सलह पछिको खतरा सत्तारुढको कलह

सम्पादकीय
पछिल्लो समय मुलुकमा एक पछि अर्को खतरानक संकट आइरहेको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण जोखिमले विश्व समुदाय भयावहमा छ । ठुलो सन्त्रास र संशयका बीच कोरोनाले महामारीको रुप लियो । कुनै यस्तो देश र भुगोल बाँकी रहेन । विकासोन्मुखदेखि विकसित शक्ति राष्ट्रहरु समेत कोरोना भाइरसका अगाडी निकम्मा देखिए । अझ यसो भनौ अमेरिका, चीन जस्ता शक्तिशाली र विकसित देशहरुले अझ बढि कोरोनाको संकट, सकस र मानविय तथा अरु क्षति बेहोर्नुप¥यो । नेपालले पनि कोरोना संकटको कठिनतापूर्वक सामना गरिरहेको छ । यद्यपी सरकारको लकडाउनका बीच रोकथाम, उपचार र नियन्त्रण अझै कठिन बनिरहेको छ । संक्रमण दर दैनिक बढ्दो छ । यही कोरोना संकटका बीच फेरी भारत हुँदै भोकमरी ल्याउने सलह नेपाल प्रवेश गरेको छ । संयोग मान्नपर्छ, सलह प्रवेश गरेको समयमै सत्तारुढ नेकपामा तिव्र कलह देखिएको छ ।

सलह नेपाल प्रवेश गरेसँगै किसानहरुमा ठुलो भयावह र चिन्ता थपिएको छ । हराभरा बन्दै गरेका अन्नबाली सखाप पारिदिने हो कि भन्ने पिरलो किसानमा छ । अर्को तर्फ पार्टी बीचको अन्तर कलहले सत्तारुढ दल नेकपा ठुलो संकटमा छ । बर्षौको अस्थिर राजनीति र सरकारबाट आजित बनेको मुलुुकमा पछिल्लो दुई तिहाइको सरकार बने पछि यसले समृद्ध नेपालको सपनाको आधार खडा गर्ने अपेक्षा नागरिकको थियो । तर, दुर्भाग्यबश नेपाली राजनीतिमा उहि पुरानै खराब प्रवृत्ति र सँस्कारहरुको पुनरावृत्ति हुन थालेको छ । अहिले सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक चलिरहेको छ । बैठकमा सहभागी अधिकाशं स्थायी समिति सदस्यले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिरहेका छन् । सरकारले आम नागरिकको अपेक्षा अनुसार कार्य सम्पादन गर्न नसकेको पहिलो आरोप छ भने दोस्रो आरोप पार्टी संरचना, पद्धति, प्रणाली सबै ध्वस्त भएका छन् । पार्टी र सरकार सिद्धान्त र प्रणालीले होइन । स्वेच्छाचारी प्रवृत्तिले चलिरहेको छ । अर्को तर्फ अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली भने पार्टी भित्रैबाट बिभिन्न प्रभावमा परेर घेराबन्दी गर्ने कार्य भइरहेको जिकिर गरिरहेका छन् । यसले पार्टी एकता भएर सुदृढ रुप नलिदै फेरी महासंकटको सम्मुखमा अहिले नेकपा देखिएको छ ।

नेकपा नेतृत्वको सरकार प्रति अहिले गुनासा, आलोचना स्वभाविक छन् । र दुई तिहाइको सरकार भएकाले स्वभाविक बढि नै छ अपेक्षाहरु पनि । तर, राष्ट्रियता (सीमाना)का सन्दर्भमा बाहेक अरु क्षेत्रमा अपेक्षित विकास, प्रगति र उपलब्धि हासिल गर्ने तर्फ सरकार सफल देखिदैन । बिगतका सरकार र मन्त्रीहरुको जे जस्तो खराब शैली र प्रवृत्ति देखिन्थ्यो । र नागरिक स्तरबाट जे जस्तो सुधारको अपेक्षा हुन्थ्यो । आजको दिनमा पनि उही दुरावस्थाबाट हाम्रो सरकार,मन्त्री र राजनीतिक दल ग्रसित छ । यसले सरकार र नेकपा प्रतिको प्रतिको विश्वास र भरोसा बढाउदैन । अहिले राजीनामा माग्न हुने नहुने,पूर्ववत सहमति सम्झौता, वर्तमान परिस्थिति यावत बिषयमा ठुलो बहस गर्न सकिएला । जुन अहिले भइरहेको पनि छ । अहिले कोरोना महामारीको संकटसँग जुध्नुपर्ने बेला आँफै आँफै जुध्ने कार्य बिडम्बनापूर्ण संयोग हो । सत्तारुढ नेकपा जनताको आंकाक्षा पुरा गर्ने तर्फबाट बेमौसमी बाजा बजाउदै आफ्नै बिघटनमा रमाउने या सन्तोष मान्ने परिस्थिति तर्फ कथा मोडिएको छ । यसबाट मुक्त भएर जनता प्रति उत्तरदायी बन्ने बनाउने दिशामापार्टी र सरकारको ध्यान जाओस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *