कम्युनिष्ट पार्टी र सरकारको दुर्भाग्य

सम्पादकीय
नेपालमा लामो समय प्रजातान्त्रिक शक्तिले राज्य चलाए । पञ्चायतदेखि यताको लामो समय कम्युनिष्ट नेता कार्यकर्ताले ठुलै संघर्ष र सकस बेहोर्नुप¥यो । वर्षौसम्म भूमिगत राजनीतिक जीवन बाँचे, जेलनेल भोगे पनि । अन्ततः कम्युनिष्ट आन्दोलन र अभियानको लामो प्रयत्न पछि २०७४ सालको निर्वाचनमा कम्युनिष्ट जनमत उल्लेख्य प्राप्त भयो । तत्कालिन नेकपा एमाले र एकिकृत माओवादी केन्द्रबीचको बाम तालमेल पश्चातको निर्वाचनबाट करिब दुई तिहाइ जनमत प्राप्त भयो । र त्यही जगमा केपी शर्मा ओली मुलुकको शक्तिशाली कम्युनिष्ट प्रधानमन्त्री बन्न सफल रहे । बाम तालमेल गरेका दुई पार्टी बीच एकीकरण गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाइयो । दुर्भाग्य पाँच वर्षका लागि जनमत प्राप्त सरकार तीन वर्षकै सेरोफेरोमा संसद विघटन गरेर बिभाजनको अवस्थामा पुगेको छ ।

नेकपालाई दुई तिहाइको बहुमतसहित पाँच बर्ष सत्ता चलाउने जनादेश प्राप्त थियो । तर यो जनादेश, जनभावना विपरित प्रधानमन्त्रीले मन्त्रीपरिषद बैठक मार्फत् जननिर्वाचित संसद विघटन गर्ने निर्णय ग¥यो । नेकपा भित्रको शीर्ष नेताबीचको विवाद उत्कर्षमा पुगे पछि शक्तिशाली सरकारका प्रधानमन्त्रीले आफ्नो राजनीतिक जीवनमै गम्भीर प्रश्न उठ्ने गरी कदम चाले । उनी निकटका नेता कार्यकर्ताले सरकारलाई असहयोगको परकाष्ठा पछि संसद विघटन परिस्थितिको उपज भएको बताइरहेका छन् । कार्यकारी अध्यक्ष प्रचण्ड, माधव नेपाल लगायतले बाधा मात्र सिर्जना गर्ने र काम गर्न नदिएको आरोप छ । यद्यपी, प्रचण्ड माधव नेपाल लगायतले पार्टीको निर्देशन, बिधि सम्मत हिसाबले सरकार सञ्चालनमा एकलौटी चलाएको दाबी गरिरहे । यस्तो आरोप प्रत्यारोप सहितको अहिलेको बिद्यमान विवादमा सिद्धान्ततः ठुलो भेद र गुनासो देखिदैन । व्यक्तिगत टकराव, कुण्ठा,आग्रह पूर्वाग्रह बढी हाबी देखिन्छ । यो कम्युनिष्ट जनमत प्रतिको गम्भीर खेलवाड र उपेक्षा हो ।

देश लामो राजनीतिक अस्थिरता पछि स्थिरता र विकास तर्फ अघि बढ्ने क्रममा देशकै सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी बिभाजित हुनु देशकै लागि दुर्भाग्य हो । नेपालको सन्दर्भमा धेरैले भन्ने गर्छन्,–‘यो सतीले सरापेको देश हो ।’ राम्रा सत्कर्म सत्प्रयास गर्ने चाहे व्यक्ति होस् या समूह या सरकार । त्यो दीगो र दीर्घकाल नहुने परम्परा र प्रवृत्तिबाट वर्तमान कम्युनिष्ट सरकार पनि ग्रस्त भएको छ । नागरिकले ठुलो अपेक्षा र सपनाका साथ गत निर्वाचनमा व्यक्त गरेको जनमत कम्युनिष्ट पार्टीका लागि अफाव सिद्ध भएको छ । अब फेरी नागरिकले के आधारमा कम्युनिष्ट पार्टी चाहे केपी ओली या प्रचण्ड या माधव नेपाल नेतृत्वलाई विश्वास भरोसा गर्ने या अभिमत जाहेर किन गर्ने ? यो यक्ष प्रश्न सहित जनताको कठघरामा त उभिनु पर्नेनै छ । त्यसमा अहिलेको घटनाक्रमले कम्युनिष्ट आन्दोलन बदनामीत मात्र होइन, भोलीका दिनमा ठुलो क्षती बेहोर्नुपर्ने निश्चित छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *