वाइसीएल र नेतृत्व चयन बिनाको सम्मेलन

सम्पादकीय
वाइसीएल ६० को दशकमा यसको परिचय र सामाजिक पहिचान नै फरक थियो । समाजमा हुने अन्याय, अत्याचार, भ्रष्टाचार लगायतका बेथिति बिरुद्ध कडा प्रतिवाद गर्न तयार युवाहरुको नेतृत्वदायक संगठन बनेको थियो । भलै वाइसीएलको भूमिका कतिपय अवस्थामा बिद्यमान नियम कानुन विपरित अराजक गतिविधि गर्ने समूहको रुपमा पनि आलोचित थियो । पछिल्ला केही वर्ष यता भने हरेक पार्टीका युवा संघ संगठन निस्क्रिय प्रायः अवस्थामा थिए । अझै अर्को भाषामा भन्दा समाजमा जे जस्ता बेथिति खराब कर्म हुँदा पनि युवा सघं संगठन र तीनका नेता गुमनाम अवस्थामा थिए । अहिले पार्टी विभाजन र सत्ताको बदलाव सँगै फेरि दलहरुको युवा संघ संगठन चलायमान बन्न थालेका छन् ।

राजनीतिक दल सम्बद्ध संघ संगठन मध्ये पनि अहिले मुख्यतः नेकपा माओवादी केन्द्र निकट वाइसीएल र एमाले निकट युवा संघ सक्रिय अवस्थामा छन् । पार्टी आफ्नै नेतृत्वको भएकाले कांग्रेस निकट तरुण दल उति धेरै गतिशील देखिन्न । तरुण दलको अधिवेशन नभएको कैयन समय भइसक्दा पनि नेतृत्व चयन प्रक्रिया जाममा छ । बेला बेला भातृ संगठन विघटनको संघारमा पुग्दै पार्टी नेतृत्वले सिधै नेता छानिदिएर प्राण भरिदिएका छन् । एमाले समर्थित युवा संघ बेला बेला सरकारका गलत कदमको बिरोधमा सडकमा उत्रिन थालेको मात्रै छैन, युवाहरुलाई संगठित गर्ने अभियानमा पनि छ । यो किन पनि भने पार्टी विभाजन भएकाले उसका लागि अनिवार्य बाध्यता र दबाब पनि छ । युवा संघ भन्दा पनि अहिले नेकपा माओवादी केन्द्रनिकट युवा संगठन वाईसीएल अझ गतिशील देखिन्छ । उसले यही बिचमा संगठनलाई थप चलायमान बनाउन कोरोना संकटकै बिच राष्ट्रिय सम्मेलन आयोजना ग¥यो । हाइटेक प्रविधिबाट आयोजना गरेर समयमै युवा संगठनमा नेतृत्व हस्तान्तरण गर्ने परिपाटीको विकास र संस्कार शुभारम्भमा लागेकोमा प्रशंसा हुन थाले पनि दुर्भाग्य भन्नुपर्छ, राष्ट्रिय सम्मेलन मुख्य नेतृत्व चयन गर्नै असफल भएको छ । शनिबारदेखि सञ्चालित सम्मेलनमा सहमतिमै नेतृत्व छान्ने धेरै प्रयास भए पनि सफल हुन नसकिएपछि पदाधिकारीबिनाको केन्द्रीय कमिटी घोषणा गरिएको छ । राष्ट्रिय सम्मेलनबाट २३१ जनाको केन्द्रीय समिति घोषणा गरिएको र अध्यक्ष तथा अन्य पदाधिकारी चयन गर्ने जिम्मा माओवादी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ ।

युवाहरु नेतृत्वका लागि आंकाक्षी हुनु स्वभाविक र सुखद कुरा हो । र यसका लागि प्रतिस्पर्धी भावनाको विकास हुनु त्यो समाज र देशकै लागि सकरात्मक सवाल हो । वाइसीएलले यस्तो कठिन बेला पनि हाइटेक प्रविधिबाट जे जस्तो जटिलताका बिच पनि सम्मेलन आयोजना गरेर नेतृत्व चयन र हस्तान्तरण गर्ने प्रयास ग¥यो, यो पनि सुखद प्रयत्न र सन्देश थियो । तर, मुल नेतृत्व नै चयन नगरेर सम्मेलनलाई अनिर्णयको बन्दी बनाएर युवाहरु पनि उही पुराना नेतामा पूर्णतया आश्रित मात्र होइन, विवेक बन्धक बनाएर आफुहरु र सिंगो जुझारु संगठनलाई नै व्यक्तिको आदेशबाट नेतृत्व चयन गर्ने प्रथामा पु¥याउनु दुर्भाग्य हो । यसले उही पहिलेकै राजा महाराजाले नेतृत्व चुन्ने टिके प्रचलनमा वाइसीएललाई पु¥याएको छ । यो नेपाली राजनीति र समग्र युवा पुस्ताकै लागि बिडम्बनाको विषय हो । युवाहरुको सशक्त र जुझारु संगठनको परिचय बनाएको वाइसीएलका लागि कदापि शोभनीय विषय हुँदै होइन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *