शैक्षिक सत्र गुम्न नदिने उपाय खोजौ

सम्पादकीय
नयाँ शैक्षिक सत्रको पाँच महिना बित्न थालिसक्यो । यदी अरु समय जस्तै सामान्य अवस्था हुन्थ्यो भने अर्धवार्षिक परीक्षा लिने अवधि आउन थालिसकेको हुन्थ्यो । तर, बिडम्बना हामी मानव जीवनकै सबै भन्दा खतरानक भाइरसको भयावह सँग जुधिरहनु परेको छ । यो तत्काल रोकथाम, नियन्त्रण हुने अवस्था र संकेत सम्म नदेखिनुले अझ बढी जोखिम, चिन्तित तुल्याएको छ । यसले आम मानव जीवनका दैनिकी र भविष्य पुरै अनिश्चित बनाएको छ । पहिलो कुरा त ज्यान कसरी जोगाउने भन्ने संशय सर्वत्र छ । यदि कोरोनाको वर्तमान भयावहबाट जोगिए पनि भोलीको दिन र भविष्य के हुन्छ ? भन्ने बिषय अझ गम्भीर र संवेदनशिल बन्दै गएको छ ।

यो अवस्थामा सबै भन्दा बढि उद्योग व्यवसाय धरापमा परिरहेको छ भने अर्को शैक्षिक सत्र परेको छ । यस्तो अवस्थामा कसरी पठन पाठन गर्ने ? बिद्यालय खोल्न त तत्काल कुनै सम्भावना र संकेत देखिन्न । सरकारले विकल्प स्वरुप शुरु गरेको अनलाइन कक्षा पनि प्रभावकारी नभएको सर्वत्र गुनासो आइरहेको छ । अर्को टोल शिक्षाका बारेमा पनि उति धेरै सकरात्मक प्रतिक्रिया आएको छैन । यस अवस्थामा यो वर्षको शैक्षिक सत्र नै गुम्ने चिन्ता पनि व्याप्त बन्न थालेको छ । यही क्रममा टिच फर नेपालले लकडाउन र निषेधाज्ञाका बेला घरमै बसेर पढ्न मिल्ने ‘वर्क बुक’ तयार पारेको छ । यो पाठ्यपुस्तक सहयोगी पुस्तिका हो । अनलाइन, रेडियो र टेलिभिजनमा पहुँच नभएका विद्यार्थीले पनि घरमै बसेर पढाइलाई निरन्तरता दिन सकिने गरी कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागि गणित, विज्ञान र अंग्रेजी वर्क बुक तयार पारिएको छ । यो परीक्षण स्वरुप टिच फर नेपालले स्वयंसेवी शिक्षक उपलब्ध गराइरहेको ६५ सामुदायिक विद्यालयका १० हजार विद्यार्थीलाई लक्षित गरेको छ ।

अहिले कोरोना संक्रमण जोखिमको भयावह अझ तिव्र गतिमा फैलिदो छ । कोभिड–१९ लक्षित लकडाउन र निषेधाज्ञाका कारण विगत पाँच महिनादेखि विद्यार्थीहरू विद्यालय जान पाएका छैनन् । कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले विद्यालय खुल्ने अनिश्चित छ । सामुदायिक विद्यालयमा दुरशिक्षा निकै चुनौतीपूर्ण रहेका बेला अब सरकारले थप विकल्प सोँच्न र खोज्न ढिलाई गर्न हुँदैन । किनकी अहिले बालबालिका र विद्यार्थीले पढ्न बिर्सिने अवस्था बनिसक्यो । फेरी पढाइको पुरानो नियमितता र लगावमा फर्किन धेरै कठिन हुनेछ । त्यसैले अहिले यो नयाँ शैक्षिक सत्रको पाँच महिना त बित्ने निश्चित छ । तर, बाँकी अवधिलाई यथेष्ट सिर्जनशिल रुपमा उपयोग गर्न सकिने विकल्पको खोजी हुन आवश्यक छ । सरकारले यो शैक्षिक सत्रको बाँकी अवधि कदापी गुम्न दिन हुँदैन । -आजको जागरण दैनिकबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *