कोरोना, मृत्युको शतक प्रहार र सन्देश

सम्पादकीय
कोरोना भाइरस देखिएको समय अवधि जति लम्बिदो छ, त्यति नै आम मानिसको दैनिकी सकसपूर्ण छ । यसले मानवीय, वित्तीय रुपमा पु¥याइरहेको क्षति त अपुरणीय छ नै । चीनबाट शुरु भएर अमेरिका, स्पेन, इटाली, भारत जस्ता देशलाई आक्रान्त बनाउदै नेपाल प्रवेश गरेको कोभिड १९ ले विकास र समृद्धि तर्फ पाइला अग्रसर बनाउदै गरेको नेपाललाई ठुलो धक्का दिएको छ । कोरोना संकट र सकसको पाँच महिना सिंगो देश र नागरिकका लागि निकै महंगो सावित हुने वाला छ । कारण, अहिलेको प्रभाव र असर कहिले सम्म कसरी पुर्ति होला ? अर्थात हिजोकै लय र दैनिकीमा फर्कने अनिश्चितताले दिएको तनाव र क्षतिको उपचार र विकल्प के होला ? यो बिषय आजको दिनसम्म अनुत्तरित छ ।

कोरोना भयावह शुरु भएको पाँच महिनाका बीच नेपालमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या १ सय ३ पुगेको छ । क्रिकेट खेलको भाषामा भन्दा मृत्युले शतक पार गरेको छ । तर, कोरोनाको शतक प्रहार अप्रिय र दुःखदायी छ । हुन त यो संख्या अरु देशको तुलनामा कम हो । कोभिड १९ कै कारण विदेशमा रोजगारी, अध्ययनको शिलशिलामा रहेका १ सय ९१ जना त नेपालीकै मृत्यु भइसकेको तथ्यांक छ । गैरआवासीय नेपाली संघका अनुरा विश्वमा ३८ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमा १६ देशमा रहेका नेपालीको कोरोनाका कारणले मृत्यु भएको खबर छ । चाहे स्वदेश होस् या विदेश । जहाँ गए पनि कोरोनाकै कारण हाल सम्म ज्यान गुमाउने नेपालीको संख्या २ सय ९४ जना पुगेको छ । पछिल्लो तथ्यांक अनुसार आइतवार सम्म विश्वभर २ करोड १३ लाख मानिस संक्रमित हुँदा ७ लाख ६९ हजार बढीको मृत्यु भएको छ । सबै भन्दा बढी अमेरिकामा १ लाख ६९ हजार ४ सय ६३ को मृत्यु भएको छ । छिमेकी देश भारतमा पनि कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ४९ हजार ३६ पुगेको छ ।

यो भयावहका बीच नेपालमा २६ हजार २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये १७ हजार २ सय १ जना संक्रमणमुक्त भएका छन् । यो तथ्यांकले तुलनात्मक रुपमा नेपाल अहिले सम्म ठुलो भयावहबाट जोगिएकै निकष्र्षमा पुग्न सकिन्छ । तर, पछिल्ला दिनमा देशभर जुन खालको कोरोना संक्रमणको दर र दृश्य देखिएको छ, त्यसले सामान्य संकेत गर्दैन । भोलीका दिनमा अरु भयावहको प्रष्ट संकेत गर्छ । यसमा सरकारदेखि नागरिक सम्मको गैरजिम्मेवारी या लापरवाहीको धेरथोर हिस्सा मिश्रित छ । त्यसैले आजको दिन सम्म जे जस्तो क्षति बेहोरिएको छ, त्यसबाट पाठ सिक्दै कोरोना रोकथाम, उपचार र नियन्त्रणमा सामुहिक हातेमालो गर्नमा एकतावद्ध बनौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *