आवासीय देखि यातयातको सुविधाले विद्यार्थीलाई राहत


खेमराज गौतम, बागलुङ

अपाङ्गता, असहाय र विपन्नका छोराछोरीलाई पठन–पाठन गराउदै आएको रामरेखा आधारभूत विद्यालयले यातयात सेवा शुरु गरेको छ । अपाङ्ग विद्यार्थीलाई आवसीय सेवा दिदै आएको बागलुङ नगरपालिका–१ स्थित रामरेखा आधारभूत विद्यालयले टाढाका विद्यार्थीलाई निःशुल्क यातयात सेवा दिन थालेको छ ।

विद्यालयमा अहिले १३९ जना विद्यार्थी रहेका छन् । जसमध्ये १२ जना अपाङ्गता विद्यार्थीले आवासीय सहित अध्ययन गर्दै आएका छन् । बागलुङ र पर्वत जिल्लाको विभिन्न स्थानका विद्यार्थी ल्याउनका लागि १८ सिटे भ्यान सेवा दिन थालिएको रामरेखा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र केसीले जानकारी दिनुभयो ।

केसीले धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्र (डिआइआरडिसी) को पहलमा विद्यालयको पहुँच भन्दा बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउनका लागि भ्यान सेवा दिन थालिएको जानकारी दिनुभयो । भ्यानको व्यवस्थापछि बागलुङ नगरपालिका–१ को रामरेखामा रहेको यस विद्यालयका बालबालिकालाई विद्यालय आउजाउ गर्न धेरै सहज हुने भएको छ । डिआइआरडिसीको पहलमा झण्डै रु. ५० लाख रुकमको भ्यानलाई राजश्व छुट गरेर २० लाख रकममा भित्राइएको हो ।
“मालढुङ्गा, खनियाघाट र दमुवाखोलाका विद्यार्थीहरु भाडा तिरेर बसमा समेत आउ–जाउ गर्दै आएका थिए, विद्यार्थीलाई सहजताका लागि भ्यानको व्यवस्था मिलाएका छौं, भ्यान सञ्चालनका लागि अभिभावक र स्थानीय तहबीच सहकार्य गर्न बाँकी नै छ” केसीले भन्नुभयो “गत वर्ष ११० जना विद्यार्थी भएको विद्यालयमा अहिले १३९ जना पु¥याउन सफल भएका छौं, विद्यालयको शैक्षिक गतिविधि बढाउन थालेपछि विद्यार्थी समेत बढेका छन्, खाजगरी मजदुर र विपन्नका छोराछोरीलाई भ्यान सुविधाले राहत दिने छ ।”


सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि काम गर्दै आएको डिआइआरडिसीले विद्यालयलाई भ्यान प्रदान गरेको अध्यक्ष केवी राना मगरले जानकारी दिनुभयो । बागलुङ नगरपालिकाको पहलमा चालक र अन्य खर्च दिने भ्यान सञ्चालनको तयारी भइरहेको छ । अपाङ्गता भएका विद्यार्थी र मजदुरका छोराछोरी पढ्ने विद्यालयले यातयातको सेवा दिन थालेपछि बालमैत्री नगर घोषणामा थप साथ मिलेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
अधिकाँस नगरक्षेत्रभन्दा बाहिरबाट आएर बसेका मजदुरका वालवालिकाहरु अध्ययन गर्ने विद्यार्थीलाई यातयात सेवाले सहज पु¥याउनेछन् ।

यहाँ शारीरिक अपाङ्गता भएका विद्यार्थीहरु विद्यालयमै बसेर अध्ययन गर्दै आएका छन् । डिआइआरडिसीले यसअघि संस्थागत रुपमा भवन निर्माण तथा अपाङ्गमैत्री ¥याम्प निर्माणमा सहयोग गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *