ओमिक्रोन, आतंक र सचेतनाको आवश्यकता

सम्पादकीय
कोरोना भाइरस नियन्त्रण उन्मुख भएको अनुमानका बिच फेरि कोरोना आतंक फैलिन थालेको छ । दुई वर्ष लगातार कोरोनाको मार खेपेका नागरिक विस्तारै लय उन्मुख अवस्थामा थिए । लामो लकडाउन, लुज डाउन हुँदै सामान्य बनेको जनजीवनमा अहिले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिरहेको खबरले सर्बत्र भय फैलिने क्रममा छ । नेपालमा पनि यसको संक्रमण सन्त्रास फैलिँदो क्रममा छ । दोस्रो चरणको कोरोना भाइरस छिटफुट रुपमा मात्र देखिइरहेको थियो । यही बेलामा कोभिड १९ बिरुद्धको खोप अभियान तीब्र सञ्चालन गरियो । जसले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा उल्लेख्य सफलता पनि मिलेको थियो । तर, नयाँ भेरियन्टले यि सबै प्रयास र सफलतालाई फेरि चूनौति दिने खतरा छ ।

‘ओमिक्रोन’ कोभिडकै नयाँ भेरियन्टको भाइरस हो । यो भाइरस निकै खतरानक भएको विश्लेषण गरिएको छ । पछिल्लो समय बिभिन्न देशमा संक्रमण समेत फैलिँदो छ । जसका कारणबाट दर्जन बढी देशहरुले बाह्य देशको आवागमन रोकिसकेका छन् । नेपाल पनि उच्च जोखिममा छ । खासगरी भारत सँगको खुल्ला सिमानाका कारण नेपालमा कोरोना फैलिएको विगतको नियति दोहोरिने सम्भावना छ । नेपालले पनि भारतबाट कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण नेपाल भित्रिन नदिन नाकाहरुको कडाई अपरिहार्य छ । कामका लागि भारतका विभिन्न सहर पुगेर स्वदेश फर्किने सवै नेपालीको एन्टिजेन प्रविधिमार्फत कोरोना जाँच गर्न थालिएको छ । यो भन्दा पहिले समुहका एक जनाको मात्र कोरोना जाँच गरिन्थ्यो । अब यति मात्र गरेर प्रयाप्त हुँदैन ।

रोग लाग्नु भन्दा अगाडि रोग लाग्न नदिनु नै उत्तम उपाय हो । कोरोनाले दुई वर्षदेखि जनजीवन प्रभावित छ । यसअघिको दुई वटा भिन्न भिन्न भेरियन्टको आगमनका क्रममा पनि तीन तहका सरकारले यथेष्ट पूर्ववत तयारी गर्न नसक्दा कोरोनाबाट ठूलो मानवीय तथा अन्य क्षति बेहोर्नु प¥यो । अतः अहिलेको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ अझ खतरानक भएको विश्लेषकहरुले बताइरहेका छन् । यो भाइरसलाई कोरोना खोपले पनि काम नगर्ने चिकित्सक विज्ञहरुको भनाई छ । यस परिवेशमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले कोरोना रोकथाम, उपचार र नियन्त्रणमा चुस्त पूर्ववत योजना बनाउन जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *