अबको ‘लुज डाउन’ नीति, खतरा र तयारी

सम्पादकीय
कोरोना भाइरस (कोभिड १९) को संक्रमण र मृत्युदर तीव्र छ । भारत लगायतका देशबाट ठूला सहर हुँदै दुरदराजमा पनि पुगेको कोरोना समुदाय स्तरमा फैलिँदो छ । सरकारले बढ्दो र कोरोना संक्रमण र मृत्युदर रोक्न देशभर बन्दाबन्दी –लकडाउन)को नीति अख्तियार गरेको छ । विश्वव्यापी रुपमा भ्याक्सिन खोप प्रयोगमा आउन थाले पनि कोरोना रोकथामको अचुक अस्त्र र उपाय नै लकडाउन हो । यसमा सरकार र विश्व स्वास्थ्य संगठनले निर्देश गरेका कुराको पालनामा जति गम्भीरताका साथ नागरिकले साथ दिन्छन्, उति छिटो कोरोना रोकथाम र नियन्त्रणमा सफलता मिल्दछ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण बढ्दै गए पछि करिब डेढ महिना यता देशका अधिकांश जिल्लामा रोकथाम तथा नियन्त्रणका निषेधाज्ञा जारी छ । नागरिक घर भित्रै कैद छन् । अत्यावश्यकीय काम र पसललाई मात्र सहजता प्रदान गरिएको छ । यद्यपि, निषेधाज्ञा कहिले सम्म ? निम्न र मध्यमबर्गिय परिवारमा कोरोना रोगबाट जोगिन त घरमै बस्ने तर भोकबाट मर्नुपर्ने अवस्था आउन थालेको छ । अर्थतन्त्र, दैनिक रोजिरोटीको आम्दानीका बाटा बन्द भएका छन् । यसबेलामा लकडाउन मात्र लम्ब्याई राख्ने नीति अब कामयावी हुँदैन । अब उद्योगी, व्यवसायी रोगबाट बचेर मात्र भएन, भोकबाट बच्नुप¥यो भन्दै नियमित व्यापार व्यवसायमा फर्किनु पर्ने बाध्यात्मक अवस्थामा छन् । यसकारण पनि सरकारले अब लकडाउन निषेधाज्ञालाई खुकुलो बनाउने नीति लिन थालेको छ । गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र संक्रमणको अवस्थाबारे समीक्षा गरेर असारदेखि कसरी अघि बढ्ने भन्ने निक्र्यौल गर्ने तयारी छ ।

अहिले देशमा ‘लकडाउन’ छ । अब यो अस्त्र र उपाय कामयावी हुँदैन । सरकारले आर्थिक वर्षको अन्त्य हुन थालेकाले पनि कर संकलन लगायतका कार्यका लागि पनि असारदेखि लकडाउन होइन, ‘लुज डाउन’ गर्नेछ । यो सरकारको बाध्यात्मक अवस्था पनि हो । यसरी ‘लुज डाउन’ गर्ने अवस्थाबाट अघि बढ्नु पनि देशका लागि उत्तिकै जोखिमपूर्ण कदम हो । कोरोना संक्रमितको संख्या उल्लेख्य र थप संक्रमणको जोखिम कायमै रहेको बेला गरिने ‘लुज डाउन’ ले कोरोना अझ फैलिने खतरा हुन सक्छ । पछिल्लो समय कोरोना फैलिनुमा तपाई हाम्रै बेवास्ता र लापरवाही पनि कारक बनिरहेको छ । सरकारले निर्दिष्ट गरेका स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नु हाम्रो कर्तव्य हो । मानव सभ्यताकै कठिन संकटको रुपमा आएको कोरोनाबाट जोगिन अरु कसैका लागि होइन, स्वयम् तपाई आफू र आफ्नो परिवार लागि पनि सचेत, सुरक्षित र जिम्मेवार बन्नु पर्दछ । र थप जोखिमको विश्लेषण गरेर यथेष्ट पूर्ववत तयारी र प्रति कार्यका लागि पनि सरकार जिम्मेवार बन्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *