गाउँ, जनता र जागरण

सम्पादकीय
आज भन्दा ५/१० वर्ष अघिको नेपाल र दुरदराजका गाउँघरको अवस्था फर्किएर हेर्ने हो भने धेरै कठिन र कहाली लाग्दो अवस्थामा थियो । पछिल्लो वर्षमा ग्रामिण क्षेत्रको दैनिकी जीवनशैलीमा उल्लेख्य परिवर्तनका उभार त आएको छ । तर, यो प्रयाप्त भने होइन । चाहे सडक पूर्वाधार होस् या शिक्षा, स्वास्थ्य होस् या खानेपानी, सञ्चार, बिद्यतु लगायत होस् । ग्रामिण जीवनशैलीमा ठुलो बदलाव आएको छ । घण्टौ पैदल हिँडेर यात्रा गर्नुपर्ने गाउँले अहिले सरर् सवारी साधनमा गन्तव्यमा पुग्न सक्छन् । स्वास्थ्य उपचारका लागि डोको र स्टेचरमा पुगेका गम्भीर घाइते र बिरामीहरु अस्पताल स्वास्थ्य संस्था पु¥याउन अब घण्टौ लाग्दैन । प्राथमिक उपचार गाउँ टोल नजिकै सम्मुखमै उपलब्ध छ । गाउँ गाउँमा मोवाइल, इन्टरनेट,फोन सेवाको सहज पहुँच पुगेको छ । टुकीको युग अन्त्य गरेर लघुजलबिद्युतको सहारामा उज्यालो भएका गाउँघरमा केन्द्रीय लाइननै पुग्न थालिसकेको छ ।

यो समग्र नेपालको गाउँघरको परिदृश्य हो । नेपाल मात्र होइन, नेपाल भित्रको नेपाल भनेर चिनिने बागलुुङका ग्रामिण भेगमा पनि यस्तै परिवर्तनका परिदृश्य देखिएका छन् । जिल्लाको अति दुर्गम क्षेत्र मानिएका ढोरपाटन, निसीखोला, तमानखोला अहिले दुर्गमता तोडेर सुगम बन्न थालिसकेका छन् । जिल्ला सदरमुकाम आवत जावत गर्न ३/४ दिन लाग्ने यि गाउँ ठाउँबाट अहिले बिहान बजार आएर साँझ घर फर्कने अवस्था बनेको छ । यो देशमा नयाँ संघीय अभ्यास पछि तीन तहको सरकार बने पश्चात अझ बढि विकास र परिवर्तनका उभार आएको छ । समाजमा विगतको तुलनामा त उल्लेख्य सुधार, विकास भएका छन् । तर, समाज देशमा नकरात्मकता हाबी छ । जसका कारण भएको प्रगतिको पनि खुलेर प्रशंसा गर्न नसक्ने जमात बढ्दो छ । उसो त सत्ता इतरको आलोचना,मत सधैं चर्को र अधिक हुन्छ । यो पाटो हामी सबैले बुझ्नु र मनन गर्नुपर्छ ।

हुन त मानिसहरु झन् भन्दा झन् सुखसयल र बिलासितामा रमाउन थालेका छन् । सके सम्म दुःख र काम कम गरेर धेरै धन सम्पति कमाउने र रमाउनेको संख्या अधिक छ । यो गाउँघर त घुम्यो डुल्यो भने युवाहरुको अनुहार निकै कम देखिने अवस्थाले पनि प्रष्ट गर्दथ्यो । यद्यपी, अहिले कोरोना भयावहको संकट पछि फेरी एक पटक गाउँघरमै केही गरौ भन्ने सोँच र संख्या बढ्न थालेको छ । यो सकरात्मक कुरा हो । अब गाउँघरमा एक घर, एक धारा धमाधम बन्दैछ । सडक करिब सबैजसो ठाउँमा पुगेको छ । गुणस्तरिय शिक्षा, स्वास्थ्यको पहुँचलाई अझ सहज र प्रभावकारी बनाउ । केन्द्रीय बिद्युत, सञ्चारलाई सबैको हात हातमा पु¥याउ । र गाउँघरमै कुनै न कुनै सत्कर्म उत्पादनमुलक कार्यमा लाग्न प्रेरित गरौ । मानिसहरुले स्वच्छ, हराभरा बातावरणमा परिवारसँगै रम्ने रमाउने बातावरण तयार गरौं । यसले गाउँघरमा बढ्दो बसाई सराई रोकिन र परनिर्भरता अन्त्य गर्न महत्वपूर्ण भुमिका खेल्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *