बागलुङ, कोरोना खोप र संशय

सम्पादकीय
१० महिना अघिको समय निकै त्रासदिपूर्ण थियो । चिनको बुहानबाट बेलायत हुँदै नेपाल प्रवेश गरेको कोरोना भाइरस (कोभिड १९)ले विश्वव्यापी रुपमा प्रभावित तुल्यायो । मानव जीवनकै कठिन संकटको रुपमा कोरोना भाइरस देखियो । बिज्ञानमा चमात्कार गरिरहेका शक्तिशाली विकसित देशहरु समेत कोरोना भाइरसका अगाडि लाचार सावित भए । आफ्ना नागरिका कोभिडबाट संक्रमित भएर सयौैंको ज्यान गएको हेरिरहन विवश भए । गतिशिल रुपमा अघि बढिरहेको विश्व अर्थतन्त्र एकाएक धुमिल अवस्थामा पुग्यो । केही महिना त ठप्प प्रायः अवस्थामा रहेको अर्थतन्त्र आजको दिन सम्म पनि पुरानै लयमा फर्कन सकिरहेको छैन । लाखौ करोडौं, अरबौ लगानी गरेर व्यवसाय थालेका उद्योगी व्यवसायीहरु ऋण र ब्याजले नै वर्तमान र भविष्य डुब्ने जोखिमको जीवन बाँच्ने क्षण आइपुग्यो । यो १० महिनाको अवधि नेपाल र नेपालीका लागि पनि निकै सकसपूर्ण बित्यो ।

अहिले कोरोनाबाट भयग्रस्त दैनिकी बिताइरहेका नागरिक पुरानै नियमितता र लयमा जीवन व्यतित गर्ने कोशिसमा त छन् तर कोरोनाले अझै पछ्याउन र सताउन छोडिरहेको छैन । कोरोना भाइरस यसकारण पनि मानिसहरुका लागि कहाली लाग्दो घटना र विषयको रुपमा आयो कि महिनौ सम्म कोरोना विरुद्धको भ्याक्सिन पत्ता लगाउनै मुश्किल भयो । अन्ततः लामो पहल, प्रयत्नका बीच बैज्ञानिकहरुले खोप पत्ता लगाएका छन् । यसले आम मानिसहरुका बीचमा आशा जगाएको छ । तर, अझै विश्वस्त बन्न सकिरहेका छैनन् । भर्खर नेपालमा भारतबाट १० लाख खोप भित्रिएको छ । नेपाल हुँदै नेपाल भित्रको नेपाल बागलुङमा पनि चिकित्सक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंयम्सेविका, एम्बुलेन्स चालक, अस्पतालमा कार्यरत सरसफाईकर्मीलाई लगाउने गरी खोप आएको छ ।

निश्चय पनि यो लामो सकस पछि सुखद खबर मात्रै होइन, खोपको आगमन पनि हुनु सकारात्मक कुरा हो । अब फ्रन्टलाइनर कोही नछुट्ने गरी यसको सदुपयोग होस् । जसले अहिले पनि लक्षण सहितको कोरोना संक्रमितको उपचारमा समर्पित स्वास्थ्यकर्मीको आत्मबल अझ उच्च बनोस् । र यो सँगै कोरोना भाइरस (कोडिभ–१९) बिरुद्धको खोप ल्याउनमा सरकारले थप पहल गरोस् । आफ्ना नागरिकको जीवन सुरक्षा पहिलो विषय हो । यसमा सरकार कुनै पनि बाहना र विषयलाई देखाएर पन्छिन मिल्दैन । सबै नागरिकलाई पुग्ने खोप भित्राउन सरकार संवेदनशील र गम्भीर बन्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *