नयाँ भेरियन्ट ‘डेल्टा’ र देश

सम्पादकीय
नेपाल अहिले दुई अति खतराको मझधारमा छ । पहिलो त विश्वव्यापी कोरोना महामारीको मारमा छ । कोरोना भाइरस संक्रमण र मृत्युदर तिव्र गतिमा फैलिए पछि अहिले करिब एक महिना यता देश लकडाउन (बन्दाबन्दी)मा छ । दैनिक सयौंको संख्यामा नागरिकले ज्यान गुमाइरहेका छन्, हजारौंको संख्यामा संक्रमित थपिएका छन् । ठूलो संख्यामा नागरिक अस्पतालमा अक्सिजन सहितको उपचारका लागि बेड नपाएर छटपटि रहेका छन् । अर्को अतिवाद अस्थिर राजनीतिको खेल यहीँ बेला चलिरहेको छ । कोरोना महामारी रोक्न सबै एकताबद्ध भएर समर्पित हुने बेला सरकार सत्ता जोगाउने र सत्ता इतरका दलहरु, सत्तारुढ दलकै एक हिस्सा सरकार गिराउनै कसरतमै छन् । यसले कोरोना संक्रमण र मृत्यदर अझ बढेर भयावह अझ फैलिने खतरा बढेको छ ।

कोरोनाको आतंक र संक्रमण दर बढ्दै जाँदा नयाँ भेरियन्ट प्रवेशले देश भयग्रस्त छ । पहिलोपटक पहिचान भएको देशको नामको आधारमा राखिने गरेको कोभिड– १९ को भेरियन्टको नामबारे विवाद हुन थालेपछि विश्व स्वास्थ्य संगठनले नेपालमा देखिएको कोभिड भाइरसको नयाँ भेरियन्ट बी– १.६१७.२ लाई ‘डेल्टा’ नाम दिएको छ । डब्लुएचओले भेरियन्ट अफ कन्सर्नभित्र परेका भेरियन्टलाई ग्रिक अल्फाबेटको आधारमा नाम दिएको हो । नेपालमा पनि पछिल्लो समयमा पुष्टि भएका बी– १.६१७.२ र बी– १.६१७.१ भेरियन्टलाई भारतीय भेरियन्ट भन्न थालिएपछि भारतले आपत्ति जनाएको थियो । भारतको सञ्चार मन्त्रालयले ‘भारतीय भेरियन्ट’ लेखिएका सबै पोस्ट हटाउन सामाजिक सञ्जाल कम्पनीलाई निर्देशन नै दिएको थियो । जिन सिक्वेन्सिङ गर्दा यो भाइरस निकै संक्रामक रहेको पाइएको छ । बी– १.६१७.२ लाई विश्व स्वास्थ्य संगठनले १० मेमा भेरियन्ट अफ कन्सर्न अर्थात् घातक भाइरसको सूचीमा राखेको थियो । विश्व स्वास्थ्य संगठनले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’, भारतमा भेटिएको (बी १.६१७.२) लाई ‘डेल्टा’ र अर्को भेरियन्ट (बी– १.६१७.१) लाई ‘कप्पा’ नाम दिइएको छ ।

गत वर्षको भन्दा यसवर्षको भाइरस अझ बढी जोखिमपूर्ण देखियो । जसले लक्षण सहितका बिरामी पर्ने संख्या मात्र बढेन, मृत्युदर समेत उल्लेख्य बढ्यो । अहिले पहिचान भएको नयाँ भेरियन्टको डेल्टा भाइरस अझ बढी जोखिमपूर्ण देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यि भाइरस यसरी आएको छ कि आजको दिन सम्म उपचार पश्चात निको हुने अझै पनि औषधि भ्याक्सिन पत्ता लाग्न सकेको छैन । अहिलेको कोभिड बिरुद्धको खोपले कोरोना जोखिम रोक्ने बताइएको छ । यद्यपि, डबल डोज खोप लगाएकाको समेत कोभिडबाट मृत्यु भइरहेको छ । अब कोरोनाको नयाँ नयाँ भेरियन्ट देखिइरहने र यसको रोकथाम, नियन्त्रणका लागि सरकारले यथेष्ट पहल र कार्य नगर्ने हो भने यो समस्या र संकट लामो समय सम्म नेपाल र नेपालीले भोग्नुपर्ने बिडम्बनापूर्ण परिस्थिति पनि आउन सक्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *