एटिएम आतंक र साइवर सुरक्षाको प्रश्न

यो साता नेपालको वित्तिय क्षेत्रमा ठुलै हलचल मच्चियो । मुलुकको मुख्य राजधानी काठमाण्डौंमै स्थापित बैकंको एटिएमबाट डेढ करोड रकम चोरी भयो । गत भाद्र १४ गते शनिबार नेप्सका सदस्य बैंकका विभिन्न कार्डबाट र अन्य भिसा नेटवर्क अन्तर्गतका एटिएम मेसिनबाट अनधिकृत रूपमा प्रयोग भई नगद निकालियो । हामीले प्रविधिको तिव्र विकासक्रमसँगै आत्मसाथ गरेको एटिएम ह्याक भएको रहस्य खुल्यो । घटनामा चिनिया समूहको सम्लग्नता रहेको अनुसन्धानबाट पत्ता लाग्यो । र उनीहरुलाई तत्काल पक्राउ गर्न नेपाल प्रहरी सफल पनि भयो । यो घटनामा बैकंका कर्मचारीले पनि सही समयमै सही सूचना राखे । सूचनामा मात्रै चासो राखेनन्, सुचनामा शंका पनि राखे । र प्रहरीलाई खबर गरे । प्रहरीले तत्काल कदम चाल्यो । प्रहरी अनुसन्धानको निशाना सही ठाउँमा प¥यो । यो अनुसन्धानमा प्रहरीले पाएको सफलताले नेपाल प्रहरीको प्रतिष्ठा थप बढ्यो । जसका कारण ठुलो रकम चोरी हुनबाट मात्र जोगिएन । नेपालको बैकं बित्तिय संस्थाको कमजोर साइवर सुरक्षाको सवाल छरपष्ट देखियो ।
बैकंको एटिएम ह्याक भएको घटनाले नेपालको बैंकिङ प्रणालीको सुरक्षा संवेदनशीलतामा गम्भिर प्रश्न उब्जिएको छ । सेवाग्राही नागरिक बैकं, एटिएमका बारेमा भयग्रस्त बनेका छन् । पैसा राख्न या कारोवारमा अहिले सम्म सबै भन्दा सुरक्षित ठानिएको बैकैको एटिएम प्रणाली नै ह्याक हुनुले समग्र बैंक वित्तिय संस्था प्रतिको बिश्वास र भरोसालाई अब कहाँ पु¥याउने भन्ने बिषयले सिंगो देश तरंगित छ । यद्यपी, एटिएम ह्याक भएका नविल बैकं, प्रभु बैकंहरुले नागरिकको एटिएम सुरक्षित रहेको बताएका छन् । चोरी भएको रकम बैकंकै एटिएममा सञ्चितमा राखिएको उल्लेख गरेको छ । अबका दिनमा नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)ले सम्बन्धित बैंकको एटिएमबाट मात्र पैसा निकाल्न आग्रह गरेको छ । एक बैंकको एटिएम अर्को बैंकमा प्रयोग गर्दा त्यस्तो कारोबारमा सुरक्षा जोखिम धेरै हुने देखिएको छ । नेप्स बैंक तथा वित्तीय संस्थाका लागि इलेक्ट्रोलिक भुक्तानी सेवा दिने साझा प्लेटफर्म हो । हाल नेप्समा १८ वटा वाणिज्य बैंक आबद्ध छन् । डेढ दर्जन बैंकको एटिएम कार्ड सम्बन्धी होस्टिङ र स्वीचिङको सेवा नेप्सले दिइरहेको छ ।
अहिले बैकं मात्र होइन, सबै क्षेत्रका लागि प्रविधि अवसरको रुपमा मात्रै छैन, ठुलो चूनौति पनि सँगै भित्रिएको छ । यो तथ्यलाई पछिल्लो घटनाले थप पुष्टि गरेको छ । यस घटनाले आम निक्षेपकर्तालाई तनावग्रस्त बनायो भने बैङ्कहरुलाई महत्वपूर्ण शिक्षा दियो । यो घटना अन्तिम होइन र हुन सक्दैन । भावी दिनमा थप जोखिम देखिन्छ । नेपालका बैङ्कहरुले अब यथास्थितिमा रहेका कमजोर साइवर सुरक्षामा पुर्नबिचार गर्छन् कि गर्दैनन् ? बैङ्कहरुले साइबर सुरक्षाका लागि यसमा प्रयाप्त लगानी गर्न तयार हुन्छन् कि हुँदैनन् ? यो सवाल महत्वपूर्ण छ । प्रविधिका बिज्ञहरुले बैकंको सिस्टममा ह्याक हस्तक्षेप नहोस् भन्नका लागि एटीएम नियन्त्रण सम्बन्धी प्रणाली राख्न जरुरी छ । एटीएम, पूर्वाधार र कोर बैङ्किङलाई चुस्त बनाउन अनुगमन, निगरानी पनि जरुरी छ । सुरक्षा अपनाउने विषय जतिसुकै महँगो सफ्वेयर भए पनि प्रयोगमा ल्याउन बैंकहरुले अब कन्ज्युस्याई गर्नु हुँदैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *