दशैंमा स्थानीय खसी बोका र आम्दानीको अवसर

सम्पादकीय
अब नेपाली समुदायका बिभिन्न चाडपर्व सम्मुखमा छ । हिन्दु नेपालीहरुको महान पर्वका रुपमा मनाइने दशैं, तिहार अब केही दिनमा आउँदैछ भने मुस्लिम समुदायले मनाउने छठ, नेवारी समुदायले मनाउने नेपाल सम्वत पनि क्रमशः आउने क्रममा छ । यि चाडपर्वलाई नेपाली समाजमा सर्वाधिक महत्व, हर्षोल्लासको पर्वका रुपमा मनाइने प्रचलन छ । गरिब, विपन्न परिवारका लागि त मिठो खान, राम्रो लगाउन पनि दशैं कुर्नुपर्ने भनाईहरुले पनि यसको महत्वबारे बोध हुन्छ । दशैंमा खसी राख्ने र अत्यधिक मासु खाने पनि परम्परा छ । तर, यसपटक कोरोना संकटका कारण दशैं, तिहार जस्ता चाडपर्व पनि खल्लो हुने हो की भन्ने संशय पैदा भइरहेको छ ।

यदि सामान्य अवस्था हुन्थ्यो भने गाउँ शहरमा यतिबेला हुलका हुल च्यांग्रा र खसी बिक्रीका लागि आइसकेका हुन्थे । यस दृश्यले मात्रै पनि दशैं तिहार आएको रौनकताको आभाष गराउँथ्यो । तर, अहिले विश्वव्यापी कोरोना भाइरस (कोभिड १९) कारण मुस्ताङ र छिमेकी तिब्बतमा समेत च्यांग्रा खसी धेरै उत्पादन भएको छैन । हिमाली भेगमा जडिबुटी खाएर हुर्किएका खसीको गाउँ शहरमा उच्च माग भए पनि अब यसपटक आपुर्ति हुने अवस्था र सम्भावना देखिदैन । त्यसैले अब यसका विकल्प र सम्भावनाका बारेमा पनि खोजी र चर्चा हुन आवश्यक छ । हाम्रै गाउँ ठाउँमा तयार गरिएका खसीहरु पनि किनबेच गर्न सकिन्छ । काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका ४ वटा सहकारीमा आवद्ध महिलाहरुले केही वर्ष यता मुस्ताङबाट भित्रिने हजारौ खसीहरु सँगै आफु र आफ्ना समूहले उत्पादन गरेका ठुलो संख्याको बोका र खसी बिक्री गर्दै आएका छन् । काठेखोला गाउँपालिका वडा नं.४ तंग्रामका दुई सहकारीमा आवद्ध महिलाहरुले बाख्रा बेचेर सरदरमा पौने २ करोड र जैमिनी नगरपालिका वडा नं.२ र ३ मा सञ्चालित २ वटा सहकारीमा आवद्ध महिलाहरुले १ करोड ५ लाख रुपैयाँ गाउँ भित्राएका हुन् । यो अहिलेको विकल्पका लागि राम्रो उदाहरण हुन सक्छ ।

अहिले नजिकिदै गरेको दशै तिहारका लागि दुवै संस्थाले १ हजार गोटा खसी बोका विक्री गर्ने योजना बनाएका छन् । सप्तरंगी सहकारीले ३ सय ९५ र बसन्त सहकारीले ६ सय वटा खसी बोका विक्री गर्ने योजना छ । आजभोली सहकारीमा आवद्ध भएकाहरुको घरमा थोरै भएपनि २ वटा बाख्रा अनिवार्य रुपमा पाल्न थालिएको छ । यसले दुई वटा फाइदा तत्काल हुन सक्छ । एक, स्थानीय उत्पादनले बजार र यथोचित मुल्य पाउँदा त्यसले किसानलाई आत्मनिर्भर र उत्साहित तुल्याउँनेछ भने अर्को अहिले कोभिड १९ का कारण खसीको जुन अभाव खड्किने अवस्था छ । त्यसलाई पनि धेरै हद सम्म सहज र समाधान गर्न मद्धत पुग्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *