प्रधानमन्त्री, स्वास्थ्य र सर्तकता

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका बिषयले मुलुक तरंगित छ । एक दशक अघि मृगौला प्रत्यारोपण गर्नुभएका ओली पछिल्लो साता निश्चय केही गम्भिर हुनुहुन्छ । यद्यपी प्रधानमन्त्री ओली मृगौला प्रत्यारोपणको एक दशक रोगलाई जितेरै पार्टी र मुलुकको राजनीतिमा स्थापित हुनुभएको छ । अहिले उहाँको स्वास्थ्य अवस्थाका बारेमा जति नकरात्मक टिप्पणी र सतही अनुमान धेरै पहिले देखि हुने गरेको थियो । मुलुुकको कार्यकारीको बागडोर सम्हालेपछि त्यसको मात्रा उल्लेख्य बढेको छ । अहिलेको समाज र प्रधानमन्त्रीको हैसियतमा यो अकल्पनिय र अस्वभाविक पनि होइन । प्रधानमन्त्रीको स्वास्थ्य ठिक हुने कुरा र यसबारे यथार्थ जानकारी पाउने नागरिक अधिकारलाई हल्का आँकलन पनि गर्नु हुँदैन ।

प्रधानमन्त्रीको अस्वश्थताको बिषयसँगै पछिल्लो समय बहस पनि जन्मिएको छ । प्रधानमन्त्री भएका हिसावले स्वास्थ्य कति चुस्त र कति संवेदनशिल या कामयावी अवस्थामा भए नभएको कुरा जनतालाई थाहा दिनुपर्छ । तर, सामान्य नागरिकका हकमा पनि लागु हुने व्यक्तिको गोपनियता, संवेदनशिलताका बारेमा पनि उत्तिकै सचेत र सर्तकता राख्नु पनि जरुरी हुन्छ । यो साता प्रधानमन्त्री अस्वश्थ भएर ग्राण्डी अस्पताल गए पछि यथार्थ सूचना लुकाउन खोजिएको समाचार सार्वजनिक भयो । अहिले कुनै पनि सार्वजनिक सूचना लुकाएर लुक्ने सम्भावना सायदै हुन्छ । मिर्गौला प्रत्यारोपण गर्नुभएको ओलीको स्वास्थ्य संवेदनशिल अवस्थामा छ । यस्तो अवस्थामा सबैले उपलब्ध र पहुँचभित्रको उत्तम उपचार गराउँछन् र यसलाई अस्वाभाविक होइन । प्रधानमन्त्री ओलीले ग्रान्डी अस्पतालमा उपचार गराउनु पनि यस्तै सामान्य र स्वाभाविक घटना हो । फेरी प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सार्वजनिक चासोको विषय हो । बरु यसमा विशिष्ट व्यक्तिहरूको स्वास्थ्य अवस्थाका सम्बन्धमा कस्तो सूचना, कसरी, कहिले र कसले दिने भन्ने विषयको कार्यविधि प्रष्ट नभए त्यसलाई स्पष्ट बनाउनु पर्छ । नियमित उपचार गराउँदैमा प्रधानमन्त्री ओली आफ्नो कार्यसम्पादन गर्न असमर्थ छन् वा हुन्छन् भन्ने पक्कै पनि हैन । मात्रामा फरक मात्र हो विगत १२ वर्षदेखि नै उनले उपचार त गराउँदै आएका छन् । सूचना लुकाउन खोजे बरु जनतामा त्यस्तो सन्देश जान सक्ने तर्फ सचेतता आवश्यक छ ।

कुनै सामान्य सघं संस्थाको नेतृत्व गर्ने व्यक्ति त निरोगी हुनुपर्छ भने मुलुक हाँक्ने व्यक्ति निःसन्देश स्वश्थ हुनुपर्छ । यसमा दुई मत छैन । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली अस्वश्थ हुनुहुन्छ भन्नेमा बेखबर सायदै नेपाली नागरिक होलान् । उहाँ स्वश्थ भए मात्र देश गतिशिल दिशामा अघि बढ्न सक्छ । तर, प्रधानमन्त्रीको स्वास्थ्य आज जुन अवस्थामा छ, त्यसको पृष्ठभुमी र कारकहरु केलाउन भने बिर्सनु हुन्न । पञ्चायतदेखि प्रजातन्त्र, प्रजातन्त्रदेखि लोकतन्त्र गणतन्त्र स्थापना गर्न प्रधानमन्त्री ओलीले निर्वाह गरेको भुमिका, जेल जीवन लगायतका भोगाइ, त्याग र समर्पणको इतिहास पनि स्मरण गर्नुपर्छ । स्वास्थ्य जस्तो संवेदनशिल बिषयलाई कसैले पनि मजाकको बिषय बनाउने अवस्था कदापी सिर्जना गर्नुहुँदै ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *