प्रतिगमन तर्फ मुलुक नजाओस्

सम्पादकीय
नेपालको इतिहासमै दुर्लभ अवसर सहित करिब दुई तिहाइको सरकार बनाएको नेकपा आफ्नै कारण संकटमा प¥यो । यतिबेला नेकपा पार्टी आफै मात्र समस्या र संकटमा छैन । उसका कारण देश नै गम्भीर संकटमा पुगेको छ । अहिले देशको जनताबाट निर्वाचित प्रतिनिधि सभा विघटन गरिएको छ । र दुई वर्षको जनादेशको अवधि हुँदा हुँदै फेरी नयाँ ताजा जनादेशका लागि आगामी बैशाखमा दुई चरणमा निर्वाचनको घोषणा गरिएको छ । पहिलो चरण बैशाख १७ र दोस्रो चरण २७ गते गर्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति मार्फत सदर गराइसकेका छन् । यद्यपी, संसद विघटनका बारेमा ११ वटा रिट सर्वोच्च अदालतमा परेको छ । जसका बारेमा अदालतमा सुनुवाई जारी छ । यसले के आदेश गर्छ ? त्यसले साविक नेकपाको मात्रै होइन, देशको भविष्य कुन दिशा तर्फ उन्मुख हुन्छ भन्ने पनि निर्धारण गर्नेछ ।

अब नेकपा औपचारिक रुपमा विभाजन भएको छ । यसको औपचारिकता केपी शर्मा ओली तथा प्रचण्ड, माधव नेपाल समूह दुवैले पूरा गरिसकेका छन् । नेकपाका दुई समूहका बेग्लाबेग्लै केन्द्रीय कमिटी बैठकहरु बसेर एकले अर्को समूहका मुख्य नेताहरुलाई कारबाही गर्ने निर्णय गरिसकेका छन् । र ओली र प्रचण्ड दुवै समूहले आ–आफ्नो समूहलाई सम्बोधन गर्दै अर्को समूहबाट कम्युनिष्ट आन्दोलनमा गम्भीर धोका भएको आरोप प्रत्यारोप तिब्र चलिरहेको छ । यो हिजो र आज मात्रै होइन, एक अर्को समूह प्रति लक्षित गर्दै उनीहरुले भोलीका दिनमा यस्तो प्रवृत्ति खतरानक रहेको संकेत गरेका छन् । यसबाट के प्रष्ट हुन्छ भने दुवै समूह प्रति कैयन प्रवृत्तिजन्य समस्या बिद्यमान थिए । जसको स्वस्थ छलफल, मन्थन नभई व्यक्तिगत टकराव, पूर्वाग्रह र कुण्ठाहरुले आजको अवस्थामा पु¥याइरहेको छ । प्रचण्ड–माधव समूहले प्रधानमन्त्री ओलीलाई मुलुकलाई प्रतिगमन तर्फ उन्मुख गराएको संगीन आरोप लगाइरहेका छन् भने ओली समूहले प्रचण्ड, माधव समूहले जनताले पाँच वर्षका लागि म्याण्डेट दिए पनि सरकारलाई हिँड्न खोजे हिँड्न नदिने, उठ्न खोजे उठ्नै नदिने प्रवृत्तिबाट आजित बनाए पछिको अन्तिम अस्त्र संसद विघटन भएको भन्दै नयाँ जनादेश लिने उद्घोष गरिरहेका छन् ।

नेकपा भित्रको विवाद र विभाजन पछि दुवै पक्षबीच आरोप प्रत्यारोप अब स्वभाविक रुपमा चलिरहेको छ, यो क्रम दुई पार्टी रहँदा सम्म चलिरहनेछ । तर, यो घटना र प्रवृत्तिले मुलुकलाई सामान्य अवस्थामा राखेन । पछिल्लो घटनाले नयाँ व्यवस्थाबाट फर्काएर फेरी पुरानै घृणित राजनीतिक खेल सहितको प्रतिगमन तर्फको अवस्थामा त पु¥याउँदैन ? पछिल्लो समय चलमलाएका राजावादी समर्थकदेखि पश्चगामी सोँच सहितका बिरोध प्रदर्शनले अहिलेको राजनीतिक घटनाक्रमलाई कुन मोडमा पु¥याउँला ? गणतन्त्र र संविधान माथि नै प्रश्न र संशय उठिरहनुले गम्भीर राजनीतिक संकट देशमा देखा परेको जगजाहेर छ । तसर्थ, स्वस्थ सभ्य रुपमा राजनीतिक प्रतिस्पर्धा होस् । राजनीतिमा प्रतिशोध नहोस् । प्रतिगमन तर्फको यात्रा नहोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *