‘सभ्य’ र सहरियाबाटै असुरक्षित राउटे समुदाय ?

सम्पादकीय
राउटे लोपोन्मुख जातीमा सूचिकृत छ । यो समुदाय बन जंगलमा फिरन्ते जीवन व्यतित गरेरै आफ्नो जिन्दगी बिताउँछन् । राउटेको आफ्नै राज्य, आफ्नै राज जस्तो संस्कार छ । यिनीहरुको समुदायमा ऐन, कानुन, नियम लगाउने आफ्नै मुखिया छ । उसले लिने निर्णय या गर्ने आदेश राउटे समुदायका लागि बाध्यकारी बन्छ । केही वर्ष अघि सम्मको अवस्थालाई हेर्ने हो भने राउटे समुदायलाई गाउँ घर, सहर बजारमा देख्न मुश्किल पथ्र्यो । केबल बन जंगलमै रमाउँथे । उनीहरु दसैं लगायतका महत्वपूर्ण चाडपर्वमा मात्रै जिल्ला सदरमुकाम तिर झरेर सरकारसँग दसैं खर्च माग्थे । यसले नेपालको जातीय, समुदायगत बिबिधतालाई देखाउँछ ।

तर, समय, समाज गतिशील छ । यही समयको रफ्तारमा राउटे समुदायको जीवनमा पनि विस्तारै बदलाव आउन थालेको छ । सिकार र कन्दमूलको भरमा जीवन धान्दै आएको, जंगललाई नै आफ्नो घर मान्दै आएको लोपोन्मुख राउटे समुदाय अहिले आधुनिकता प्रति आकर्षित हुन थालेका छन् । जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदाय सामाजिकीकरणतर्फ उन्मुख हुँदैछन् । यद्यपि, यही अनुक्रममै राउटे समुदायले ‘सभ्य’, शहरिया भनेर आफूलाई अब्बल सोच्ने र देखाउने मानिसहरुबाट दुव्र्यवहार, अपमानित र असुरक्षित हुन थालेका छन् । केही दिन अघि मात्रै राउटे समुदायका दुई युवती माथि होटलमा लगेर भिडियो बनाउँदै गरिएको यौन दुव्र्यवहार यसकै उपज हो । उनीहरुलाई गाउँ, शहर समाज के कस्तो व्यथितिबाट गुज्रेको छ ? यहाँ के कसरी फसिन्छ ? र यसबाट कसरी जोगिने भन्ने तर्फ यथेष्ट चेत छैन । उनीहरुको संस्कार, चालचलन जे देखिन्छ, त्यसले निकै सोझा, शालिन भएको प्रतित हुन्छ । यसमा राउटे समुदायका मुखियाले प्रहरीलाई सुरक्षा दिने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

राउटे समुदाय किन र कति असुरक्षित छन् ? कोबाट असुरक्षित छन् ? हाम्रो समाजको एउटा पछाडि परेको र पारिएको समुदाय प्रतिको मनोवृत्ति कस्तो छ ? पछिल्लो घटनाले प्रष्ट संकेत गर्छ । भेरी नदी किनारमा बस्दै आएका राउटे समुदायका दुई युवतीलाई होटल पु¥याएर गरिएको यौन दुव्र्यवहारको भिडियो अहिले युट्युव लगायतका सामाजिक सञ्जालमा भाइरल छ । यसको तनाव सोझा निर्दोष जस्ता देखिने राउटे युवतीहरुले कसरी झेल्नेछन् ? अनि राउटे समुदायले आधुनिक समाजमा आफूलाई कहानेर सुरक्षित महुशुस गर्नेछ ? यो गम्भीर सवाल हो । राउटे बस्ती पछिल्लो समय युट्युवका लागि भिडियो खिच्ने, टिकटक बनाउने नाममा निर्वाध रुपमा राउटे बस्ती पुग्नेहरुले मदिरा सेवन गराएर अस्लिल शब्दहरु बोल्न लगाउने, यौन दुव्र्यवहार गर्नेलगायतका अश्लिल कार्य हुन थालेका छन् । जसले राउटे युवतीहरु थप यौन दुव्र्यवहारको सिकार बन्न सक्छन् । यसमा सरकार र सरोकारवालाको समयमै ध्यान पुगोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *