सामाजिक सञ्जाल, संवेदनहिनता र संशय

सम्पादकीय
सामाजिक सञ्जाल (फेसबुक, युट्युव, ट्वीटर, इन्स्टाग्राम) अहिलेको समयमा सबै भन्दा सशक्त माध्यम हो । यसले सिंगो विश्वलाई एउटा ग्लोबल भिलेज जस्तो बनाइदिएको छ । भौगोलिक दुरीले बिभिन्न बाध्यता, बिबशता, परिबन्दमा टाढा भएकालाई पनि यसले नजिक्याएको छ । क्षण क्षणमा सम्मुखमै, सन्निकट भएको आभाष दिलाएको छ । तर, सामाजिक सञ्जालका खराब असरहरु पनि देखिइरहेको छ । जसले समाजमा अप्रिय घटना अभिबृद्धिमा प्रश्रय मिलिरहेको पनि छ । हुन त हर चिजको सकरात्मक र नकारात्मक विषय स्वभाविक हुन्छन् । अहिलेको प्रविधि, सामाजिक सञ्जाललाई पनि तपाई हामीले के कसरी उपयोग या दुरुपयोग गर्छौ ? यसले हामीलाई या हाम्रा विश्वास र भरोसाहरुलाई आम नागरिकका बिचमा स्थापित गराउनेछ ।

सामाजिक सञ्जालको यथेष्ट लाभ छ । यति हुँदा हुँदै पनि पछिल्ला दिनमा सामाजिक सञ्जालमा तथानाम विषय छरपष्ट हुन्छ । अझ युट्युवहरुमा त काण्डै काण्डका घटना ट्रेण्डिङमा हुन्छ । फेसबुकहरुमा पनि राम्रा कुराहरु कम शेयर हुन्छ, नकारात्मक विषयको भए त्यो एक किसिमले भाइरल नै बनेको हुन्छ । त्यसैले मानिसहरुलाई सामाजिक सञ्जालमा भाइरल बन्ने होड चल्न थालेको छ । भाइरल बन्ने होडमा यति हतारोमा संवेदनशील विषयहरुमा पनि स्टाटस, टीका टिपप्णी र फोटाहरु राखिन्छ कि केही समयमा ति कुराहरु गलत सावित हुन्छन् । जतिबेला सम्म आम मानिसमा एउटा छाप र गलत धारणाको जन्म भइसकेको हुन्छ । बागलुङमा शनिवार भएको फेसबुकमा श्रद्वाञ्जली प्रकरण यसको एक उदाहरण हो । गलकोट अपडेट र गलकोट नेपाल नाम दुई फेसबुक पेजमा गलकोट नगरपालिका १० पाण्डवखानीका अध्यक्ष तिलक घर्तीको अकल्पनीय मृत्यु भएको भन्दै श्रद्वाञ्जली व्यक्त गरे । जबकि अध्यक्ष घर्ती सकुशल थिए । र उनले आफ्नो मृत्युको बारेमा शुभेच्छुकहरुले धमाधम फोन गर्न थाले पछि बल्ल पाए । उनी त सकुशल रहे राम्रो भो, तर यही घटनाले तनावग्रस्त भएका, खबर सुनेर कुनै अप्रिय घटना भएको भए के हुन्थ्यो ?

यो त प्रतिनिधि घटना मात्रै हो । पछिल्लो समय सामाजिक सञ्जालमा यस्ता पात्र र प्रवृत्तिको ब्यापकता छ । कुनै मानिस म¥यो कि सबै भन्दा पहिले फेसबुकहरुमा श्रद्धाञ्जली, समवेदना दिने हतारो हुन्छ । जबकि कतिपय अवस्थामा त्यो मृत्युको खबर सम्बन्धित परिवार,आफन्तकहाँ पनि पुगिसकेको हुँदैन । त्यसैले सामाजिक सञ्जाल प्रयोग गरौं, दुरुपयोग नगरौं । हतारोमा मानिसहरुको संवेदनामा कोही पनि कत्ति खेलवाड नगरौं । अहिले प्रविधि र सामाजिक सञ्जाल यति शक्तिशाली भएर उपस्थित छ कि केही मिनेटमै मानिसलाई हिरो र केही मिनेटमै जिरो बनाउने सामथ्र्य राख्छ । कसैलाई बदनाम नै गर्ने नियत राख्दा सहीलाई खराब नै प्रमाणित गर्न नसके पनि चौतर्फी क्षणभरमै बदनामी र अपमानित गराउन सक्ने अवस्था छ । त्यसैले सबै सामाजिक सञ्जाल प्रयोगकर्ता सचेत र जिम्मेवार बनौं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *