किसानका उत्प्रेरक ढोडेनीका सापकोटा


खेमराज गौतम, बागलुङ
पछिल्लो समय बागलुङमा कृषिमा क्षेत्रमा नविनतम प्रविधिको विकास भइरहेको छ ।

हाइटेक टर्नेल, थोपा सिचाई र मल्चिङ प्रविधि मार्फत यहाँका किसानहरुको आम्दानीमा उल्लेख्य वृद्धि भएको पाइन्छ । यसै प्रविधिलाई पछ्याएर मनग्य आम्दानी कृषकमध्य हुनुहुन्छ त्रिलोचन सापकोटा ।

३२ वर्षदेखि कृषि कर्ममा सक्रिय रहनुभएका बागलुङ नगरपालिका–४ ढोडेनीका त्रिलोचन सापकोटाले प्रविधिलाई पछ्याउदा आम्दानी बढाउन सफल हुनुभएको छ ।

सापकोटाको १२ रोपनी जग्गामा अहिले ९ वटा हाइटेक टर्नेल छन् । जसमध्ये पाँच वटा टर्नेलमा उच्च प्रविधि अपनाइएको छ । जसबाट बातावरण अनुकुलित हावा प्रसारण हुन्छ । प्रत्येक प्लाष्टिक टर्नेलमा थोपा सिंचाई र मल्चिङ प्रविधि अपनाइएको छ । सापकोटाको आफ्नो कालीगण्डकी पशुपालन तथा कृषि फार्ममा पालिका गाई भैसीबाट उत्पादन भएको पिसाबलाई शुद्धिकरणमार्फत प्लाष्टिक टर्नेलमा पु¥याउने व्यवस्था समेत मिलाइएको छ ।

“परम्परागत ढंगबाट कृषि र पशुपालन ३२ वर्ष अघिदेखि थालेको थिए, पछिल्लो पाँच वर्ष यता कृषिमा प्रविधि र आधुनिकरण भित्राएपछि आम्दानीमा दोब्बरले वृद्धि भएको छ” सापकोटाले भन्नुभयो “१२ रोपनी जग्गामा ९ वटा प्लाष्टिक हाइटेक टर्नेल र अन्य खाली जग्गामा तरकारी खेती गर्दै आएको छु, तीन वटा भैसी र एक गाइबाट दैनिक २५ लिटर दूध बजारमा पठाउछु, एक रोपनी जग्गामा स्थानीय जातको माछा पालन भइरहेको छ ।”

सापकोटाले दुई जनालाई फर्ममा नियमित रोजगारी दिंदै आउनुभएको छ भने अन्यलाई ज्यालादारीमा काममा लगाउदै आउनुभएको छ । ५० वर्षको उमेरमा सापकोटाको सक्रियता अन्य किसानलाई समेत उत्प्रेरण मिल्ने देखिन्छ ।

सापकोटाले गत जेठमा मात्रै दुई लाखको टमाटर विक्रि गरेको बताउदै प्रविधिको प्रयोगले आम्दानीमा दोब्बरले वृद्धि भएको बताउदै पहिलाकै परिश्रममा अहिले बढी आम्दानी गर्न सकिने अनुभव सुनाउनुभयो ।

मौसमी र बेमौसमी तरकारी, काक्रो, टमाटर, माछा र दूध विक्रिबाट वार्षिक १५ लाख कमाई हुँने बताउदै सापकोटाले कृषिकै कमाईबाट तीन छोरालाई उच्च शिक्षा दिन सफल भएको बताउनुभयो ।
कृषि कर्मकै आम्दानीले एउटा छोरा अमेरिका र अर्को छोरालाई अष्ट्रेलिया अध्ययनका लागि पठाएको साकोटाको भनाई छ ।

“सरदरमा वार्षिक १५ लाख आम्दानी हुन्छ, जुन रोग प्रकोप नलागेमा मात्रै हो, सरकारी निकायबाट अनुदानमा सहयोग भइरहेको छ, प्राविधिक रुपमा समेत सहयोग पाइरहेकै छु, दुई जनाको तलब र अन्य ज्याला, मल र बिउँ लगायतको वार्षिक खर्च पाँच लाख होला, १० लाख त बचतनै हुन्छ” उहाँले भन्नुभयो “कमाई गर्न परिश्रमि हुनुपर्दछ बिहान ५ बजेदेखि राती अबेर सम्म काममा खटिला मनग्य आम्दानी हुन्छ, किसान आफै मालिक र आफै मजदुर भएमा मात्रै यो सफलता पाइन्छ ।”

कमाईको केही भागले घर खर्च र केही भाग पुन कृषिमै लगाउदै फर्म विस्तार अभियानमै आफू रहेको बताउनुभयो । सापकोटाले विषदी मुक्त फर्म बनाउने अभियान थालेको भन्दै गाईभैसीको पिसाबलाई शुद्धिकरण गरेर तरकारी बालीमा प्रयोग गर्दा रोगव्यादी कम लाग्ने बताउनुभयो ।

उहाँले दैनिक २५ लिटर दूध सहकारी मार्फत समेत बजारीकरण गर्दै आउनुभएको छ ।
बुबाले गरेको परम्परागत खेतिलाई निरन्तराता दिदै पछिल्लो समय नविनतम प्रविधि मार्फत तरकारी खेति गर्दा आम्दानीमा वृद्धि भएको उहाँको अनुभव रहेको छ । फार्म सञ्चालनका लागि साढे तीन रोपनी जग्गा आफ्नै छ । अन्य जग्गा वार्षिक रु. ८० हजार भाडा तिरेर कृषि गर्दै आएको उहाँले बताउनुभयो । काउली, बन्दा, सिमि, साग, टमाटर लगायतका तरकारी उत्पादन गर्दै आउनुभएका सापकोटाको मुख्य आम्दानी भनेको टमाटर खेति हो ।

अहिले टमाटरको मुल्य उच्च रहेकाले एक महिनामा मात्रै दुईलाख बढीको टमाटर विक्रि गर्न सफल भएको सुनाउनुभयो । बाह्रै महिना मौसमी, बेमौसमी तरकारी तथा फलफूल उत्पादन गर्दै आएको उनको भनाइ छ । अहिले उहाँको खुल्ला जग्गामा काक्रो फलिरहेको छ ।


उहाँलाई श्रीमती चित्रकुमारी र कान्छा छोरा सागरले समेत सघाउँदै आएका छन् । सापकोटा किसान मात्रै नभएर किसानको नेतृत्वदायी भुमिकामा समेत रहदै आउनुभएको छ । उहाँले सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थाको नेतृत्व समेत गर्दै आउनुभएको छ । उहाँ सहित ढोडेनी र जलजलाका फोस्रेका किसानहरुले उत्पादन गरेको झण्डै २०० लिटर दूध बागलुङ बजारको बागलुङ दुग्ध उत्पादक सहकारी संस्था माफृत बजारीकरण हुँदै आएको छ ।

सापकोटाले निरन्तरको कृषि लगावका कारण आफूले सफलता पाएको भन्दै कृषिमा धैर्यता आवश्यक रहेको बताउदै एक ÷दुई वर्षमै आम्दानी खोज्ने किसानहरु पलायन भइरहेको अनुभव व्यक्त गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *