आस्था राउत प्रकरण र पाठ

सम्पादकीय
हरेक बिषय या घटनामा हामी पक्ष र विपक्ष हुन्छौ । वा समाजमा त्यो बिबिधता र बिशेषता छ । अझ यसौ भनौ, समाजमा त्यही खालको बर्ग, बर्ण, व्यवस्थाहरु बिद्यमान छन् । जसका कारण हर बिषयमा पक्ष बिपक्ष हुन्छ । तर्क बितर्क हुन्छ । समर्थन बिरोध हुन्छ । अधिक प्रशंसा र उस्तै शैलीमा आलोचना हुन्छ । यसले समाजलाई कुन दिशा तर्फ जान निर्देशित गरिरहेको छ ? यो बिषय भने बढी चासो, चिन्ता र चिन्तनको सवाल बन्नुपर्छ । पक्ष बिपक्ष या तर्क बितर्क वा समर्थन र बिरोध कुनै व्यक्तिगत या सामुहिक स्वार्थका लागि प्रायोजित छ की बृहत्तर र दीर्घकालिन हितका खातिर । यो मुख्य बिषय हो । यदी स्वश्थ रुपमा पक्ष बिपक्षमा बहस पैरवी हुन्छ भने स्वभाविक त्यसले सकरात्मक सन्देश, परिणाम र उपलब्धि प्राप्त हुने निश्चित छ । तसर्थ पक्ष बिपक्षमा बहस हुँदैमा त्यसलाई गलत अर्थमा बुझ्नु र बुझाइनु हुँदैन ।

हालैको एक घटना र त्यसको पक्ष र बिपक्षमा आएका अनगिन्ती प्रतिक्रियाले रंगिएको सामाजिक सञ्जाल । यसको ज्वलन्त उदाहरण हो आस्था राउत प्रकरण । राउत नेपाली गीत संगीतको इतिहासमा चर्चित पात्र हुन् । यसमा दुई मत रहेन । तर, बिमानस्थलमा प्रहरीलाई अभद्र व्यवहार गरेको आरोप र मुद्दा उनी माथी लागेको छ । यो घटनाको पक्ष र बिपक्षमा तिव्र समर्थन र बिरोध जारी छ । त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी जवान रमिशा श्रेष्ठले गायिका आस्था राउतले आफू माथि दुव्र्यवहार गरेको भन्दै उजुरी दिए पछि प्रहरीले मुद्धा चलायो । राउतको बयानपछि जिल्ला प्रशासन कार्यालयबाट थप चार दिन हिरासतमा राख्ने गरि म्याद थप समेत भयो । जब की, गायिका राउतले यात्राका क्रममा आफु आवेशमा आएर फेसबुक लाइभमा प्रयोग गरिएका शव्दहरु प्रति क्षमा मागेकी थिइन् । कानुन भन्दा माथि कोही पनि नरहेको र कानुन अनुसार आफूलाई हुने कारवाही सहर्ष स्वीकार गर्ने राउतको भनाई थियो । यो उनको कमजोरीको स्वीकारोक्ति पनि थियो । तर प्रहरीले यसको फाइदा उठाउदै हिरासत राख्न जोड ग¥यो ।

आस्था राउत प्रकरणका केही पाठ र सन्देश महत्वपूर्ण छ । मुलुकको ऐन, कानुनको हामी सबैले सम्मान गर्नुपर्छ । कुनै पनि भिआइपी होस् या सेलिब्रेटीका नाममा स्टारडम देखाउने छुट कसैलाई छैन । अर्को तर्फ प्रहरी कार्यशैली र व्यवहार कस्तो हुन्छ र हुनुपर्छ ? यस घटना पछि सम्बन्धित सबै पक्ष एक पटक समिक्षा गर्नुपर्ने बिन्दुमा छन् । मुस्कान सहितको सेवा दिने उद्घोष गरेको प्रहरीको व्यवहार पनि सुधार गर्नुपर्ने आवश्यकता छ । बिमानस्थल जस्तो संवेदनशिल ठाउँमा होस् या अरु स्थानमा बस्ने प्रहरी सुरक्षाकर्मी किन नहोउन्, दिनभरको कामको प्रेसरले रिसाउने, झर्कने या अनावश्यक दुःख दिने छुट कदापी हुँदैन । यस हिसावले गायिका राउत र स्वयम् प्रहरीको पनि केही कमजोरी भएको देखिन्छ । अब यसमा गल्ती अनुसारको सजाय र नसियत स्वभाविक हुन्छ । तर अहिलेको आस्था राउत प्रकरणमा प्रहरीले झ्याउकिरी तर्साउन राइफल नै पड्काएको ठुलो वृत्तमा चर्चा र छलफलको बिषय भएको छ । यो प्रतिशोधबाट ग्रसित कदम त्यो पनि राज्यका तर्फबाट हुनु यो राम्रो बिषय होइन । प्रहरीले नागरिकका कमजोरीलाई महुशुस गराएर फेरी गल्ती नगर्ने अवस्थामा पु¥याउन भुमिका खेल्नुपर्छ । अहिलेको घटनामा हिरासतमै राखेर सजाय दिनु न्यायोचित नभएको आवाज सर्वत्र उठेको छ । यस तर्फ सरकार र सरोकारवाला सबैको यथेष्ट ध्यान जान सकोस् । –आजको जागरण दैनिकबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *