कोरोना जटिलताको गम्भीर संकेत

सम्पादकीय
विश्वव्यापी रुपमा कोरोना भयावह शुरु भएको ६ महिना लामो समय भइसक्यो । यसबीच ८ लाख २५ हजार ७ सय मानिसले कोरोनाकै कारण ज्यान गुमाउन बाध्य बनेका छन् । बिहिवार सम्म २ करोड ४१ लाख ७८ हजार संक्रमित बनेका छन् । नेपालमै पनि १ सय ७५ जनाको मृत्यु भइसकेको छ भने ३४ हजार बढी संक्रमित भएका छन् । यो संख्या दैनिक बढ्दो छ । कोरोना महामारीको जति समय घर्किदै गयो । उति नयाँ नयाँ स्वरुप, शैली र परिघटनामा देखिन थालेको छ । कोरोना भाइरस संक्रमित हुनेहरुमा नयाँ लक्षण मात्र होइन, मृत्यु बेहोर्नेहरुमा बिना लक्षणका समेत देखिन थालेका छन् ।

पोखरा–१२ कि ३२ वर्षीया महिलाको बिहीबार ज्यान गयो । भदौ १ गते कास्कीको सेवा हस्पिटलमा उपचाररत तनहुाको ब्यास १ की ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भयो । संक्रमण पुष्टि भएको भोलिपल्टै उनको मृत्यु भयो । त्यसपछि उनको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब लिने क्रममा ३२ वर्षीया महिलाको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा ती महिलामा संक्रमण पुष्टि भयो । त्यसपछि उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा सारियो । दुखद कुरा, उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भयो । गण्डकी प्रदेशमा यो सँगै कोरोनाका कारण मृत्यु हुने संख्या ९ पुगेको छ । तर, यसअघि गण्डकी प्रदेशमा मृत्यु भएका संक्रमित दीर्घ रोगी थिए । तर अहिलेकी महिला दीर्घ रोगी नभएको अस्पतालको भनाई छ । अन्य केस भन्दा यो अलि फरक देखिएको छ । यद्यपी उनको मृत्यु क्रिटिकल कोभिडकै कारण भएको हुन सक्ने चिकित्सको अनुमान छ । यसबारे थप अध्ययनका लागि विश्व स्वास्थ्य संगठनका प्रतिनिधि पनि आएका छन् ।

अहिलेको पछिल्लो घटनाले पुनः नेपाल मात्रै होइन विश्व समुदायमा तरंगित गरेको छ । कारण अहिले सम्म मृत्यु भएकोमा दीर्घ रोग भएको भनिएको छ । पछिल्लो घटनामा ज्वरो भए पनि यतिनै कारणमा कोरोना भए पछि ज्यान गएको घटना गम्भीर भएको भन्दै विश्व स्वास्थ्य संगठनले पनि चासो दिएको छ । यो मात्रै होइन, अहिले बागलुङ जस्ता ठाउँहरुमा पहिले संक्रमित भएकाहरुमा पनि कुनै लक्षण नभएको पाइएको थियो । तर, अहिले ५० प्रतिशत बढीलाई रुघाखोकी, ज्वरो लगायतको समस्या देखिएको छ । त्यसैले लक्षण नभएका बिरामीलाई अब भर्ना समेत नगर्ने तर्फ सरकारको कदम देखिन्छ । यी घटना र परिदृश्यले अबको दिन अझ जटिलता र भयावह तर्फ जाने संकेत देखिन्छ । त्यसैले सबै सचेत बनौ, जिम्मेवार बनौ । अग्रसर साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *