यदि धेरै स्वास्थ्यकर्मी संक्रमित भए भने….


सम्पादकीय
कोरोनाले आम मानिसलाई आततायी बनाएको छ । विश्वका कुनै त्यस्तो भुगोल छैन होला, जहाँ कोरोना भाइरस (कोभिड १९)को संक्रमण भयावहले आक्रान्त नभएको होस् । पछिल्लो एक वर्ष यता कोरोनाले सर्बत्र आंतकित तुल्याएको छ । नेपालमा पनि कोरोना भयावहले देशभरका नागरिकको दैनिकी जीवन व्यवसाय प्रभावित छ । कोरोना संक्रमण र मृत्यदरले मात्रै होइन, कोरोना भाइरसका कारण सिर्जित परिस्थितिले उब्जाएका अनेक समस्या, तनाव, जटिलताहरुबाट हजारौ मानिस थप रोगी बनेका छन् । मानसिक र शारीरिक समस्या देखिएका छन् । अहिले बागलुङमै पनि कोरोनाले भयावहको रुप लिँदै जान थालेको छ । दैनिक ३० देखि ७० जना सम्म कोरोना संक्रमण देखिन थालेको छ । यद्यपि, धौलागिरी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, कोभिड अस्पतालहरुले सक्दो उपचार गर्ने प्रयास गरिरहेका छन् । यो अहिलेको संकटमा प्रशंसनीय कार्य हो ।

अहिले आस्तिकहरुले आफ्ना भगवान मानेर पुज्ने मठ मन्दिर, मस्जिद, चर्चहरु सबै बन्द छन् । विश्वभरका मानिस अहिले अस्पतालमा छटपटिदा होस् या अप्ठ्यारो पर्दाको कठीन बखतमा होस्, अस्पतालमा कार्यरत चिकित्सक स्वास्थ्यकर्मीहरु नै असली भगवानको अवतारको रुपमा पाइरहेको अनुभव गरिरहेका छन् । किनभने कोरोना संक्रमितको उपचारमा समर्पित हुने क्रममै हाल सम्म हजारौं कोरोना संक्रमणको सिकार बनेका छन् । कोरोनाबाट आफै संक्रमण भएर पनि डाक्टर नर्सहरु २४ सै घण्टा कोरोना संक्रमित र अरु बिरामी नागरिकको उपचार सेवामा समर्पित छन् । हुन त यो चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीको पेशागत दायित्व हो । तर, अहिलेको अवस्था पेशागत दायित्वले मात्र केन्द्रित र समर्पित छैन । आफ्नै ज्यान मृत्युको जोखिममा राखेर आम नागरिकको सेवा गर्ने पेशा भन्दा माथि मानवीय सेवा भाव र देश प्रतिको जिम्मेवारीबोध हो । यसमा देशभरका स्वाथ्यकर्मी सोही भावनाका साथ समर्पित हुनु सुखद पक्ष हो ।

धौलागिरीमै पनि कैयन चिकित्सक स्वास्थ्यकर्मी कोरोना संक्रमितको उपचार गर्दा–गर्दै आफै संक्रमित बने । र निकै सकसपूर्ण क्षण र उपचार पश्चात फेरि स्वास्थ्य सेवामा फर्किएका छन् । दोस्रो लहरको कोरोना अझ भयावह सहित समुदाय सम्म आउँदा पनि स्वाथ्य सुरक्षा सचेततामा भने नागरिक बेवास्ता र लापरवाही बढ्दो छ । कोरोना रोकथाम, उपचार र नियन्त्रणमा नेतृत्वदायक भूमिका निर्वाह गर्नुपर्ने केन्द्र र प्रदेश सरकार, विपक्षी राजनीतिक दलहरु सत्ता जोगाउने र गिराउने खेलमा व्यस्त छन् । स्वास्थ्य क्षेत्रमा कोरोना संकटका बिच खटिएका स्वास्थ्यकर्मीले गत वर्ष घोषित प्रोत्साहन भत्ता समेत पाएका छैनन् । यी सबै बेवास्ता, समस्या, निराशा, अप्ठ्याराका बाबजुद पनि हाम्रा चिकित्सक स्वास्थ्यकर्मी आफ्नो ज्यानको प्रवाह नगरी संक्रमितको उपचारमा सक्रिय छन् । तर, अब कल्पना गरौं समाजमा कोरोना रोकथाममा अहिलेकै जसरी बेवास्ता भइरहने र उपचारमा खटिएका डाक्टर,नर्सहरुलाई ठुलो संख्यामा एकैसाथ कोरोना संक्रमण भए देशमा भयावह हुने निश्चित छ । अतः स्वास्थ्यकर्मीको मनोबल बढाऔं, सम्भावित जोखिमबारे समयमै सचेत बनौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *