कृषिमा यान्त्रिकरण

सम्पादकीय
समय गतिशील छ । गतिशील समयसँगै प्रविधिको विकास तिव्रतर गतिमा भइरहेको छ । प्रविधिको विकास र प्रयोग यसरी भइरहेको छ कि अब प्रविधिलाई आत्मसाथ नगर्नेहरु निरक्षर प्रायः बन्ने खतरा बढेको छ । चाहे त्यो कम्युटर ल्यापटप चलाउने विषयमा होस् या मोवाइलका नयाँ नयाँ भर्सनहरुको दैनिक प्रयोग गर्ने सवालमा होस् । प्रविधिमा आएका नयाँ–नयाँ परिवर्तन अर्थात् हामीले प्रयोग गर्ने मोवाइलमा भएका उपयोगी एप्सहरु पनि राम्ररी उपयोग गर्न नजान्ने हो पनि दुनियाँ हाँस्ने समय आइसक्न लाग्यो । अतः यन्त्र उपकरणको विकाससँगै यसको उपयोग पनि अपरिहार्य भइसकेको छ ।

यन्त्र उपकरणको बहस कृषि क्षेत्रमा पनि हुने गरेको छ । कृषिको विकास र समृद्धिका लागि यान्त्रिकरण महत्वपूर्ण सवाल बनेर आएको छ । कृषिमा हुने यान्त्रिकरणले उत्पादन लागत घट्छ र आम्दानी बढाउन भूमिका खेल्छ । बागलुङका अलैँची किसानहरु पनि पछिल्लो समय यान्त्रिकीकरण तर्फ आकर्षित बनेका छन् । जनशक्ति र समय समेत कम लाग्दछ । परम्परागत सीप र प्रविधिको ठाउँमा नयाँ यन्त्र, उपकरणको प्रयोग बढ्दो क्रममा पनि छ । उन्नत प्रविधि अपनाउँदा कम लागतमा उत्पादन बढाउन सकिनेबारे कृषकहरु अझै जानकार छैनन् । उनीहरु कृषिमा हुने यान्त्रिकरणले हुने सहजता र फाइदाबारेमा बेखबर जस्ता देखिन्छन् । पछिल्लो केही वर्ष यता नेपाल सरकारदेखि प्रदेश र स्थानीय सरकार सम्मले कृषि औजार तथा उपकरणमा अनुदान दिइरहेका छन् । किसानलाई यान्त्रिकीकरणतर्फ लाग्न प्रोत्साहित गर्ने काम पनि सकारात्मक छ ।

अहिले गाउँ–गाउँमा हल गोरु देख्न मुश्किल हुन्छ । तर, मिनिटेलर हलो हरेक गाउँका खेतबारीमा देख्न थालिएको छ । अरु कृषिका व्यावसायिक खेतीहरुमा पनि यन्त्र उपकरणको प्रयोग बढ्दो छ । कृषिको आधुनिकीकरणका लागि किसानलाई सीप, प्रविधि र अनुदान उपलब्ध गराउन अझ थप जरुरी देखिन्छ । खाद्यान्न बालीसहित तरकारी, फलफूल खेतीमा यान्त्रिकीकरण गर्ने क्रम बढ्नु सुखद पक्ष हो । निर्वाहमुखी खेती गर्दै आएका किसानलाई व्यावसायिक बन्न यान्त्रिकीकरणले महत्वपूर्ण सघाउ पुग्नेछ । कृषि समूह, सहकारी र व्यक्तिलाई अनुदानमा कृषि यन्त्र, उपकरण दिने कार्य अझ बढाउनु पर्दछ । किसानले आफ्नै लगानीमा समेत आधुनिक कृषि प्रणालीलाई अपनाउन थालेका छन् । सरकारी निकायले पनि कृषिमा सीप, क्षमता र प्रविधि हस्तान्तरण तथा विकासका कार्यक्रमलाई प्राथमिकता दिन थालेका छन् । यसले केवल निर्वामुुखी कठिन हिसावको कृषि प्रणालीको दायरालाई फराकिलो बनाउँदै उत्पादनमुखी र व्यवसायीमुखी बन्न बनाउन भूमिका खेल्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *