वायु प्रदूषण, सचेतता र दायित्व

सम्पादकीय
नेपालमा वायु प्रदुषण बढ्दो छ । जसका कारण मौसम, जलवायुमा पनि ठुलो बदलाव छ । पहिले ऋतु अनुसार जे जस्तो अनुभूति गर्थे र गथ्र्यौ, अहिले समय, सिजन अनुसार त्यसो हुन सकेको छैन । यसमा वायु प्रदुषणको कुनै न कुनै भूमिका छ । यसले मानव स्वास्थ्यमा गम्भीर असरहरु पारिरहेको बारे हामी सबै बेखबर छैनौ । र पनि वायु प्रदुषणमा हामी बेप्रवाह मानवीय लापरवाही भने गरिरहेका छौ, जानी नजानी फाहोरजन्य वस्तुको यथोचित व्यवस्थापनमा उदास देखिएका छौ ।

वायु प्रदुषण मृत्युको एक कारक हो । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार प्रत्येक दश जना मध्ये एक जनाको मृत्यु वायु प्रदूषणको असरका कारण हुने गर्छ । सन् २०१९ मा हेल्थ इफेक्ट इन्स्टिच्युटले तयार गरेको एक प्रतिवेदनमा विश्वभर वायु प्रदूषणका कारण मानिसको आयु २० प्रतिशतले घटेको उल्लेख गरिएको थियो । ग्लोबल बर्डन अफ डिजिज प्रोजेक्टबाट तथ्यांक संकलन गरेको अध्ययनले वायु प्रदूषणको असर दक्षिण एसियामा अझै भयावह भएको जनाएको थियो । दक्षिण एसियामा ५० वर्षभन्दा माथि उमेरका दश व्यक्तिमध्ये नौजनामा मृत्युको कारण वायु प्रदूषणले निम्त्याएको स्वास्थ्य समस्याका कारण हुने गर्छ । नेपालमा बर्सेनि वायु प्रदूषणको तह बढ्दै गए पनि नेपालमा यसको असरबारे अहिलेसम्म कुनै अध्ययन गरिएको अवस्था देखिन्न । दुई सातायता देशभर वायु प्रदूषण खतराको तहभन्दा माथि छ । वायु प्रदूषण बढेसँगै अस्पतालमा श्वासप्रश्वासका बिरामी पनि बढ्न थालेका छन् । यसअघि गत पुसमा पनि काठमाडौंमा वायु प्रदूषणले खतराको तह पार गरेको थियो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को वायु गुणस्तर मापदण्डअनुसार २४ घन्टामा प्रतिघनमिटर हावामा पिएम–२.५ को मात्रा २५ माइक्रोग्रामभन्दा बढी हुनुहुँदैन । वातावरण विभागको तथ्यांकअनुसार वर्षमा करिब ६ महिना एक्युआई राष्ट्रिय मापदण्ड भन्दा बाहिर छ । यद्यपि, ०७३ देखि वातावरण विभागले तथ्यांक संकलन गरेको छैन ।

वायु प्रदुषण के कति कारणले बढिरहेको छ ? यसमा सरकारले गम्भीरतापूर्वक कारणहरुको खोज अनुसन्धान गर्न आवश्यक छ । त्यसका आधारमा तत्कालीन र दीर्घकालीन समाधानका पहल र प्रयासहरु गर्नुपर्ने देखिएको छ । विषाक्त वायुको असरबारे गरिएका विभिन्न अध्ययनअनुसार प्रदूषणले श्वासप्रश्वास सम्बन्धी संक्रमण, मुटुमा समस्या, मधुमेह, दम र फोक्सोको क्यान्सर बढाइरहेको छ । यसबाट वृद्धवृद्धा बढी प्रभावित हुने गर्छन् । यसको अझ गम्भीर पाटो वायु प्रदूषण दीर्घरोगको मुख्य कारण बनिरहेको छ । धूमपानमा निकोटिनसहितका पदार्थले गर्ने असरभन्दा धेरै अहिले बढेको प्रदूषणले असर पु–याउने भएकाले सबैले आवश्यक सचेतता त अपनाउनु पर्छ नै, यसको नियन्त्रणमा पनि दायित्व निर्वाह गर्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *