कोरोनासँग अझै खेलाँची ?

सम्पादकीय
कोभिड संक्रमणबाट निधन भएकाहरूको भारतको पूर्वी दिल्लीमा शनिबार दाहसंस्कार गर्दै गर्दाको कहाली लाग्दो तस्बिर यतिबेला भाइरल बनेको छ । दृश्य हेर्दा मात्रै पनि शरीरमा काँडा फुल्छ, मन भाव विह्वल बनाउँछ । सुरुवाती एक वर्ष कोरोना भयावह र सकसमा बिताए पनि पछिल्लो दिनमा जे जस्ता कोरोना संक्रमितको बढ्दो संख्या, अस्पतालमा उपचार कठीन, कोरोना रोकथाम उपचारको अस्तव्यस्तता, सरकार र सरोकारवालालको उदासिनताले ठूलो भयावहको परिदृश्य नजिँकिदै गरेको प्रतित हुन थालेको छ । एकवर्षको अन्तरालमा कोरोनाको पीसीआर जाँच, क्वारेन्टिन, आइसोलेसन करीब हटाउने अवस्था बनिरहेको थियो । दोस्रो लहरको तिव्रतर गतिमा फैलिरहेको कोरोना संक्रमणले सर्वत्र संशय र सन्त्रास पैदा गरेको छ ।

नियन्त्रण उन्मुख ठानिएको कोरोना नेपालमा पछिल्लो समय डरलाग्दो बन्न थालेको छ । मुलुकभर कोरोना भाइरस संक्रमण उच्च दरमा वृद्धि मात्र भइरहेको छैन, मृत्युदर पनि बढेको छ । नेपालमा औसतमा प्रत्येक घण्टामा ज्यान जान थालेको छ । पछिल्लो २४ घण्टामा आइतबार २८ जनाको मृत्यु भएको छ । कोरोनाको दोस्रो लहर सुरु भए यता आइतबार मृत्यु हुनेको संख्या सबैभन्दा उच्च हो । यसअघि कात्तिक १९ गते ३० जनाको मृत्यु भएको थियो । शनिबार १४ जनाको निधन भएको थियो । सोमबार गण्डकी प्रदेशमा मात्रै २४ जनाको मृत्यु भयो । यसले अवश्य सामान्य संकेत गर्दैन । अर्को तर्फ छिमेक देश भारतमा कोरोनाले महामारीको रुप लिइसकेको छ । अवस्था भयावह बनिरहेको छ । कोरोनाको ‘हटस्पट’ बनेको भारतमा विश्वभरिका संक्रमितको झन्डै ६० प्रतिशत संख्या छन् । अहिले भारतबाट नेपाल प्रवेश गर्नेको संख्या अधिक देखिएको छ । अब तीनैबाट नेपालमा कोरोना संक्रमणले भयावहको रुप लिने जोखिम विद्यमान देखिन्छ ।

कोरोनालाई अझै पनि धेरैले सामान्य रुपमै लिइरहेको देखिएको छ । ठूलो संख्याका मानिसहरुले स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा बेवास्ता गरिरहेका छन् । मास्क नलगाउने, सेनिटाइजरको प्रयोग नगर्ने, भिडभाड गर्ने प्रवृत्ति व्याप्त छ । तर, कोरोना केही होइन भन्नेहरु भने कोभिडकै कारण आफ्ना परिवारका सदस्य र आफन्त गुमाएकाहरु अहिले संवेदनशील र गम्भीर देखिएका छन् । उनीहरुले कोरोनालाई कत्ति पनि खेलाँची नठान्न अनुरोध गरिरहेका छन् । कोरोना संक्रमण भएर उपचार पछि ठीक भएकाहरुले पनि ठूलो सकस बेहोरेको अनुभव सुनाइरहेका छन् । त्यसैले कोरोनालाई खेलवाडको विषय कदापी नबनाऔं । तपाईले लगाएको माक्स, सेनिटाइजरले मेरो सुरक्षा गर्छ, मैले लगाएको माक्स, सेनिटाइजरले तपाईको पनि सुरक्षा हुन्छ भन्ने सोँचका साथ नागरिकको जिम्मेवारपूर्ण भूमिका निर्वाह गरौ । यो सरकार या सरोकारवाला कसैको एकल प्रयासले मात्र रोकथाम, नियन्त्रण सम्भव छैन । सबै सचेत र जिम्मेवार बनौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *