द भए, गाउँपालिकाको सबै वडामा पुग्न खोला पार गर्नुपर्छ, हिले खोलामा पानीको बहाव निकै बढेको हुँदा यातायातका साधान वारपार गर्न सक्दैनन्, हामीहरुले सबै गाउँ र बस्तीहरुमा ढिलो चाँडो सडक त पु¥यायौँ, तर पुल बनाउन पालिकाको आर्थिक अवस्थाले नपुग्ने हुँदा निर्माण गर्न सकेका छैनौँ,” अध्यक्ष बुढा मगरले भन्नुभयो– “पुल निर्माणका लागि गाउँपालिकाको पुरै बजेटले पनि पुल बनाउन सकिदैन, केन्द्र र प्रदेश सरकारसँग बजेट माग गरि रहेका छौँ, सबै निकायसँग समन्वय गरि पुल बनाउने छौँ, अब असोजसम्म गाउँका सबै सडक बन्द हुन्छ ।”

तमानखोला गाउँपालिका–५ का भीमबहादुर सिर्पालीले गाउँमा सडक आए पनि बर्खामा सेवा लिन नपाएको गुनासो गर्नु भयो । पहिले पहिले गाउँमा सडक नआउँदा हिँडेरै बजार पुग्ने गरेको भन्दै अहिले खोलाहरुमा पुल नबन्दा पहिलेको जस्तै हिँड्नु पर्ने बताउनुहुन्छ । गाउँमा नुन चामल ल्याउनु परे घोडा खच्चडको प्रयोग गर्नु पर्ने स्थिती आएको सिर्पालीको भनाइ छ ।

उहाँले भन्नुभयो – “उतिबेला अहिलेको जस्तो यस्तो ठूला ठूला सडक थिएनन्, साना गोरेटोबाटोमा हिड्थ्यौँ, घोडा खच्चड पनि तिनै बाटोमा हिड्थे, अहिले गाडीको लागि ठूलो पुल चाहियो, पहिला काठको पुल बनाएर खोला तथ्र्यौँ, खोला तर्दा धेरैले ज्यानसमेत गुमाए, गाउँगाउँमा सडक पुगेपछि मान्छेले खच्चड पाल्न छोडे, बर्खामा त निकैको काम हुँदो रैछ ।”

स्थानीय विरबहादुर नेपालीले यो बेला गाउँमा कोही बिरामी परे मान्छेले नै बोकेर अस्पताल पु¥याउनुको विकल्प नभएको बताउनुभयो । केन्द्र र प्रदेशका सांसद तथा मन्त्रीहरुलाई बारम्बार पुल आवश्यक पर्ने ठाउँहरु बजेट विनियोजन गर्न आग्रह गरे पनि सुनुवाई नभएको गुनासो पोख्नुभयो । घरै अगाडि सडक भए पनि हिउँदमा मात्रै प्रयोग गर्न पाइने उहाँको भनाइ छ ।

“दुई साता भयो, खोलामा गाडी तर्न छोडे, वारीका मान्छे वारी, पारीका मान्छे पारी भइयो, यो बेला गाउँमा मान्छे धरै बिरामी हुन्छ, पानीमा रुज्दै भिज्दै काम गरेर होला अस्पताल पु¥याउन निकै समस्या हुन्छ, बोकैरै लैजानु पर्ने अवस्था हुँदा समयमा अस्पताल पु¥याउन सकिदैन, त्यसले गर्दा बिरामीको ज्यान जाने खतरा पनि हुन्छ,” उहाँले भन्नुभयो – “खोलामा पुल बनेको भए अस्पताल पुग्न सजिलो हुने थियो, बिरामीले समयमै उपचार पाउने थिए ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *