भगवानकै अघि हत्या ?

सम्पादकीय
बडादसैं, चाडपर्वहरुमा पनि पृथक रौनकता बोकेर नेपाली समुदायमा आउने पर्व । नेपाली त्यसमा पनि हिन्दुधर्मालम्बीहरुको महान पर्वमा छुट्टै खुसी, उत्साह यस समयमा हुने गर्दछ । बिभिन्न पेशा, व्यवसाय, परिवन्द र परिवारको जीविकाका लागि परदेशिएकाहरु पनि घर सम्झेर आउने यस पर्व भेटघाट, चहल पहल, खानपान हर हिसाबले विशेष रहने गर्दछ । तर, कसैका लागि भने दसैं दशा बनेर आउँदछ । भरतपुर महानगरपालिका–४ दुर्गाचोकमा दसैँको नवमीका दिन स्थानीय भीमबहादुर विक र उनको परिवारका लागि दसैं त्यही दशा बनेर आयो । दशा यस्तो क्रुर बनेर आयो कि जहाँ मानवीयताको मानवबाटै चीर हरण भएर आयो । र मन्दिरमा पुजाआजाको विषयमा कुटपिटबाटै ज्यान गुमाउन विवश बने ।

जातीय विभेदका कारण कुटपिटबाटै विश्वकर्माले ज्यान गुमाउनु परेको पीडित परिवारको दावी छ । प्रहरी स्वंयम्ले प्रारम्भिक अनुसन्धानबाट स्थानीय सीताराम बस्नेत र दिलीप श्रेष्ठको कुटपिटबाट विश्वकर्माको मृत्यु भएको बताइरहेको छ । अहिले दोषीमाथि कारबाही हुनुपर्ने माग दलित सँग संम्बन्धित संघ संस्थाबाट चौतर्फी उठिरहेको छ । विश्वकर्मालाई कुटपिट गर्ने बस्नेत र श्रेष्ठ अहिले प्रहरी हिरासतमा छन् । भीमबहादुर विक संयुक्त न्यायिक समितिले विकको जघन्य अपराधपूर्ण हत्या भएको भन्दै दोषीमाथि जातीय भेदभाव तथा छुवाछूत कसुरअन्तर्गत कारबाही हुनुपर्ने माग गरेको छ । पक्राउ परेका दुवै बिरुद्ध ज्यान कसुर अन्तर्गत विश्वकर्माका छोरा किसनले किटानी जाहेरी दिएका छन्  । यसमा जोडिएका र उठेका विषय संवेदनशील छन् ।

मन्दिर र जातीयताको विषय उठे पछिको आक्रमण र मृत्यु आफैमा गम्भीर, भत्र्सनायोग्य, आपत्तिजनक छन् । २१ औं शताव्दीमा सचेत, शिक्षित समुदायमै भएको घटनाले सिंगो समाज र देशलाई नै लज्जाबोध बनाएको छ । प्रारम्भिक अनुसन्धानमा विश्वकर्माले अत्यधिक मादक पदार्थ सेवन गरेर अपशब्दसहित होहल्ला गरे पछिको आक्रमणको विषय पनि सार्वजनिक छ । चाडपर्वका लागि बेला नेपाली समाजमा धेरैले मदिरा सेवन गर्छन् । मदिरा सेवन र अपशब्द बोल्दै हिँड्नु गलत हो । यसको बदला ज्यानै लिनु हो ? विश्वकर्माले मदिरा सेवन गरेरै मन्दिरमा पुजा गर्न पाउनु पर्ने जिकिर गर्नु सोह्रै आना जायज आवाज हो । यो आवाज उठाउदा सामाजिक सद्भावमा खलल पु¥याएको अभियोग लगाएर मरणासन्न हुने गरी आक्रमण गर्नु निन्दनीय छ । यसको सुक्ष्म अनुसन्धान गरेर सामाजिक न्याय र समानताका लागि पनि असल नजिर स्थापित गर्न सरकारले गम्भीरतापूर्वक लिनुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *