अब विपद् जोखिममा पनि ध्यान देऊ

सम्पादकीय
कोरोनाको महामारी कायमै छ । मानव सभ्यताकै कठिन संकटको रुपमा कोरोनाले सर्वत्र जनजीवन तहसनहस बनाइरहेको छ । विगत एक वर्षदेखि कोरोना भाइरसले जीवन अर्थतन्त्र सबै अनिश्चित बनाइदिएको छ । के शक्तिशाली, के शक्तिहिन, के विकसित, के अविकसित ? सबै देश कोरोनाबाट भयग्रस्त छन् । नेपाल पनि कोरोनाले आक्रान्छ । दोस्रो भेरियन्ट भित्रिए सँगै अझ बढी नागरिक यसको सिकार बनिरहेका छन् । पछिल्लो केही महिनाको अन्तरालमा मात्रै सयौं नागरिकले अकाल अल्पायुमै ज्यान गुमाए भने हजारौ नागरिक संक्रमित भए । लाखौ नागरिक यसको भयावहबाट अनेकन हिसाबले प्रभावित भए । कोरोना भयावहको चौतर्फी असर र जोखिम कायमै रहेका बेला नेपालमा फेरि अर्को विपद्को मौसम सुरु भएको छ । बर्खायामको आरम्भ सँगै अब पहाडमा बाढी पहिरो र तराइ क्षेत्र डुबानमा पर्ने खतरा बढेको छ ।

गत वर्ष गण्डकी प्रदेश र त्यसमा पनि धौलागिरी क्षेत्रले ठुला विपद र क्षतिको सामना गर्नुप¥यो । गत बर्खामा आएको पहिरोले बागलुङको पश्चिम ढोरपाटन, निसी लगायतका स्थानमा गरेर ३९ जनाको ज्यान लियो । पहिरोमा परेर १७ जना अझै बेपत्ता छन् । १४ सयभन्दा बढी परिवार विस्थापित भए । विस्थापित परिवार अझै पुर्नस्थापित हुन सकेका छ्रैनन् । गत वर्ष नै अविरल वर्षा सँगै आएको पहिरोले म्याग्दीमा पनि ३१ जनाको ज्यान लियो । ६ जना अझै बेपत्ता छन् । करोडौंको क्षति पु¥याएको पहिरोमा ८ सय २१ घर अति जोखिमयुक्त क्षेत्रमा परे । स्याङजामा पनि गत वर्षकै बाढी, पहिरोले १६ जनाको ज्यान लियो । ३ सय ५० भन्दा बढी घर पहिरोको अति जोखिममा परेकाले थातथलो छोडेर विस्थापित हुनुप¥यो । गण्डकी प्रदेशको तथ्यांक अनुसार गत असारदेखि असोजसम्म गण्डकी प्रदेशमामात्रै बाढी, पहिरोमा परी १ सय ३६ जनाको मृत्यु भएको थियो । हिरोमा परी हराइरहेका २५ जनाको अवस्था अझै अज्ञात छ । विपद्बाट अर्बौंको भौतिक संरचनामा क्षति पुग्यो ।

विपद् हर बर्खायाममा अप्रिय क्षति निम्त्याएरै जाने गरेको छ । यो नेपाल र नेपालीको एक किसिमको नियति नै बनेको छ । विपद् निम्तिनुका दुई कारण छन् । प्राकृतिक र मानव सिर्जित । प्राकृतिक विपद् हाम्रो चाहना र कामनाले मात्रै रोक्न असम्भव हुन्छ । तर, मानव समुदायको बेवास्ता र लापरवाहीका कारण हुने विपद्का घटना पूर्ववत तयारी, सजगता र प्रति कार्यले रोक्न सकिन्छ । अहिले दैनिकजसो वर्षा हुन थालिसकेको छ । असार महिनाको आगमनसँगै असारै झरी सुरु हुँदैछ । यसले बाढी पहिरो ल्याउने र ठुलो मानवीय तथा भौतिक क्षति हुने गरेको छ । त्यसैले वर्षा निरन्तर हुनु भन्दा अगावै सम्भावित विपद् क्षेत्रको पहिचान गरौ, तीन तहको सरकारले गरिब, विपन्न समुदाय जो बढी यस्तो जोखिममा छन्, उनीहरुलाई सुरक्षित स्थानमा राख्नुपर्छ । र हर व्यक्तिले सम्भावित विपद् रोक्न सचेत र जिम्मेवारपूर्ण भूमिका निर्वाह गरौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *