पर्यटन, नयाँ गन्तव्य र पर्यटनमैत्री पूर्वाधार

सम्पादकीय
पछिल्लो समय पर्यटनको हाउगुजी निकै बढेको थियो नेपालमा । यही उभारमा पर्यटन भ्रमण वर्ष समेत घोषणा गरिएको थियो । पर्यटन र पूर्वाधारको चहल पहल साविक धौलागिरी र बागलुङमा पनि देखिदै थियो । यद्यपी, यही क्रममा कोरोना महामारीको प्रवेश भयो । जसका कारण पर्यटन लगायतका सबै क्षेत्र अहिले ठप्प प्रायः छ । कोरोना भाइरसबाट सबै भन्दा बढी पर्यटन र होटल व्यवसायनै बढी प्रभावित छ । पोखराको लेकसाइड, काठमाण्डौैंको ठमेल जस्ता क्षेत्रमा पछिल्लो पाँच महिना होटल र पर्यटन व्यवसाय ठप्प हुँदा होटल र पर्यटन व्यवसायी उठिवास हुने अवस्था सिर्जना भएको छ । किनकी एक महिनाको भाँडा कम्तीमा ५० हजारदेखि १ लाख सम्म भए पनि पाँच महिना व्यवसाय रोकिदा १ करोड बढीको क्षति हुने अवस्था बिद्यमान छ । यस हिसावले पर्यटन व्यवसाय कसरी र कहिले फेरी उभार आउने गरी उठ्ला ? यो बिषय निकै सोचनिय बनिरहेको छ ।

व्यापार, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रा नै पर्यटन हो । विश्व पर्यटन संगठनको परिभाषा अनुसार पर्यटकले “आफ्नो सामान्य परिवृत्ति बाहिर, चौबीस (२४) घण्टा भन्दा बढी तर एक क्रमागत वर्ष भन्दा कम समय, मनोरञ्जन, व्यापार र त्यस ठाउँमा आयश्रोत हुने क्रियाकलाप बाहेक अरू उद्देश्यका लागि यात्रा गरी बस्ने मान्छेलाई जनाउँछ । विश्व समाजमा पर्यटन एक लोकप्रिय फुर्सदको मनोरञ्जनात्मक क्रियाकलाप भएको छ । पर्यटन अर्थात घुम्ने सँस्कार नेपाली समाजमा यसरी विकास भएको रहेछ कि मानव जीवनकै कठिन संकटको यस बेलामा पनि मानिसहरु नजिकको सम्भाव्य पर्यटकीय गन्तव्यमा पुग्ने, रमाउने, नयाँ गन्तव्यको खोज गर्ने काममा लागिरहेका छन् । यसकै पछिल्लो उपज हो बागलुङको नयाँ पर्यटकीय गन्तव्य बागलुङ नगरपालिका–६ र ७ को सीमानामा रहेको ‘बुद्धको पहाड’ । घुमन्ते युवाहरुले स्थानीय अगुवाहरु सँगको यात्रामा यसको पहिचान गरे । र लगत्तै पर्यटन अभियन्ताहरुको सहयोग सहकार्यमा प्रर्वद्धनात्मक कार्यक्रम पनि गरेका छन् ।

बुद्धकै आकृति जस्तो देखिने ढुंगा भएकाले यसको प्रचार र प्रर्वद्धन गर्न सके भोली आकर्षक गन्तव्य बन्ने सम्भावना छ । किनकी यो बागलुङ सदरमुकामदेखि नजिकैको दुरीमा छ नै । यसका साथै पछिल्लो समय धार्मिक गन्तव्यको रुपमा स्थापित सर्वसिद्धिधाम पञ्चकोटको करिब १५ मिनेटको दुरीमा रहेकाले पर्यटनको सम्भावना अझ बलियो देखिएको छ । कुनै पनि गन्तव्य पहिचान गर्नु सुखद कुरा हो । अब यसको पर्यटनमैत्री पुर्वाधार विकास गर्न जरुरी छ । त्यससँगै अरु प्रचार र प्रर्वद्धनका योजना र कार्यक्रम आवश्यक हुनेछ । अहिले कोरोना संकटकै सकसका बीच बागलुङमा नयाँ गन्तव्यको सम्भावना जुन खोजिएको छ, यो पर्यटन अभियानका हिसावले पनि महत्वपूर्ण कदम हो । यसमा अब यत्तिमा मात्रै स्थानीय र अभियन्ताको कदम रोकिनु हुन्न ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *