नेपाली आकाशमा राजनीतिको कालो बादल

सम्पादकीय
मुलुकमा लामो समय र संघर्ष पछि लोकतन्त्र गणतन्त्र स्थापना भयो । पुरानो व्यवस्थाको अन्त्य र नयाँ संघीय अभ्यासको प्रारम्भ सँगै नेपाली नागरिक खुसी र उत्साहित हुनुको कारण एउटै थियो । त्यतिबेला कसले जित्यो या कसले हा¥यो भन्ने थिएन । केबल अब देशमा राजनीतिक स्थिरता प्राप्त हुने भयो । देशले अब शान्ति र विकासको बाटो लिने आशा र विश्वास थियो । तर, समयक्रमले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्रारम्भ भएको तीन वर्षकै सेरोफेरोमा मुलुक फेरी अस्थिरता तर्फ उन्मुख भएको छ । देशको पाँच वर्षका लागि सत्ता बागडोर सम्हाल्ने जनमन प्राप्त गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)औपचारिक रुपमा विभाजना भएको छ । नेकपाबाट सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफैलाई प्रधानमन्त्री निर्वाचित गरेको प्रतिनिधि सभा (संसद) विघटन गर्ने निर्णय गरेका छन् ।

अनेपक्षित राजनीतिक घटनाक्रम पछि देश फेरी एक पटक जटिल र कठिन मोडमा उभिएको छ । संघीय सरकारले त ताजा जनादेशका लागि आगामी वैशाखमा निर्वाचन घोषणा गरिसकेको छ । भलै चुनाव निर्धारित समयमा हुने सम्भावनाका बारेमा धेरैले शंका व्यक्त गर्छन् । अहिले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह र अर्का अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल समूहले पार्टीको नामदेखि चुनाव चिन्ह सम्म आधिकारिक रुपमा आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा छन् । यसका लागि दुवै पक्षले हर सम्भव प्रयत्न गरिरहेका छन् । यतिमात्रै होइन, दुवै पक्ष सडक प्रर्दशनमा समर्थत र बिरोधमा पनि प्रतिस्पर्धामा उत्रिएका छन् । प्रदेश स्तरदेखि जिल्ला र गाउँ तह सम्म अब दुई पार्टी संगठन बनाउने अभ्यास सुरु भइसकेको छ । जिल्ला, स्थानीय तह र गाउँ तहका नेता, कार्यकर्तालाई आफ्नो पक्षमा पार्न अनेक प्रयत्न, तिकडम देखिन थालेका छन् ।

नयाँ व्यवस्था आए पछि नेपाली राजनीति लयमा रहनेछ । विकास, प्रगति क्रमशः स्वतःस्फुर्त रुपमा हुनेछ भन्ने आम विश्वास भ्रममा रुपान्तरण भएको छ । अब अहिले सडकमा दैनिकजसो बिरोध प्रदर्शन हुन थालेका छन् । अब देशले कुन मोड लिने होला भन्ने बिषयले आम नागरिक चिन्तित देखिन थालेका छन् । शीर्ष नेताहरुको व्यक्तिगत टकरावका कारण देश संकटमा परेकोमा स्वयम् नेकपा निकट नेता, कार्यकर्ता पनि रुष्ट बनेका छन् । नेकपा भित्रको शीर्ष नेताको लडाईकै कारण अहिले गणतन्त्रात्मक व्यवस्था नै धरापमा पर्न थालेको छ । अब संसद विघटनमा सर्वोच्चको आदेश के आउँछ ? त्यसपछि सरकारको कदम के हुनेछ ? अरु राजनीतिक दल कसरी आउनेछन् ? प्रदेश सरकारमा पनि सत्ता फेरबदलको खेल कसरी हुनेछ ? यी सबै कुराले देशको भविष्य निक्र्यौल गर्नेछ । यद्यपी, अहिले नेपाली आकाशमा राजनीतिको कालो बादल मडारिएको छ । यो बादल फाटेर फेरी देश उज्यालो लयमा फकिर्ने बातावरण बनोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *