दमकल कहिले आउँछ ?

सम्पादकीय
दमकल आकस्मिक आगलागीका घटनाका लागि प्रयो गरिने महत्वपूर्ण संवेदनशिल अस्त्र हो । यसको गहनतम आवश्यकतालाई ध्यानमा राख्दै बागलुङ बजार क्षेत्रमा हुने आगलागी भवितव्यका लागि दमकलको व्यवस्था गरिएको छ । बागलुङ नगरपालिकाले केही वर्ष अगाडी खरिद गरिएको दमकलले यस क्षेत्रमा भएका आगलागीका कैयन घटनामा ठुलो जनधनको क्षति हुनबाट जोगाएको पनि छ । घना वस्ती भएको बजार क्षेत्रमा एक घरमा कुनै कारणबस आगलागी हुँदा सिंगो बस्ती जोखिममा हुन्छ । यस्तो बेलामा दमकल समयमै घटनास्थल पुगेको खण्डमा धेरै ठुलो क्षति रोक्न सक्ने सामथ्र्य र सम्भावना हुन्छ ।

तर, साधन भएर पनि यथोचित व्यवस्थापन र दृढ समर्पित जनशक्ति भएन भने त्यो बिडम्बनापूर्ण हुने रहेछ । मंगलबार साँझ बागलुङ नगरपालिका वडा नम्बर ४ उपल्लाचौरको कपास उद्योगमा भएको आगलागी र बागलुङ नगरपालिकाको दमकलमा चालक नभएको घटनाले त्यही बिडम्बनापूर्ण नियति भोग्नुप¥यो । आगो निरन्तर दन्किरह्यो,उद्योगका सञ्चालक र आगो नियन्त्रणका लागि पुगेका स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले सक्दो प्रयास गर्दै दमकलको प्रतिक्षा गरिरहे, बाटो हेरिरहे । तर, दमकल आएन । लाखौंको लगानीमा सञ्चालन गरेर विश्वव्यापी महामारीको रुपमा आएको कोरोनाले थिलथिलो भएको अवस्थामा आगलागी र सरोकारवालको उदासिनताका कारण एकैछिनमा उद्योग खरानी भयो । दमकलनै नभएको भए फरक कुरा, दमकल हुँदाहुँदै पनि चालक गुमनाम हुनु र अरु विकल्पका बारेमा कुनै सोच र प्रयत्न नगरिनु दुखद पक्ष हो । यसले गर्दा आगो नियन्त्रणमा लिएर थप ठुलो क्षति हुनबाट रोक्न नसकेको नगरपालिका प्रति नागरिक आक्रोशित छन् ।

दमकल हुनु मात्र ठुलो कुरा रहेनछ । दमकलको सही व्यवस्थापन र उपयोग महत्वपूर्ण कुरा रहेछ । बागलुङ नगरपालिकाले सञ्चालनमा ल्याएको दमकल कहिले भ¥याङ हराएर आगलागी भएको स्थानमा पुग्न सक्दैन । कहिले चालक नभएर आगो दन्किरहेको र अकल्पनीय क्षति हेरिरहन नागरिक बिबश बन्छन् । यसमा नगरपालिका पटक–पटक दमकलको व्यवस्थापनमा चुकेको छ । एउटा मात्र चालक हुँदा त्यो २४ सैं घण्टा दमकलमै रहने कुरा व्यवहारिक हिसावले पनि सहज र सम्भव हुँदैन । यसका लागि नगरपालिकाले जिल्ला प्रहरी कार्यालयसँग समन्वय गर्नुपर्छ । प्रहरीसँग धेरै चालक हुने भएकाले दमकल चालकको विकल्पमा उनीहरुलाई आकस्मिकतामा प्रयोग गर्न सकिन्छ । जसले गर्दा हर आगलागीका घटनामा दमकल समयमै पु¥याएर समाजमा हुने अकल्पनीय जनधनको क्षति रोक्न, यो सम्भव नभए पनि कम गर्न अवश्य सकिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *