गाउँ फर्केर विद्यालय सुधार गर्दै थापा


खेमराज गौतम, बागलुङ
कुनै समय ओझेलमा परेको बागलुङ नगरपालिका–८ सिगनाको सिगाना माध्यामिक विद्यालय लामिचौर तीन वर्ष यता चर्चामा छ । झट्ट हेर्दा जिल्ला सदरमुकाको नीजि बिद्यालय भन्दा राम्रो देखिने त्यही विद्यालयमा तीन वर्ष अघि शौचालय र खानेपानीको समेत अभाव थियो ।

तर पछिल्लो समय सुविधा सम्पन्न भवन, कक्षाकोठा, चिल्डे«न पार्क बालमैत्री शौचालय, बगैचाले सिगारिएको प्राङ्गणले विद्यालयको मुहारै फेर्न सफल भएको छ । विद्यालयको शैक्षिक गुणस्तरका लागि सुविधा सम्पन्न भौतिक पूर्वाधार पहिलो प्राथमिकता भएको भन्दै विद्यालयले तीन वर्ष यता निर्माण गरेको पूर्वाधार लोभलाग्दो छ ।



विद्यालयको पूर्वाधार संगै प्रविधिमैत्री शिक्षण सिकाई, अतिरिक्त कक्षा, चिल्डे«न पार्क, प्रयोगशाला, कम्प्यूटरल्याब लगायतका कारण विद्यार्थीको शैक्षिक गुणस्तरमा समेत वृद्धि गर्न थालेको छ ।
भौतिक पूर्वाधारमा नमूना र बालमैत्री बिद्यालयको रुपमा अघि बढेको सिगाना माध्यामिक विद्यालय लामिचौरले पछिल्लो तीन वर्षमा भौतिक पूर्वाधारमा फड्को मात्रै मारेको छैन शैक्षिक गुणस्तर बढाउनका लागि अतिरिक्त कक्षा, प्रविधिमैत्री शिक्षा लगायतलाई जोड दिइएको छ ।

जस्ताले छाएको छाप्रामा अध्ययन अध्यापन हुँदै आएको विद्यालयमा राम्रो शौचालय समेत थिएन । खानेपानीको समस्या, प्रयाप्त शौचालयको अभाव र जीर्ण विद्यालय तीन वर्षमै पूर्वाधारमा जिल्लाकै नमूना मात्रै बनेको छैन बागलुङ नगरकै पहिलो बालमैत्री विद्यालयको चरणमा पुगेको छ ।
निजी विद्यालयको भन्दा राम्रो चिल्ड्रेन पार्कले विद्यार्थीलाई लोभ्याउन थालेको छ । वि.स.२०१० सालमा चन्द्र बहादुर थापाले स्थापना गर्नुभएको विद्यालयलाई अहिले उहाँकै नाती टिकाराम थापाले हाकिरहनुभएको छ ।



स्वर्गिय बुबाले स्थापना गरेको विद्यालयलाई नमूना बनाउनका लागि शहरबाट गाउँ फर्केर विद्यालय व्यवस्थापन समितको अध्यक्ष भएको थापाको भनाई छ । थापाले आफ्नो तीन वर्षे कार्यकालमा रु.एक करोड ३२ लाख खर्चेर विद्यालयलाई भौतिक पूर्वाधारमा नमूना बनाउदै प्रविधिमैत्री शिक्षालाई जोड दिन थालेकोे बताउनुभयो । उहाँले भौतिक पूर्वाधारका कारण विद्यार्थीको संख्यामा समेत वृद्धि भएको बताउनुभयो ।

तीन वर्षमा राष्ट्रपति शैक्षिक सुधार अन्र्तगत रु. ५० लाख लागतमा चारकोठे भवन निर्माण, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत रु. १८ लाखमा दुईकोठे निर्माण, पूननिर्माण प्राधिकरणबाट रु. १५ लाख लागतमा अपाङ्ग र बालमैत्री शौचालय निर्माण, पुननिर्माण प्राधिकरणकै रु. ७ लाखमा शुद्ध खानेपानी ल्याउन सफल भएको थापाको भनाई छ ।

यस्तै गण्डकी प्रदेश सरकारको सहयोगमा रु. ७ लाखमा कक्षा कोटामा स्मार्ट टिभि सहितको अध्यपनको व्यवस्था, बागलुङ नगरपालिकाको रु. ८ लाख लागतमा एक शिक्षक एक ल्यापटप, कम्प्यूटर र विज्ञान प्रयोगशाला र देउसीभैलोबाट संकलन भएर बचत भएको रु. २७ लाखबाट चिल्डे«न पार्क, प्रवेशद्वार, तारबार, खानेपानी शुद्धिकरण, डेक्स बेन्च र रङ्ग रोगन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम थापाले बताउनुभयो ।



“बाबाले स्थापना गरेको विद्यालय ऋणमा डुबेको थियो, भौतिक पूर्वाधार अस्तव्यस्त थियो, खानेपानी र शौचालयको राम्रो व्यवस्था थिएन, बसाईसराइको प्रभावले विद्यार्थी संख्या घट्दो थियो, दलितका विद्यार्थी पोशाक बिनै विद्यालय आउने गर्दथे” थापाले भन्नुभयो “एक पटक गाउँ फर्केर विद्यालय सुधार गर्नुप¥यो भन्ने सोच आयो, गाउँका सबैले साथ दिए, नयाँ शैक्षिक सत्रमा २७ जना विद्यार्थी थपेर १९३ जना विद्यार्थी पु¥याइयो, देउसीभैलो खेलेर संकलन गरेको रकले विद्यालयको भौतिक र शैक्षिक सुधारमा खर्च गरियो, अहिले नगरपालिकाकै पहिलो बालमैत्री विद्यालयको चरणमा विद्यालयलाई पु¥याउन सफल भएका छौं ।”

अधिकांश दलित समुदायका विद्यार्थीले अध्ययन गर्ने विद्यालयलाई नमूना बनाउनका लागि थापाको अभियानलाई शिक्षक अभिभावक संघका अध्यक्ष गोबिन्द प्रसाद गौतम, स्थानीय जनप्रतिनिधि, बागलुङ नगरपालिका र अभिभावकको आर्थिक र भौतिक र नैतिक सहयोग रहेकाले विद्यालयले मुहार फर्न सफल भएको वडा सदस्य मन बहादुर नेपालीले बताउनुभयो ।

विद्यालय परिसरमा निर्माण भएको चिल्ड्रेन पार्क बागलुङ बजारमा नीजि बिद्यालयको प्राङ्गणमा समेत नभएको नेपालीको भनाई छ ।

बालमैत्री विद्यालयका आवश्यक पूर्वाधार र शैक्षिक क्रिर्याकलाप पुरा हुन थालेको विद्यालय नगरकै पहिलो बालमैत्री बिद्यालयका रुपमा पुरस्कृति हुने चरणमा समेत रहेको छ । विद्यालय व्यवस्थापन समितिमा सक्षम व्यक्ति आउदा विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरमा परिवर्तन आउने उदारण बन्न सिगाना माध्यामिक विद्यालय लामिचौर सफल भएको बागलुङ नगरपाकिलाका नगरशिक्षा अधिकारी धन प्रसाद पोख्रेलले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *